×

NMB BANK
NIC ASIA

‘ज्यानमारा’ मदिराको कर्तुत : ३ दिनमा ८ जनाको मृत्यु, ६ गम्भीर बिरामी, ७ पक्राउ

चैत १, २०७६

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

होली पर्वको अवसरमा अत्यधिक मदिरा सेवन गरेर धनुषामा पछिल्ला ३ दिनमा ८ जनाको मृत्यु भएको छ भने गम्भीर बिरामी भएर ६ जना उपचारमा छन् ।

Muktinath Bank

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक (डीएसपी) रामेश्वर कार्कीले मृतकको संख्या ८ जना मात्रै रहेको जनाएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

डीएसपी कार्कीका अनुसार फागुन २९ गते धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ रमदैया बस्ने ३५ वर्षीय ब्रह्मदेव यादव, ४० वर्षीय रामविलास मण्डल र ६५ वर्षीय गुदरी महराको मृत्यु भएको हो ।


Advertisment
Nabil box
Kumari

फागुन ३० गते वडा नम्बर १ बस्ने ३६ वर्षीय रामनारायण महरा, २७ वर्षीय इन्द्रजित महरा, ४७ वर्षीय शत्रुधन मण्डल, जनकपुरधाम उपमहानगरपालिका–२० को देवपुरा रुपैठाका ३० वर्षीय राजु महराको मृत्यु भएको हो । रमदैयाका बेचन महराका छोरीज्वाइँ रहेका राजु महराको ससुराली घरमा आएको बेला मदिरा सेवन गरेर मृत्यु भएको हो । चैत्र १ गते रमदैयाका ६५ वर्षीय श्रीदेव यादवको समेत मृत्यु भएको छ । सरकारी समाचार संस्था राससले ११ जनाको मृत्यु भएको समाचार प्रेषित गरेपनि स्थानीय प्रहरीले भने ८ जनाको मात्रै मृत्यु भएको पुष्टि गरेको छ ।

Vianet communication
Laxmi Bank

डीएसपी कार्कीका अनुसार अत्यधिक मदिरा सेवन गरेर गम्भीर घाइते भएका ६ जनाको रम्दैयास्थित जानकी मेडिकल कलेज र जनकपुरको सोही मेडिकल कलेजका सिटी अस्पतालमा उपचार भइरहेको छ । रम्दैयाका २३ वर्षीय प्रदिप सदा, ३७ वर्षीय राम इश्वर महरा, ५० वर्षीय भरत मण्डल, ४४ वर्षीय मनिर नदाफ, ५० वर्षीय सिताराम यादवको उपचार जारी रहेको छ । 

अनुसन्धानको क्रममा गाउँ तथा क्षेत्रमा अवैध मादक पदार्थसहित रक्सी बेचबिखन गर्ने ७ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको कार्कीले बताए । महोत्तरीको भंगहा नगरपालिका–३ सखरी टोलका ४७ वर्षीय जगत नारायण मण्डल, धनुषाको लक्ष्मिनियाँ गाउँपालिका–६ को बगेवा गाउँका २४ बर्षिय नविन यादव, ५० वर्षीय घुरन यादव, क्षिरेश्वरनाथ नगरपालिका–२ रमदैया बस्ने ४५ वर्षीया तारापट्टीबाली भनिने छटियादेवी मण्डललाई पक्राउ गरिएको छ । 

रमदैयाकै ४१ वर्षीय जयकुमार यादव, ४८ वर्षीय रामनन्दन साह, जनकपुरधाम उपमहानगरपालिका–१४ रजौल बस्ने ३५ वर्षीया शितलदेवी यादवलाई समेत पक्राउ गरिएको छ । 

अवैध विषाक्त घरेलु मदिरा सेवन गरेका कारण नै स्थानीयको मृत्यु भएको बताइएको छ तर मृत्युको वास्तविक कारण के हो भन्नेबारे अनुसन्धान जारी नै रहेको डीएसपी कार्कीले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x