कोरोनाले थला पर्‍याे बलिउड, चैत १८ सम्मका लागि फिल्म रिलिज र सुटिङ बन्द

बलिउड फिल्म उद्योग कोरोना भाइरसका कारण थला परेको छ। भारतको मुम्बईलाई बलिउडको राजधानी भनिन्छ। तर, अहिले त्यहाँ फिल्म निर्माणका सबै गतिविधि बन्द गरिएको छ। 

आइतबार मुम्बईमा फिल्म निर्माता, फिल्म निर्देशक र फिल्म मजदुर यूनियको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो।  अब मार्च ३१ अर्थात चैत १८ गतेसम्म कुनै पनि फिल्म रिलिज हुने छैनन् भने फिल्म सुटिङ लगायतका काम पनि अगाडि बढ्ने छैनन्। र, आगामी बैठकले यो सहमतिलाई निरन्तरता दिने वा नदिने भनेर निर्णय गर्नेछ।


Advertisement

भारतमा कोरानाका संक्रमित बढदै गएपछि महाराष्ट्र मुम्बईका स्कूल, सिनेमाघर, रंगशाला, शपिङ मल यसअघि नै बन्द गरिएको थियो। 

 


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्