बी डिभिजन लीग : सातदोबाटो विजयी

सातदोबाटो युथ क्लबले शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा लगातार चौथो जीत हात पारेको छ ।

सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल संघ) कम्प्लेक्समा आज भएको खेलमा सातदोबाटोले पुल्चोक स्पोर्टस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा लगातार चौथो जीत हासिल गरेको हो ।


Advertisement

यसअघि सातदोबाटोले श्री कुमारी क्लब, नयाँ बस्ती युथ क्लब र टुसाल युथ क्लबलाई पराजित गरेको थियो । सातदोबाटोको जीतमा भुवन बस्नेतले निर्णायक गोल गरे ।

उनले खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा गोल गर्दै आफ्नो टोलीको जीत सुनिश्चित गरे । जीतसँगै सातदोबाटो लिगको शीर्ष स्थानमा उक्लिएको छ । सातदोबाटोले चार खेलमा १२ अंक जोडेको छ ।


Advertisement

यता पुल्चोकको भने यो लगातार चौथो हार व्यहोर्नुपरेको छ । लिगको पुछारमा रहेको पुल्चोकले अहिलेसम्म अङ्क जोड्न सकेको छैन । आगामी चैत २३ गतेसम्म चल्ने लिगमा विभिन्न १२ टोलीको सहभागिता रहेको छ ।

प्रतियोगितामा शीर्ष स्थान हासिल गर्ने एक टोली ‘ए’ डिभिजन लिगमा बढुवा हुनेछ भने अन्तिम स्थानमा रहने एक टोली ‘सी’ डिभिजनमा घटुवा हुनेछ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्