कात्तिक १८, २०८०
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले समृद्धिको लक्ष्य प्राप्तिका लागि तीनै तहका सरकारको समन्वयात्मक भूमिका हुनुपर्ने बताएका छन् ।
गण्डकी प्रदेश नीति तथा योजना आयोगद्वारा आज पोखरामा आयोजित प्रदेश विकास परिषद्को प्रथम बैठकको उद्घाटन गर्दै उनले सङ्घीयताको सफल कार्यान्वयनका लागि पनि तीनै तहको समन्वय हुनुको विकल्प नभएको बताए ।
प्रदेशको समग्र दिगो विकासलाई लक्षित गर्दै सरकार अघि बढेको बताउँदै मुख्यमन्त्री गुरुङले प्रदेश नीति तथा योजना आयोगका माध्यमबाट अल्पकालीन एवम् दीर्घकालीन योजना तय गरिएको बताए ।
प्राकृतिक स्रोतसाधनको अधिकतम उपयोग गर्दै प्रदेशको समृद्धि र विकासतर्फ अघि बढ्ने अहिलेको आवश्यकता भएकोमा जोड दिँदै उनले दक्ष जनशक्ति तयार गर्दै उनीहरुका सीप क्षमतालाई यही उपयोग गर्नुपर्ने बताए ।
शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, खानेपानी, उज्यालो प्रदेशलगायत विषय प्रदेशको प्राथमिकतामा रहेको बताउँदै उनले यिनीहरुको विकास विना समृद्धि र विकासको लक्ष्य हासिल हुन नसक्ने बताए ।
प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा गिरिधारी शर्मा पौडेलले प्रदेशको प्रथम पञ्चवर्षीय योजनाको सारांश प्रस्तुत गर्दै यही योजनाका जगमा अघि बढ्ने विश्वास व्यक्त गरे ।
यकिन तथ्याङ्कको अभावमा विकासका नीति तथा योजनाले सार्थकता पाउन नसक्नेमा जोड दिँदै उनले यस अवधिमा तथ्यांकको संकलन विश्लेषण जस्ता कुरालाई प्राथमिकताका साथ अघि बढाइएको बताए ।
प्रत्येक स्थानीय तहले आफ्नो क्षेत्रभित्रका हरेक विषयमा यकिन तथ्यांक तयार गरेर मात्रै विकासका योजना तय गर्नुपर्नेमा उनको जोड छ ।
राष्ट्रिय योजना आयोगका सदस्य डा दिलबहादुर गुरुङले नेपाल सरकारको पन्ध्रौं योजना र गण्डकी प्रदेशको प्रथम पञ्चवर्षीय योजना बीचको सम्बन्धबारे प्रकाश पार्दै राज्यले लिएको आर्थिक वृद्धि दरको लक्ष्य प्राप्त हुने गरी अघि बढ्नुपर्ने बताए ।
दुईदिने बैठकमा गण्डकी प्रदेशको प्रथम पञ्चवर्षीय योजनामा आर्थिक क्षेत्र, सुशासन र लोकतन्त्र, भौतिक पूर्वाधार, सामाजिक क्षेत्र लगायतको प्रस्तुतीकरण एवम् छलफल हुने प्रदेश नीति तथा योजना आयोगका सदस्य डा भीम ढुंगानाले जानकारी दिए ।
गण्डकी प्रदेशअन्तर्गतका मन्त्री, प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख तथा उपप्रमुख एवं विकास सम्बद्ध निकायका प्रतिनिधि सहभागी बैठकमा प्रथम पञ्चवर्षीय योजनाको मस्यौदा स्वीकृतिका लागि पेश गर्दै पारित गरिने जनाइएको छ ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...