×

NMB BANK
NIC ASIA

चर्चा पहरेदारको

ट्राफिक प्रहरीका घोडा: आकृति, सुजाता र आशिशलाई भ्याइनभ्याइ, ७ बुज्रुक तबेलामा ! [भिडियोसहित]

फागुन ३०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

ट्राफिक प्रहरीसँग रहेका ११ वटा घोडामध्ये हाल ३ वटाले काम गरिरहेको पाइएको छ । ७ वटा घोडा बुढो भएर तबेलामा थन्किँदा एउटा घोडा घाइते अवस्थामा छ ।

Muktinath Bank

नेपाल प्रहरीले केही वर्षअगाडि नेपाली सेनाबाट ल्याएका  घोडामध्ये ३ वटा भने मरिसकेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आफूहरूसँग रहेका ११ घोडामध्ये ३ वटाले मात्र ड्यूटी गरिरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमदत्त ढकालले बताए ।


Advertisment
Nabil box
Kumari

‘हामीसँग ११ वटा घोडा छन्, जसमध्ये अहिले ३ वटाले मात्र काम गरिरहेका छन्,’ एसएसपी ढकालले भने ।

Vianet communication
Laxmi Bank

११ मध्ये ६ घोडी र ५ घोडा छन् । आकृति, सुजाता, ललिता, पार्वती, रोजिना, अस्मिता नामका ६ वटा घोडी तथा हेमन्ते, आशिश (ठूलो), आशिश (सानो), स्पार्क र कल्प गरी ५ वटा घोडा महानगरीय ट्राफिक प्रहरी महाशाखा माताहत छन् ।

आकृति, सुजाता र आशिश (ठूलो)ले काम गरिरहेका छन् । ललिता खुट्टाको चोटका कारण आराम गरिरहेकी छन् भने अन्य घोडा तथा घोडी बुढो भएर तबेलामा थन्किएका माउन्टेन प्रहरी घोडा तथा घोडी शाखा प्रमुख प्रहरी साहयक निरीक्षक (असई) सोमबहादुर भुजेलले बताए ।

‘हामीसँग रहेका धेरैजसो घोडा बुढा भएका छन्, आकृति, सुजाता र आशिश मात्र अहिले नियमित ड्यूटीमा जान्छन्, ललिताको खुट्टामा चोट छ,’ असई भुजेलले लोकान्तरसँग भने ।

ड्यूटीमा खटिन सक्ने घोडालाई भीड व्यवस्थापन र लेन अनुशासन पालना गराउने कामका लागि परिचालन गर्ने गरिएको एसएसपी ढकालले बताए ।

ढकालका अनुसार लेन अनुशासन पालना गराउनका लागि दैनिक दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म वीर अस्पतालअगाडि २ वटा र भोटाहिटीअगाडि भीड व्यवस्थापनका लागि एउटा घोडा खटिने गरेका छन् ।

तलबी स्केलमा खाना

ट्राफिक प्रहरीमा रहेका ११ वटा घोडालाई स्केलमा दैनिक खाना दिइन्छ । प्रत्येक घोडालाई साउनदेखि कात्तिकसम्म ५ सय ३४ रुपैयाँ र मंसिरदेखि असारसम्म ६ सय ६४ रुपँयाको दाना उपलब्ध गराउने गरिएको एसएसपी ढकालले बताए ।

घोडालाई प्रत्येक दिन साढे २ केजी चना, साढे १ केजी जौ, १ केजी चोकर, ४२ ग्राम नुन, सुकेको घाँस १८ केजी, ९ सय ८ ग्राम सोत्तर, १७६ ग्राम आलस र हरियो घाँस हुने समयमा हरियो घाँस दिने स्केल रहेको माउन्टेन घोडा तथा घोडी शाखाका असई भुजेलले लोकान्तरलाई बताए ।

‘घोडालाई दिने दैनिक तालिका छ, हामीले त्यो तालिकालाई फलो गरेका छौं र सरकारी स्केल पनि त्यही हो,’ असई भुजेलले लोकान्तरसँग भने ।

घोडाहरूलाई दिनमा ६ पटक १० लिटरका दरले पानी दिइन्छ । बिहान पराल, दिउँसो घाँस, बेलुका घाँससँगै बिहान, साँझ र बेलुका दाना दिने गरिएको छ ।

बिरामी भएको खण्डमा नेपाल प्रहरीमा रहेका पशुपंक्षी डाक्टरले उपचार गर्ने गर्छन्, सानातिना उपचार घोडा हेरचाह गर्दै आएका प्रहरी कर्मचारीबाटै हुँदै आएको छ ।

घोडा हेरचाहका लागि असई भुजेलको कमान्डामा २३ जना प्रहरीहरू खटिँदै आएका छन् । 

काम गर्न नसक्ने घोडाका लागि महिनाकै डेढ लाख खर्च !

ट्राफिक प्रहरीसँग रहेका ११ घोडामध्ये ८ वटा काम गर्न नसक्ने अवस्थामा छन् । एउटा घोडाका लागि मासिक १६ हजार ५ सय रुपैयाँ औसतमा खर्च हुने गरेको छ ।

ती घोडाका लागि महिनाको करीब १ लाख ३२ हजार रुपैयाँ खर्च हुने गरेको छ ।

घोडा शाखाले थप १० वटा घोडा माग गर्दै सम्बन्धित निकायलाई पत्राचार गरेको छ, तर जवाफ आएको छैन ।

‘हामीले नयाँ १० वटा घोडा थप्न सम्बन्धित नियकालयलाई चिट्ठी पनि पठाइसकेका छौं, अहिलेसम्म जावफ आएको छैन,’ असई भुजेलले भने, ‘यदि हटाउने भए सबै हटाए हुन्थ्यो, होइन भने व्यवस्थापन राम्रोसँग भए हुन्थ्यो ।’

तर महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी ढकाल भने प्रविधिको विकाससँगै ट्राफिक व्यवस्थापनको शैली पनि परिर्वतन भएकाले विस्तारै घोडाको प्रयोगलाई कम गर्दै लैजाने नीति रहेको बताउँछन् ।

हेर्नुहोस्, भिडियो :

फोटो/भिडियो : रोजन श्रेष्ठ

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x