×

NMB BANK
NIC ASIA

विगतमा गरिएका प्रतिबद्धता पूरा गर्न प्रतिबद्ध छौं : मुख्यमन्त्री भट्ट

चैत १, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सुदूरपश्चिम प्रदेशमा रहेका ऐतिहासिक, धार्मिक, पुरातात्विक तथा पर्यटकीय क्षेत्रको विकास गर्न प्रदेश सरकारले उच्च प्राथमिकता दिएको बताएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

प्रसिद्ध शक्तिपीठ शैलेश्वरी मन्दिर क्षेत्र विकास समितिद्वारा निर्माण गर्न लागेको आवास गृहको शनिवार शिलान्यास गर्दै उनले ती क्षेत्रको थप  विकास तथा विस्तार गर्न नीतिगत योजनाका साथ उच्च प्राथमिकता दिँदै आवश्यक रकम विनियोजन समेत भएको जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश सरकारको ३० लाख रुपैयाँको लागतमा मन्दिरमा आउने सन्त र महन्तका लागि सो आवास गृह निर्माण गरिन लागिएको हो ।


Advertisment
Nabil box
Kumari

मुख्यमन्त्री भट्टले भने, ‘यहाँका पर्यटकीय र धार्मिक क्षेत्रको थप प्रचारप्रसार गर्न जरुरी रहेको छ । यसबाट हजारौं पर्यटक भित्र्याउन सकिन्छ । समग्र सुदूरपश्चिमकै विकास हुने भएकाले हामीले यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासलाई उच्च प्राथमिकता दिएका छौं ।’

Vianet communication
Laxmi Bank

विगतमा गरिएका प्रतिबद्धता पूरा गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उनले जानकारी दिए । उनले थप भने, ‘सुदूरपश्चिमभरकै प्रमुख पर्यटकीयस्थल खप्तडको प्रवेशद्वार भनेकै शैलेश्वरी हो । खप्तडमा पर्यटक भित्र्याउन शैलेश्वरी क्षेत्रको विकास गर्नु जरुरी छ ।’

मुख्यमन्त्री भट्टलाई समितिले अभिनन्दन समेत गरेको  थियो । शैलेश्वरी क्षेत्रको विकास तथा प्रवद्र्धनका लागि महत्वपूर्ण योग्दान गरेको भन्दै मुख्यमन्त्री भट्टलाई अभिनन्दन गरिएको समितिका अध्यक्ष प्रेमशंकर भट्टले बताए ।

प्रदेश सरकारकै सहयोगमा शैलेश्वरी मन्दिरमा उद्यानसहितको बहुउद्देश्यीय भवन निर्माणको काम पनि यसै वर्षदेखि शुरू हुने मुख्यमन्त्री भट्टका प्रमुख स्वकीय सचिव शिव ओलीले जानकारी दिए । उनका अनुसार उक्त कामका लागि प्रदेश सरकारले कूल ८० लाख रुपैयाँ रकम विनियोजन गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x