फागुन ३०, २०८०
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
कैलालीको टीकापुरमा विमानस्थल सञ्चालनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणको टोलीले अध्ययन शुरू गरेको छ ।
प्राधिकरणका निर्देशक र परामर्शदाताका टोलीले शनिबार टीकापुर विमानस्थलको स्थलगत अध्ययन गरेको छ ।
प्राधिकरणका निर्देशक रत्नबहादुर श्रेष्ठले स्थलगत अध्ययन टोलीले टीकापुर विमानस्थलको अवस्था राम्रो देखिएको बताए ।
'अब प्राविधिक टोलीले पूर्वसम्भाव्यता अध्ययन र विस्तृत अध्ययन गरिसकेपछि प्रक्रिया अगाडि बढ्छ', श्रेष्ठले भने, 'त्यसअघि स्थानीय सर्वपक्षीय सहमति आवश्यक रहेको छ ।'
टीकापुरमा विमानस्थल निर्माणको काम अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को मापदण्डानुसार हुने छ ।
आइकाओको मापदण्डानुसार एक हजार ८०० मिटरभन्दा लामा हवाई मैदानको चौडाइ पनि ३२० मिटर हुनुपर्नेछ तर टीकापुरमा रहेको विमानस्थलको क्षेत्रफल एक हजार दुई सय मात्र भएका कारण हवाई उडान गर्न कठिनाइ हुने भन्दै विमानस्थलको जग्गा गौचरनमा परिणत भएको छ ।
टीकापुरमा स्थानीय सरकार, टीकापुर उद्योग वाणिज्य संघलगायतले टीकापुर विमानस्थल निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईलाई गत महिना सम्पन्न टीकापुर महोत्सवमा प्रमुख अतिथि बनाएर एक विमानस्थल बनाउन एकसूत्रीय माग राखेको थियो ।
मन्त्री भट्टराईले टीकापुरका जनताले जमीन उपलब्ध गराए सरकारले विमानस्थल बनाउने आश्वासन दिएका थिए ।
हालको टीकापुर विमानस्थल रहेको जमीनको क्षेत्रफल कम भएका कारण देखाउँदै उडान भर्न नसकेको अवस्थामा टीकापुर नगरपालिकाले खेलकूदका लागि छुट्याएको जमीनलाई विमानस्थल र विमानस्थलको जमीनलाई खेलकूद मैदान बनाउने सर्वपक्षीय बैठकबाट पारित भइसकेको छ ।
नगर प्रमुख तपेन्द्रबहादुर रावलले खेलकूदको जमीन विमानस्थलका लागि पर्याप्त हुन्छ भन्दै आफूहरू विमानस्थल सञ्चालनका लागि लागिपरेको बताए ।
उनले विगतमा सुकुम्वासीले कब्जा गरेर बसेको विमानस्थल खाली गराउन सफल भए पनि धावन मार्ग कम भएका कारण हवाई उडान गर्न नसकिएको बताउँदै प्राधिकरणको टोलीले हालको खेलकूदको जग्गा विमानस्थल सञ्चालनका लागि उत्तम रहेको जिकिर गरे ।
टीकापुरमा विमानस्थल सञ्चालन भए कैलालीको पूर्वी भाग र बर्दिया जिल्लाका बासिन्दालाई सहज हुने देखिन्छ ।
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...