×

NMB BANK
NIC ASIA

अनियमितता

मुख्यमन्त्रीदेखि सांसदलाई सुविधै–सुविधा : ल्यापटपपछि सूट र जुत्ता निःशुल्क !

चैत ३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

२ नम्बर प्रदेशका सांसदलाई मज्जै–मज्जा छ । १ लाख १७ हजार रुपैयाँको महंगो ल्यापटप पाएका प्रदेश सांसदले महंगो ट्रयाक सूट र जुत्ता समेत निःशुल्क उपहार पाएका छन् ।

Muktinath Bank

गत माघ २१ गते प्रदेशसभा सचिवालयले दोस्रो वार्षिकोत्सव मनाउने क्रममा प्रदेश सभाका १०७ जना सांसदसहित करीब ७० जना सचिवालयका कर्मचारी समेतका लागि महंगो ट्रयाक सूट किनेर वितरण गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेशसभा सचिवालयका प्रवक्ता अरुणकुमार झाले प्रदेश सभाले वार्षिकोत्सव मनाउने क्रममा विभिन्न खेलकुद आयोजना गरिएको र त्यहीँ खेलकुदमा भाग लिने सांसद तथा सचिवालयका कर्मचारीलाई ट्रयाक सूट र जुत्ता दिने भनेर सांसदकै संयोजकत्वमा गठित मूल समारोह समितिले निर्णय गरेको बताए ।


Advertisment
Nabil box
Kumari

‘अब खेलाडी सांसद तथा कर्मचारीलाई मात्रै दिँदा नरमाइलो लाग्ने हुँदा सबै सांसद तथा कर्मचारीलाई सूट र जुत्ता दिने निर्णय गरिएको थियो,’ प्रवक्ता झाले भने, ‘त्यहीँ निर्णय अनुसार १८० थान जति ट्रयाक सूट किनिएको हो ।’ केही महिनाअघि प्रदेशसभा सचिवालयले सांसदलाई ल्यापटप समेत वितरण गरेको थियो ।

Vianet communication
Laxmi Bank

भलिबल, ब्याडमिन्टन, विभिन्न किसिमका दौड, चेस, म्युजिकल चेयर लगायतका खेलकुदको आयोजना गरिएको थियो । ती खेलमा सांसद तथा सचिवालयका कर्मचारीहरू खेलाडीसरह सहभागी भएका थिए । दूर्गा ट्रेड लिंक जनकपुरबाट ती सबै ट्रयाक सूट किनिएको भएपनि हालसम्म बिल भने नआएको उनले बताए । बढीमा ४ हजार रुपैयाँ पर्ने ‘मोन्टी कार्लो’ ब्रान्डको विभिन्न रंगको जाडो मौसममा लगाउन सकिने ट्रयाक सूट किन्ने निर्णय गरिएको थियो । आपूर्तिकर्ताले १८० थान ट्रयाक सूट आपूर्ति गरिसकेको भएपनि बिल भने हालसम्म पेश नगरिसकेका कारण कति खर्च पर्‍यो भनेर भन्न नसकिने उनले बताए ।

मुख्यमन्त्रीदेखि मन्त्री तथा सांसदले बुझे ट्रयाक सूट

सचिवालयका कर्मचारी धर्मेन्द्रलाल कर्णको जिम्मामा रहेका ट्रयाक सूटमध्ये मुख्यमन्त्रीदेखि मन्त्री तथा सांसदले भरपाई गर्दै ट्रयाक सूट बुझेका छन् । कतिपय सांसदले भने ट्रयाक सूट बुझ्न बाँकी नै रहेको कर्णले बताए ।

सचिवालयको अभिलेख अनुसार हालसम्म सभामुख सरोजकुमार यादव, मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, सामाजिक विकास मन्त्री नबलकिशोर साह सुडी, आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादव, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री राम नरेश राय, राज्यमन्त्रीहरू सरोजसिंह कुशवाहा, योगेन्द्र राय यादवले ट्रयाक सूट बुझेका छन् । सांसद अशोककुमार यादव, उपेन्द्रप्रसाद कुशवाहा, किरणकुमारी राय, किशोरी साह कमल, कौशलकुमार यादव, चमेलीदेवी दास, जगतारणदेवी सुडीन, जयनुल राइन, परमेश्वर साह सुडी, प्रमिलादेवी दास, प्रह्लाद गिरी गोस्वामी, भारतप्रसाद साह, मञ्जु कुमारी यादव, मोहम्मद समिम, रानीकुमारी तिवारी, रामअशिष यादव, रामचन्द्र मण्डल, रामसरोज यादव, रिना यादव, शिवचन्द्र चौधरी, शैलेन्द्रकुमार यादव, सीता गुरुङ, सुन्दरबहादुर विश्वकर्मा, सुनितादेवी मोचीले बुझेका छन् । 

२ हजारको जुत्तालाई ५ हजारको बिल 

प्रदेशसभा सचिववालयले खेलकुदमा सहभागी भएका खेलाडी सांसद र कर्मचारीलाई जुत्ता समेत दिने भनेर निर्णय गरेको थियो । ४ हजार रुपैयाँसम्मको जुत्ता आफैं किनेर बिल पेश गर्न भनिएको थियो । ‘सबै माननीयज्यूहरूको छुट्टाछुट्टै नाप हुने भएका कारण आ–आफैं किनेर बिल पेश गर्न भनिएको थियो,’ प्रवक्ता झाले भने, ‘तर अहिले उहाँहरूले बिल भने पेश गर्नुभएको छैन ।’ 

सांसदले २ हजार रुपैयाँमा किनेको जुत्ताको ५ हजार रुपैयाँको बिल प्रदेश सभाको नाममा बनाएर लगेको जुत्ता पसलका सञ्चालकले लोकान्तरलाई जानकारी दिए । ‘१ जना महिला तथा १ जना पुरुषसहित २ जना सांसद मेरो पसलमा जुत्ता किन्न आउनुभएको थियो,’ जनकपुरको शिव चोकस्थित लभ्ली जुत्ता पसलका सञ्चालक जानी खानले भने, ‘तर उहाँहरूले २ हजारको बिलको ठाउँमा ४ हजार ९५ रुपैयाँ र ५ हजार रुपैयाँको शिखर कम्पनीको जुत्ताको बिल लग्नुभयो ।’

गत वर्ष समेत सांसदले यसरी नै ट्रयाक सूट र जुत्ता लिएका थिए, यस वर्ष पनि पाएका छन् । सेवासुविधा लिने कुरामा सबै सांसद एकजुट हुने गरेका छन् । गत वर्ष वार्षिकोत्सव मनाउने क्रममा भोजभतेर र मोजमस्तीमै २३ लाखभन्दा बढी रकम खर्च गरेको प्रदेशसभा सचिवालयले यस वर्ष कति रकम खर्च गर्‍यो भन्ने कुरा बताउन चाहेको छैन । ‘अहिले सबै बिल आउन बाँकी नै रहेका कारण यस वर्षको वार्षिकोत्सवमा कति रुपैयाँ खर्च भयो भनेर अहिले नै भन्न सकिने अवस्था छैन,’ प्रवक्ता झाले भने ।

खेलमा सहभागी भएका ३६ जना सांसद र ३७ कर्मचारीले मात्र जुत्ता पाउने प्रदेशसभा सचिवालययले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २०, २०८०

मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...

मंसिर ५, २०८०

संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...

माघ २४, २०८०

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...

मंसिर २०, २०८०

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...

पुस २६, २०८०

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...

चैत ७, २०८०

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x