×

NMB BANK
NIC ASIA

प्रदेश सभामा मुख्यमन्त्रीको सम्बोधन– राजधानी तोक्ने विषय साझा जिम्मेवारी

फागुन २९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश राजधानी तोक्ने विषय सबैको साझा जिम्मेवारी भएको बताएका छन् ।

Muktinath Bank

प्रदेश सभाको बैठकमा बिहीवार विशेष सम्बोधन गर्दै उनले सबै ठाउँका नागरिकका आकांक्षा सम्बोधन हुने गरी राजधानीको टुङ्गो लगाउनुपर्ने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

“राजधानी प्रदेशसभाले तोक्ने हो, चुनावका बेलामा के भन्नुभयो, त्यो कुरा बिर्सनुस्, यो अधिवेशनबाट टुङ्ग्याउने गरी छलफल गरौं”, उनले भने ।


Advertisment
Nabil box
Kumari

लुम्बिनी क्षेत्रका नागरिकले राप्ती भेरीको र राप्ती भेरीतर्फका नागरिकले लुम्बिनी क्षेत्रका नागरिकको भावना बुझ्न आवश्यक रहेको बताउँदै उनले आफ्नो ठाउँको कुरा कम गर्न आग्रह गरे ।

Vianet communication
Laxmi Bank

मुख्यन्त्री पोखरेलले कृषि, पर्यटन, उद्योग, सामाजिक क्षेत्र तथा पूर्वाधार निर्माणका काम व्यवस्थित तरिकाले अघि बढेको बताए ।

अहिलेसम्म प्रदेशको कूल बजेटको २८ प्रतिशत खर्च भएको जानकारी गराउँदै उनले भएका काम गुणस्तरीय र दिगो बनाउन जरुरी रहेको बताए ।
    
कमजोरी सुधार गर्न सरकार तयार रहेकाले राज्यको सम्पत्तिलाई दुरुपयोग गर्ने अधिकार कसैलाई नरहेको उनले बताए ।

मुख्यमन्त्री पोखरेलले विकास निर्माणका कामसमेत द्रुत गतिमा अघि बढेको जनाउँदै पौने तीन सयको हाराहारीमा सडक कालोपत्र भएका बताए । 

'नयाँ संरचनाका बाबजुद केन्द्रीय सरकारसँग प्रतिस्पर्धा गरेर अगाडि बढ्न सक्नु सकारात्मक पक्ष हो', उनले भने ।

प्रदेशका कामलाई व्यवस्थित गर्न सूचना प्रविधि प्रतिष्ठान र पूर्वाधार विकास प्राधिकरण गठन गरिएको जानकारी गराउँदै उनले यसले सूचना र पूर्वाधार विकासका क्षेत्रका काम प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

उनले आगामी वर्षदेखि एकीकृत प्रणालीअन्तर्गत आफ्नै प्रणालीको व्यवस्था गरेर अगाडि बढ्ने योजना रहेका समेत जानकारी गराए ।

मुख्यमन्त्री पोखरेलले जनशक्ति आपूर्ति गर्ने काममा प्रदेश लोकसेवा आयोगले काम अघि बढाएको बताए ।

उनले उद्योग, पर्यटन क्षेत्रमा लगानी वृद्धि भएको बताउँदै सिमेन्टमा आत्मनिर्भरतातर्फ अगाडि बढेको बताए ।

उनले कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन भिडभाडबाट जोगिनसमेत प्रदेशसभामार्फत नागरिकलाई अपिल गरे ।

आजको बैठकमा मुख्यमन्त्री पोखरेलले प्रस्तुत गरेको स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधासम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयक र लोकसेवा आयोगका पदाधिकारीको पारिश्रमिक, सेवा, शर्त र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफलका लागि अर्थ, उद्योग तथा पर्यटन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको थियो ।

बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले प्रस्तुत गरेको वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफलका लागि विधेयकलाई कृषि वन तथा वातावरण समितिमा पठाइयोस् भन्ने प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत भएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x