×

NMB BANK
NIC ASIA

सयपत्रीमा रमाउँदै थापा दाजुभाइ

चैत १, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

व्यावसायिक फूलखेती पाल्पाको रामपुरमा फष्टाउँदै गएको छ । रामपुर नगरपालिका–४ देवीस्थानमा गएको तिहारमा पहिलोपटक सयपत्री फूलबाट मनग्य आम्दानी गरेका दिलबहादुर थापा तथा लालबहादुर थापाले बेमौसमी फूल खेती समेत शुरू गरेका छन् ।

Muktinath Bank

शहरीरुपमा विकास हुन थालेको पाल्पाको पूर्वी भेग रामपुरमा पछिल्लो समय भारत लगायत छिमेकी देश र अन्य जिल्लाबाट फूलको आयात हुने गरेकोले यसलाई निरुत्साहित गर्दै व्यवसाय थालेको व्यवसायी दिलबहादुरको भनाइ छ । विवाह, अन्य मेला, महोत्सव र विविध सार्वजनिक कार्यक्रममा सयपत्री फूलको मालाको माग बढेकाले फूलखेती बेमौसमीरुपमा पनि गर्न थालेको उनले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हाम्रो आधुनिक कृषि फर्म सञ्चालन गरी केही वर्ष पहिलेदेखि मौसमी बेमौसमी तरकारी खेति थालेका थापा दाजुभाइले पछिल्लो समय फूलको परीक्षण गरे पछि राम्रै हुने अनुभव लिएका छन् । गएको तिहारमा पनि फूलको गुच्छा, माला नारायणघाट, बुटवल, पोखरा, स्याङ्जा, तनहुँ र पाल्पाका विभिन्न स्थानमा बिक्री गरेर राम्रै आम्दानी भएको लालबहादुरले बताए । बेमौसममा झन बिक्री हुन्न कि भन्ने चिन्ता भए पनि रामपुरमा सञ्चालित महायज्ञलगायत विभिन्न कार्यक्रम, विवाहमा फूल खरिद गरेकाले राम्रै बिक्री भएको थियो । 


Advertisment
Nabil box
Kumari

करिब साढे ११ रोपनी जग्गामा कृषि फर्म सञ्चालन गरे पनि करिब दुई रोपनी जग्गामा फूलखेती सञ्चालन गर्नुभएको दिनबहादुरले बताए । मागअनुसार पुर्‍याउन नसकिएको उनको भनाइ छ ।

Vianet communication
Laxmi Bank

सयपत्री फूलका कारण माटोलाई फाइदा हुने र किराले समेत नखाने हुँदा तरकारीभन्दा खेती गर्न गर्न सजिलो हुने उनीहरुको भनाइ छ । करिब १५ सय बिरुवाको उत्पादन बिक्री भइरहेको र अन्य थप ६०० बिरुवा रोपिसकिएको छ । 'अब विवाह तथा प्रेमदिवसका अवसरमा गुलाब फूलको समेत माग भएकाले त्यसको खेती गर्ने सोच छ', दिलबहादुरले भने। गत तिहारमा करिब रु एक लाख ५० हजार फूलबाटै मात्र आम्दानी भएको र यसपालि मेमौसममा रु तीन लाखसम्म आम्दानी हुने आशा दाजुभाइको छ । 

प्रतिमाला रु १०० र प्रतिकेजी फूलको रु ४०० मा बिक्री हुँदै आएको छ । यसअघि वैदेशिक रोजगारीमा गएका युवाले नेपालमै पनि मेहनत गरे प्रतिफल राम्रो हुने विश्वास गरेका छन् । पवित्रा घिमिरे,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x