डिशहोमले सुरु गर्‍याे ‘सुनौलो तारा’ रियालिटी शो

डिशहोमले निम्न आर्थिक अवस्था भएका बालबालिकाको प्रतिभालाई उजागर गर्न ‘सुनौलो तारा’ नामक रियालीटी शो प्रशारण गर्न थालेको छ।

मुलुकभर विभिन्न सरकारी विद्यालय तथा बाल संस्थामा रहेका ४ सय भन्दा बढी बालबालिकाबाट अडिसनमार्फत् ४० जना छानिएका छन्।


Advertisement

ती प्रतिभा प्रस्तुत गर्ने मञ्चको रुपमा सुनौलो तारा कार्यक्रम डिशहोमले सुरु गरेको जनाएको छ।

डिशहोमको च्यानल नं. १०२ रियालिटी टिभीमा चैत १ गतेदेखि प्रशारण शुरु भएको हो।  यो कार्यक्रम हरेक हप्ता शुक्रबार र शनिबार राती ८ः३० बजे प्रशारण हुनेछ । 


Advertisement

सुशीला आर्टस् एकेडेमीको परिकल्पनामा तयार गरिएको यो कार्यक्रमलाई सिल्भर माउण्टेन स्कुल अफ  होटल म्यानेजमेन्टले सहप्रायोजन गरेको छ।

यस कार्यक्रममा प्रथम, द्वितिय र तृतिय हुने सहभागीलाई क्रमशः नगद ५ लाख, ३ लाख र १ लाख डिशहोमले प्रदान गर्नेछ।
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्