×

NMB BANK
NIC ASIA

मनाङ आहारारा गोल्डकपको फाइनलमा, उपाधिका लागि पुलिससँग भिड्ने

फागुन २९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल आयाल नियम मनाङ मर्स्याङ्दी क्लब १८औं आहारारा गोल्डकप फूटबल प्रतियोगिताको फाइनल पुगेको छ । 

Muktinath Bank

पोखरा रंगशालामा बिहीवार सम्पन्न दोस्रो सेमीफाइनलमा विभागीय नेपाल आर्मीलाई ३–२ गोलअन्तरले पराजित गर्दै मनाङ उपाधिनजिक पुगेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उसले अब शनिवार अर्को विभागीय क्लब नेपाल पुलिससँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । 


Advertisment
Nabil box
Kumari

साविक उपविजेता आर्मी पोखरा रंगशालामा अभागी टिम मानिन्छ । १२ पटकसम्मको सहभागितामा गत संस्करणसहित सातौं, आठौं, चौधौं संस्करणमा फाइनल खेलेको आर्मी उपविजेतामै सीमित रहेको थियो । यसपालि भने ऊ सेमिफानलबाटै घर फर्कियो ।

Vianet communication
Laxmi Bank

नेपाल आर्मीको यसपालिको उपाधि सपना चकनाचूर पार्न मनाङका लागि विदेशी खेलाडी फ्लोरेन्टले खेलको ४ मिनेटमै गोलको खाता खोलेका थिए । 

उनले सुशील लामाको पासलाई सदुपयोग गर्दै विपक्षी पोष्टको जाली चुमाएका हुन् । 

त्यस्तै, खेलको २९ मिनेटमा मनाङका विमल रानाले गोल गर्दै गोलअन्तर २–० मा पुर्‍याउन सफल भए । उनलाई अञ्जन विष्टले पास उपलब्ध गराएका हुन् । 

त्यस्तै, खेलको ४१ औं मिनेटमा आर्मीले गोल गर्दै गोलअन्तर घटायो । उसका लागि भरत खवासले गोल गरे ।

पहिलो हाफ २–१ अन्तरमा सकिएकोमा निर्धारित ९० मिनेटको खेलमा दुवैतर्फबाट थप १–१ गोल भयो ।

खेलको ८१ औं मिनेटमा मनाङका लागि अञ्जन विष्टले गोल गर्दै ३–१ को स्थितिमा लगेका थिए, त्यसको २ मिनेट नबित्दै आर्मीका लागि दीप थापाले ३–२ को स्कोर बनाए ।

अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा मनाङका फ्लोरेन्टले म्यान अफ दी म्याच हुँदै नगद १० हजार पुरस्कार पाए । 

जीतपछि प्रशिक्षक पूजा टोपेले सोचेअनुरूप खेल प्रदर्शन गर्न सकेको भन्दै सन्तुष्टि व्यक्त गरे । उनले विपक्षीको खेल कौशलको समेत प्रशंसा गर्दै फाइनलमा नेपाल पुलिससँग खेल ‘टफ’ नै हुने बताए । 

आर्मीका प्रशिक्षक नवीन न्यौपोनले पाएको अवसर सदुपयोग गर्न नसक्दा पराजित हुनु परेको स्वीकारे । 

उनले दोस्रो हाफमा कमब्याक गर्ने आफ्नो कोशिश सफल हुन नसक्दा फाइनल पुग्न असम्भव भएको बताए ।

शनिवार मनाङ र नेपाल पुलिसबीच फाइनल भिडन्त हुनेछ । विजेताले १० लाख र उपविजेताले ५ लाख पुरस्कार प्राप्त गर्नेछन् ।

मनाङले हालसम्म ९ पटक फाइनल यात्रा तय गर्दा ५ पटक उपाधिमाथि कब्जा जमाएको छ ।

अघिल्लो संस्करणमा मनाङ अन्तिम चारबाटै बाहिरिएको थियो । छैटौ र सातौं संस्करण नलेखेको मनाङ पुलिसपछि लगातार सहभागी हुने टीममा पर्दछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x