×

NMB BANK
NIC ASIA

मातातीर्थबाट भक्तपुर बिजुली ल्याउने २० वर्ष अघिको योजना सफल हुँदै

चैत २, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

करिब २० वर्षअघि सुरु भए पनि हालसम्म निर्माण सम्पन्न हुन नसकेको चोभार-खोकना–चापागाउँ १ सय ३२ केभी प्रसारण लाइनमार्फत भक्तपुरमा बिजुली ल्याउने  योजना अब भने सम्भव हुने भएको छ। 

Sagarmatha Cement
Muktinath Bank

ललितपुरको खोकना र चापागाउँबासीको निरन्तरको अवरोधका कारण प्रसारण लाइन बन्न नसकेपछि ऊर्जा मन्त्रालयले त्यसको विकल्पमा चोभारमा शवस्टेशन निर्माण गरी वैकल्पिक वितरण प्रणालीमार्फत भक्तपुर विद्युत पु¥याउने योजना अघि सारेको हो।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर, सवस्टेशन निर्माणका लागि आवश्यक जमिन नहुँदा उक्त कामसमेत अघि बढ्न सकेको थिएन। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आवश्यक जमिन उपलब्ध गराउने भएपछि अब सबस्टेशन बन्ने निश्चित भएको छ। 


Advertisment
Nabil box
Kumari

त्यस सम्बन्धमा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन, उद्योगमन्त्री लेखराज भट्टसहित दुबै मन्त्रालयका अधिकारीहरुबीच आइतबार छलफल भयो। मन्त्री भट्टले सवस्टेशनका लागि आवश्यक जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाए। त्यस स्थानमा सरकारले बन्द भएको हिमाल सिमेन्ट कारखानाको जमिन सुख्खा बन्दरगाह निर्माणका लागि खरिद गरेको थियाे।

Vianet communication
Laxmi Bank

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको नेपाल इन्टरमोडल यातायात विकास समितिले सुख्खा बन्दरगाह निर्माणको काम गरिरहेको छ। कति जमिन कहिलेसम्म उपलब्ध गराउने भन्नेबारे अध्यन गर्न दुवै मन्त्रालयका उच्च अधिकारीहरुको टोली चोभार पुगेर स्थलगत अध्ययन गर्ने र टोलीको सिफारिसमा काम अघि बढाउने सहमति दुई मन्त्रालयबीच भएको छ।

ऊर्जामन्त्री पुन र उद्योगमन्त्री भट्टसमेत प्रस्तावित सवस्टेशन निर्माणस्थलमै गएर जमिनबारे अन्तिम टुंगो लगाउन सहमत भएका छन्। 

चोभारमा शवस्टेन नबनाउँदा नेपाल विद्युत प्राधिकरणको मातातीर्थ शवस्टेशनमा त्रिशूली र मस्र्याङदी करिडोरबाट आउने बिजुली काठमाण्डु ल्याउन असम्भव प्रायः छ । 

ऊर्जा मन्त्रालयमा भएको छलफलमा मन्त्री पुन र भट्टका साथै ऊर्जा मन्त्रालयमा सचिव दिनेश घिमिरे, सहसचिव एवं प्रवक्ता प्रवीणराज अर्याल, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्याल, सहसचिव एवं सुख्खा बन्दरगाह निर्माणको जिम्मेवारी पाएको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक नवजराज ढकाललगायत सहभागी थिए।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x