एनआईसी एसिया बैंकका ग्राहकलाई अकामा होटलमा २०% छूट

एनआईसी एसिया बैंक लिमिटेडका ग्राहकलाई काठमाडौंको धुम्बाराहीस्थित अकामा होटलको सेवा शुल्कमा २० प्रतिशत छूट प्रदान गर्न बैंक र होटलबीच समझदारी भएको छ । 

एक कार्यक्रमका बीच बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी तथा होटलका तर्फबाट महाप्रबन्धक राजु श्रेष्ठले समझदारीपत्र आदानप्रदान गरेका हुन् ।


Advertisement

उक्त समझदारी बमोजिम बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले होटलको सेवा प्रयोग गरेबापत रकम भुक्तानी गर्दा २० प्रतिशत छूट पाउने छन् ।

साथै यस बैंकका कर्मचारीलाई पनि सो योजना अनुसारको छूट उपलब्ध हुनेछ । 


Advertisement

समझदारीका सर्तहरू एक वर्षका लागि लागू हुने बताइएको छ ।

यसैगरी ग्राहकले देशभरका २,४०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा सेवा लिई कारोबार रकमको ३० प्रतिशतसम्म छूट प्राप्त गर्न सक्नेछन् ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्