×

NMB BANK
NIC ASIA

राष्ट्र बैंकको गभर्नर बन्न दौडधूप– कसको होला पल्लाभारी ?

चैत २, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

मुलुकको केन्द्रीय बैंकका रूपमा रहेको नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर बन्नका लागि बैंकभित्र र बाहिरबाट दौडधूप शुरू भएको छ । 

Muktinath Bank

गभर्नर डा. चिरञ्जीवी नेपालले आगामी बुधवार (चैत ५ गते) देखि अवकाश पाउने भएपछि नयाँ गभर्नर बन्न दौडधूप शुरू भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्र बैंकको नयाँ गभर्नर को बन्ने र कसलाई बनाउने भन्ने विषयमा बैंकिङ क्षेत्रमा चर्चा भइरहेको छ । 


Advertisment
Nabil box
Kumari

बैंक तथा वित्तीय संस्थाको नियामक निकायको रूपमा काम गर्ने भएकाले यसको नेतृत्वका लागि आकांक्षीहरूको लाम लागेको हो ।

Vianet communication
Laxmi Bank

गभर्नर बन्नका लागि राष्ट्र बैंक सञ्चालक समितिका सदस्यदेखि डेपुटी गभर्नरसम्मले सक्रियता बढाएका छन् ।

गभर्नर सिफारिश गर्न मन्त्रिपरिषद् बैठकले अर्थमन्त्रीको संयोजकत्वमा ३ सदस्यीय सिफारिश समिति गठन गरेको छ । 

अर्थमन्त्री संयोजकत्यको समितिमा एक जना पूर्वगभर्नर र एक जना वित्तीय क्षेत्रका अनुभवी व्यक्ति रहनेछन् । 

गभर्नरका लागि समितिले एकजना बहालवाला डेपुटी गभर्नरसहित तीन जनाको नाम सिफारिश गर्नुपर्नेछ ।

सिफारिश भएका ३ जना मध्येबाट एक जनालाई मन्त्रिपरिषद्ले गभर्नर पदमा नियुक्त गर्नेछ । 

कानूनी व्यवस्थाअनुसार वर्तमान गभर्नरको अवकाश हुनुअगावै नयाँ गभर्नर सिफारिश गर्नुपर्ने हुन्छ । 

को–को छन् आकांक्षी ? 

देशको मौद्रिक नीतिको नेतृत्व गर्ने राष्ट्र बैंकको गभर्नर पदमा विभिन्न तहका व्यक्तिहरूले आकांक्षा राखेका छन् ।

आफू गभर्नर बन्न योग्य रहेको दाबीसहित ती व्यक्तिहरूबीच रस्साकस्सी चलिरहेको छ । 

गभर्नर बन्नका लागि राष्ट्र बैंककै पूर्वकर्मचारी तथा वर्तमान डेपुटी गभर्नर, कार्यकारी निर्देशकलगायत अर्थ क्षेत्रका विज्ञहरू जोडतोडले लागिरहेका छन् ।

राष्ट्र बैंकको १७औं गभर्नरमा राष्ट्र बैंक सञ्चालक समितिका सदस्य सुवोधकुमार कर्ण एक दाबेदार मानिन्छन् ।

बैंकिङ विषयमै विद्यावारिधि गरेका उनी पेशाले चार्टर्ड एकाउन्टेन्ट हुन् । उनी अहिले राष्ट्र बैंककोे अडिट कमिटीका संयोजक छन् ।

महालेखा परीक्षकमा नियुक्तिको तयारी भएपनि अन्तिम समयमा आएर उनको नियुक्ति परिवर्तन गरिएको थियो । 

महालेखामा आफूले निकै राम्रो काम गरेको दाबीसहित उनले गभर्नर बनेमा राष्ट्र बैंकमा पनि आफ्नो काम उत्कृष्ट रहने बताउँदै आएका छन् । 

महालेखा परीक्षकको नेतृत्व नपाएका कारण आफूलाई सरकारले अब गभर्नर बनाएर राख्नुपर्ने उनको दाबी छ ।

बैंकिङ विषयमै पीएचडी गर्नु नेपालको सन्दर्भमा नयाँ भएको बताउँदै उनले आफू यसकै कारण पनि गभर्नरका लागि अरूभन्दा योग्य रहेको दाबी गरे । सत्तारुढ दल नेकपाको नेतृत्वसँग उनको राम्रो सम्बन्ध छ ।

