×

NMB BANK
NIC ASIA

सीडीओको नाकैमुनि 'चोरको शासन' ! दिनदहाडै चोरिन्छन् सेवाग्राहीका मोटरसाइकल

चैत ३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

जिल्ला प्रशासन कार्यालय धनुषा परिसर अगाडि पार्किङ गरेर राखिएको मोटरसाइकल दिनदहाडै चोरी भएको छ । धनुषाको औरही गाउँपालिका–१ पौडेश्वर गाउँका रामबिहारी यादव चैत्र २ गते आइतवार जिल्ला प्रशासन कार्यालय धनुषा पुगेका बेला उनको मोटरसाइकल दिनदहाडै चोरी भएको छ ।

Muktinath Bank

प्र–२०२००१ प ६८४३ नम्बरको २२० सीसीको नयाँ पल्सर मोटरसाइकल चोरी भएको छ । दिउँसो १२ बजे उनको मोटरसाइकल चोरी भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘मेरो गाउँका एक जना साथीलाई सार्वजनिक अपराधको मुद्दा लागेकोमा धरौटी दिन पुगेको बेला कार्यालय अगाडि पार्क गरेर राखिएको नयाँ मोटरसाइकल चोरी भएको छ,’ यादवले लोकान्तरसँग भने, ‘४ महिनाअघि मात्रै ३ लाख १४ हजार ९०० रुपैयाँमा मोटरसाइकल किनेको थिएँ, नयाँ मोटरसाइकल नै चोरी भइदियो ।’


Advertisment
Nabil box
Kumari

कार्यालयको प्रवेशद्वारकै दायाँ र बायाँ दुवै छेउमा सेवाग्राहीको मोटरसाइकल पार्किङ गर्नका लागि स्थान छुट्याइएको छ । मुख्य प्रवेशद्वारमै सुरक्षार्थ सशस्त्र प्रहरी तैनाथ हुन्छन् । कार्यालयभित्र पनि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालित हुन्छन् ।

Vianet communication
Laxmi Bank

सुरक्षाकर्मी परिचालित भएको अवस्थामा पनि दिनदहाडै मोटरसाइकल चोरी हुने गरेको छ । कार्यालय भित्रको परिसरसहित कोठा–कोठामा सीसीटीभी क्यामेरा जडान गरिएको छ तर बाहिर परिसरमा क्यामेरा जडान भएको छैन ।

‘सीडीओ सा’पलाई भन्न जाँदा बाहिर सीसीटीभी क्यामेरा जडान गर्नका लागि स्रोत नै छैन भन्छन्,’ यादवले लोकान्तरसँग भने, ‘जनकपुरधाम उपमहानगरपालिकाले पो क्यामेरा जडान गर्नुपर्ने हो भनेर झारा टार्ने काम गर्नुभयो ।’ चोरी भएको मोटरसाइकल खोजी गरिदिन उनले आइतवारै जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दर्ता गराएका छन् ।

नामसारी गराउन गएका मोटरसाइकल चोरी

जनकपुरधाम उपमहानगरपालिका–१४ रजौलका २४ वर्षीय रोशन चौधरीले केही दिनअघि मात्र ३ लाख १८ हजार ४०० रुपैयाँमा २२० सीसीको पल्सर मोटरसाइकल किनेका थिए । ओम अटोमोबाइल्स जनकपुरको नाममा दर्ता भएको मोटरसाइकल आफ्नो नाममा दर्ता गराउनका लागि उनी चैत्र २ गते आइतवार यातायात कार्यालय जनकपुर पुगेका थिए ।

‘कार्यालय परिसर बाहिर पार्किङ गरेर नामसारी गराउन गएका थिएँ,’ चौधरीले लोकान्तरसँग भने, ‘तर नामसारी गराउन पनि पाइनँ, दिनदहाडै साढे १२ बजेको समयतिर मोटरसाइकल चोरी भयो ।’ उजुरीसहित उनले पनि जिल्ला प्रहरी कार्यालय धनुषा पुगेर दर्ता गराएका छन् ।

चोरी भएका दुवै मोटरसाइकलको उजुरी दर्ता गरेका जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक विजय यादवले प्रहरी सञ्चार सेटबाट सिभिलमा खटेका प्रहरीलाई तत्काल खोजतलास गर्न र उच्च सतर्कता अपनाउन निर्देशन दिए । यी २ घटना प्रतिनिधिमूलक उदाहरण मात्र हुन् । जिल्ला प्रहरी कार्यालय धनुषा अगाडिबाट नै पनि बेला–बेला मोटरसाइकल चोरी हुने गरेको छ । अन्य विभिन्न सरकारी कार्यालय अगाडिबाट सर्वसाधारणका मोटरसाइकल चोरी हुने गरेका छन् । मोटसाइकल चोरीका घटना दिन प्रतिदिन बढ्दै गएपनि स्थानीय प्रहरी गम्भीर देखिएका छैनन् ।

मोटरसाइकलमा आगजनी 

चैत्र १ गते राति जनकपुरमा पार्किङ गरेर राखिएका ३ वटा मोटरसाइकलमध्ये अज्ञात समूहले २ वटा मोटरसाइकलको सीटलाई चिरफार गर्नुका साथै एउटा मोटरसाइकलमा आगजनी गरे ।

जनकपुरधाम उपमहानगरपालिका–७ स्थित कुम्हार कुटी अगाडि स्थानीय पप्पु साहले पार्क गरेर राखेको प्र–०२०२००१प ५२४२ नम्बरको एफजेड मोटरसाइकलमा आगजनी गरिएको छ । राति १ बजे त्यो समूहले मोटरसाइकलमा आगजनी गर्नुका साथै बाँकी २ वटा मोटरसाइकलको सिटमा चिरफार गर्नुका साथै क्षति पुर्‍याएको पीडित साहले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x