संसदमा कांग्रेसको अवरोध कायमै

विजय उत्सव
विजय उत्सव

पत्रकार विजय उत्सव लोकान्तरका गण्डकी प्रदेश प्रतिनिधि हुन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बिहीवार दोस्रो दिन पनि गण्डकी प्रदेशसभा बैठकमा अवरोध गरेको छ ।

सरकारले आफूसँग गरेका वाचा पूरा नगरेको भन्दै कांग्रेसले बैठकमा अवरोध गर्दै आएको छ ।


Advertisement

कांग्रेसको अवरोधपछि सभामुख नेत्रनाथ अधिकारीले सांसदलाई बस्न आग्रह गर्दा समेत अवरोध कायम भएपछि बैठक स्थगित गरी शुक्रवार बिहान ११ बजे बस्ने जानकारी गराए ।

विशेषगरी प्रदेशसभा सचिवालय सम्बन्धी विधेयक र निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममा कांग्रेसको असहमति छ । 


Advertisement

विशेषगरी प्रदेशसभा सचिवालयसम्बन्धी विधेयक र निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममा कांग्रेसको असहमति रहँदै आएको छ ।

प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकका कतिपय बुँदाप्रति असहमतिका बाबजुद पनि विधेयक विधायन समितिबाट गत १३ फागुनमा बहुमत आधारमा पास भएको थियो ।

प्रस्तावसँगै सरकारका गतिविधिको विरोध गर्दै कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले विधेयक संशोधन नभएसम्म संसद् चल्न नदिने बताए । संशोधन नभए संसद अवरोध जारी राख्ने उनले बताए ।

सचिवालयका सचिवको काम कर्तव्य, योग्यता र पदावधि, पारिश्रमिक तथा अन्य सुविधा, उपचार खर्च, उपदान लगायत विषयमा कांग्रेसले असहमति जनाउँदै विधेयक संशोधन गर्न माग गरेको छ ।

विजय उत्सव
विजय उत्सव

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्