अनुभव र शैक्षिक योग्यताका कारण कर्णको दाबीलाई अन्यथा भन्न नमिल्ने विज्ञहरूको भनाइ छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूमा समेत उनले नेतृत्व गरिसकेका छन् । 

सार्क राष्ट्रको चार्टर्ड अकाउन्टेन्टहरूको संस्थाको अध्यक्ष बनिसकेका उनी विभिन्न संस्थाहरूमा आबद्ध छन् ।

एसिया प्रशान्त क्षेत्रको चार्टड अकाउन्टेटहरूको महासंघको सञ्चालक समितिमा समेत उनी रहेका छन् ।  

गर्भनर पदको दाबेदारहरूमध्ये अर्का हुन् राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी ।

वि.सं. २०४४ सालबाट राष्ट्र बैंकको प्रमुख सहायक पदबाट करिअर शुरू गरेका सिवाकोटी १९ फागुन २०७२ मा डेपुटी गभर्नर बनेका थिए ।

२०७२ भदौमा कार्यकारी निर्देशकमा बढुवा भएका उनलाई सरकारले डेपुटी गभर्नरमा नियुक्त गरेको थियो । 

सिवाकोटीले अमेरिकाको साउदर्न न्यू हेम्पासायर युनिभर्सिटीबाट वित्तीय व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् । 

गर्भनरको रेसमा रहेका उनले केही समयअगाडि मात्र प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट बालुवाटारमा पुस्तक विमोचन गराएका थिए । 

सिवाकोटी अर्थमन्त्री डा. युवराज खतिवडासँग निकट मानिन्छन् ।

गभर्नरको रेसमा रहेका अर्का व्यक्ति हुन्, डा. मीनबहादुर श्रेष्ठ । 

श्रेष्ठ राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट केही वर्षअघि अवकाश पाएका व्यक्ति हुन् ।

नेकपा अध्यक्ष (तत्कालीन नेकपा माओवादीका अध्यक्ष) पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा उनी राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भएका थिए  । 

श्रेष्ठले कानूनमा एलएलबी, राजनीतिशास्त्रमा एमए र सार्वजनिक प्रशासनमा एमपीए गरेका छन् । 

उनले बेलायतबाट बिजनेस प्रशासनमा एमबीए र नेपालको वित्तीय उदारीकरणमा अस्ट्रेलियाबाट विद्यावारिधि (पीएचडी) गरेका छन् ।

गभर्नर पदका लागि लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी समेत आकांक्षी देखिएका छन् ।

उनी राष्ट्र बैंककै पूर्व डेपुटी गभर्नर हुन् । उनीसँग ३० वर्ष राष्ट्र बैंकमा काम गरेको अनुभव छ । उनी यसअघि पनि गभर्नरका लागि सिफारिश भएका थिए ।

तत्कालीन अर्थमन्त्री डा. रामशरण महतले अधिकारीको नामसमेत सिफारिश गरेपनि उनी नियुक्त हुन सकेका थिएनन् ।

पूर्व अर्थसचिव राजन खनाल पनि गर्भनर पदको दाबेदारका रूपमा छन् । अर्थमन्त्री खतिवडाको कार्यकालमा अर्थमन्त्रालयको सचिवको जिम्मेवारीमा रहेका खनालले माघ २२ गते अवकाश पाएका थिए । 

यस्तै राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट अवकाशप्राप्त भास्करमणि ज्ञवाली, राष्ट्रिय वाणिज्य बैंकको सीईओको कार्यकाल पूरा गर्न लागेका किरण श्रेष्ठ पनि गभर्नरको दाबेदारको रूपमा देखिएका छन् । 

आर्थिक अनियमिताको आरोपमा छानबिनमा परेर विवादमा तानिएका डेपुटी गभर्नर शिवराज श्रेष्ठले पनि गर्भनरका लागि लबिङ गरिरहेका छन् ।

अर्थमन्त्रालय स्रोतका अनुसार गभर्नरका आकांक्षीहरूले सिंहदरबार, बालुवाटारदेखि राजनीतिक दलका नेताको घरमा धाइरहेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x