कात्तिक २४, २०८०
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
देख्दै आङ सिरिङ्ग हुने ठाडो पाखो । पाखाभरि ठूल्ठूला ढुङ्गाका चेपमा मान्छे छिर्न मिल्ने प्रशस्त सुरुङ । आगोले पोलेको जस्तो धुवाँले राउँसिएका लामा सुरुङभित्र धातुका धाउहरू ।
हिजो हथौडाको भरमा खनिएका सुरुङमा अहिले तामाको अध्ययन भइरहेको छ । पुर्खाले तामा निकालेकै आधारमा अहिले आधुनिक प्रविधिको प्रयोग गरी बाग्लुङको तित्याङमा तामा उत्खननका लागि अध्ययनको काम तीव्र गतिमा चलिरहेको छ ।
स्थानीय बूढापाकाका अनुसार तित्याङको खानीगाउँमा झण्डै दुई सय वर्षपहिले तामाखानी सञ्चालनमा थियो । मल्लकालीन समयमा स्थानीय प्रविधि प्रयोग गरेर हालको बागलुङ नगरपालिका–९ तित्याङ खानीगाउँका पाखोमा तामा निकालिएको थियो, स्थानीयवासी सन्तबहादुर जिसीले भने ।
'उबेला हाम्रा जिजुबाजेले खानीबाट तामा निकाल्ने क्रममा मान्छे पुरिएपछि बन्द भएको भन्ने सुनिन्छ', जिसीले भने, 'पछि तामा निकाल्दा बनेका सुरुङमा हैजा लागेका मान्छे राख्थे भन्नुहुथ्यो बा’ले ।'
चीनको जोम्बिङ माइनिङ कम्पनीको प्राविधिक सहयोगमा शुभम् ग्रुपले चार महिनादेखि तित्याङमा खानी अध्ययनको काम गरिरहेको छ । चार महिनापहिले यहाँ आएका खानी विज्ञहरूको समूहले सम्भावना औँल्याएपछि मेशिन नै प्रयोग गरेर परीक्षणको काम धमाधम चलिरहेको छ ।
'यहाँ तामा ९० प्रतिशत छ भन्नेमा हामी पुग्यौं, के कति छ भन्ने निर्क्योल गर्न मात्रै बाँकी हो', शुभम् ग्रुपका अध्यक्ष श्याम अधिकारीले भने, 'तामासँगै हुने धातुहरूको अध्ययन पनि भइरहेको छ ।'
तामाको परीक्षणका लागि तित्याङको अड्डाँडामा २२ मिटर लामो र बाह्रमुरेमा ३२ मिटर लामो सुरुङ तयार भइसकेको छ । सुरुङमार्फत जमीनको भित्री भागको ढुङ्गामाटो सङ्कलन गरी ल्याबमा परीक्षण गर्ने काम भइरहेको अधिकारीले बताए । 'हामी अध्ययनमै छौँ, अझै केही (सुरुङ) टनेल अघि बढाउनुपर्ने भूगर्भ शास्त्रीहरूले बताउनुभएको छ', उनले भने, 'जमिनभित्र धातुको मात्रा हेर्ने काम बाँकी छ, हामीले पहिलो चरणको ९० प्रतिशत काम सकेका छौँ ।'
खानी विभागले खटाएका भूगर्भशास्त्री, इन्जिनीयर, चीनबाट आएका अध्ययनकर्ता लगायतले यहाँको अवस्थाबारे अध्ययन गरिरहेका छन् । तामाको अध्ययनका लागि नेपाल सरकारको अनुमतिमा यहाँ आएको कम्पनीले परीक्षण प्रतिवेदन तयार भएपछि खानी सञ्चालनको तयारीमा लाग्ने बताएको छ । 'यहाँ प्लान्ट बस्छ, मात्रै कत्रो बनाउने भन्ने हो', अधिकारीले भने, 'वातावरणीय परीक्षण र विस्तृत परियोजना प्रस्ताव लगायतका काम सकेर चार महिनाभित्रै हामी उत्खननको अनुमति लिनतर्फ लाग्छौँ ।'
उनले कुनै अवरोधको सामना गर्नु नपरे आगामी एक वर्षभित्रै तित्याङमा खानी सञ्चालनमा आउने दाबी गरे । पहिलो चरणको परीक्षणमा मात्रै झण्डै चार करोड खर्च गरेको कम्पनीले खानी सञ्चालनका लागि एक अर्बको हाराहारीमा लगानी हुने जनाएको छ ।
'यहाँ मात्रै होइन बागलुङका काठेखोला, गल्कोट, जैमिनी, म्याग्दीको ओखरबोट र गुल्मीका केही ठाउँमा समेत खानीको सम्भावना रहेकाले यहाँ सञ्चालनमा आउने प्लान्टबाटै तामा, चाँदी, सुनलगायत धातु निकाल्न सकिन्छ', अधिकारी भन्छन्, 'यो नै नेपालमा पहिलो टनेल प्रविधिको खानी हुनेछ ।'
स्थानीय सरोकारवाला, स्थानीय, प्रदेश र केन्द्र सरकारले समेत खानी सञ्चालनमा चासो देखाएकाले सबैसँगको सहकार्यमा खानी सञ्चालनमा आउने उनले बताए ।
पुराना खानी र त्यहाँ देखिने धाउको सङ्केतका आधारमा बागलुङ नगरपालिकाले यहाँ खानी सञ्चालनको पहल थालेको थियो ।
पहिलो नगरसभाबाट तित्याङमा खानी सञ्चालनका लागि अध्ययन गर्ने निर्णय गरेको नगरपालिकाले खानी विभाग र सरोकारवाला सबै मन्त्रालयसँग पहल गरेर झण्डै दुई वर्षपछि यहाँ अध्ययनको काम थालनी भएको छ ।
खानी अध्ययन गरिरहेको कम्पनीले परीक्षणको प्रतिवेदन खानी विभागलाई बुझाउनेछ । खानी विभाग, उद्योग मन्त्रालयले प्रतिवेदनका आधारमा स्थलगत अध्ययन गरेपछि मात्रै उत्खननको अनुमति पाउनेछ ।
यहाँ खानी सञ्चालनमा आए रोजगारीको सिर्जना र कर तथा रोयल्टीबापत आउने रकमले विकास निर्माणमा समेत सहयोग पुग्ने बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए । स्थानीय सरकारका तर्फबाट गर्नुपर्ने कुनै पनि काममा बाधा–अवरोध नआउने बानपा–९ तित्याङका वडाध्यक्ष गणेश थापाले बताए । खानीको परीक्षणमा देखिएको प्रगतिले स्थानीय उत्साहित भएका छन् ।
परीक्षण भइरहेका दुई खानीमा अहिले १६ स्थानीय कामदार, चार कम्पनीका प्रतिनिधि, पाँच चिनियाँ प्राविधिक र पाँचजना इन्जिनीयर लगायतले काम गरिरहेका छन् ।
नेपाली सेना र नेपाल प्रहरीले अध्ययनस्थलमा सुरक्षाका लागि पहरा दिइरहेका छन् भने अध्ययन क्षेत्रका स्थानीयवासीले सरोकार समिति बनाएर समन्वय गर्दै आएका छन् । तारानाथ आचार्य/रासस
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...