×

NMB BANK
NIC ASIA

सिटौला पक्षको रणनीतिक भेलाले दिएको सन्देश – हामी एकजुट छौं !

चैत ३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र नेता कृष्णप्रसाद सिटौला समूहले छुट्टै टीम बनाएर १४ औं महाधिवेशनमा होमिने संकेत दिएको छ ।

Muktinath Bank

सोमवार बत्तीसपुतलीस्थित एक पार्टी प्यालेसमा करीब २ सय नेताहरूको भेला गरेर आफू कमजोर नभएको संकेत सिटौलाले दिएका छन् । सिटौला समूहले आयोजना गरेको उक्त भेलामा पूर्वमन्त्री तथा संसद भीमसेनदास प्रधानसहित ४ जना केन्द्रीय समिति सदस्यले बोलेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भेलामा युवा नेताद्वय गगन थापा, प्रदीप पौडेल, संसद भिमसेनदास प्रधान र शिवप्रसाद हुमागाईंसहित करीब २ सयजनाको उपस्थिति थियो ।


Advertisment
Nabil box
Kumari

भेलामा सिटौलाले महाधिवेशन २०७७ को फागुनभन्दा पनि अझै पछि सार्ने खेल भएको भन्दै आफ्ना समूहका नेताहरूलाई त्यसको डटेर विरोध गर्न सुझाव दिए ।

Vianet communication
Laxmi Bank

उक्त भेलामा बोल्दै नेता थापाले सिटौलाको नेतृत्वमा एकजुट भएर महाधिवेशनमा जाने बताए । ‘महाधिवेशनका लागि हामी हाम्रो सम्पूर्ण शक्ति प्रयोग गर्छौं,’ थापाले भने । उनले सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्काले पदीय दायीत्वविपरितका कामहरू गर्दा कांग्रेस कमजोर भएको आरोप लगाए ।

‘यत्रो लामो समय चार–चार वर्ष बित्यो । अधिवेशन सुरु भइसक्यो । क्रियाशील सदस्यता बाँड्न लागिसक्यो । अब अहिले आएर पार्टीका विभाग बनाउने, विभाग पनि कति संख्यामा बनाउने ? पार्टीको विधान लेखेको भन्दा दर्जनौं बढी विभागहरु बनाउने ?’ थापा पड्किए । 

भेलामा बोल्दै नेता पौडेलले कांग्रेसमा तेस्रो धार छिन्नभिन्न भयो भन्ने प्रचारबाजी भएको तर आफूहरू एकजुट रहेको बताएका थिए ।

‘हामी एउटा सामूहिक पहल गर्ने वैचारिक पक्षबाट कृष्णप्रसाद सिटौलाको यो टिमले पार्टीमा ठोस योगदान गर्ने उद्देश्यले एउटा परिणाममुखी उपलब्धी दिलाउने उद्देश्यले हामी संगठित भएका हौं,’ पौडेलले भने, ‘त्यहीअनुसार हामी अगाडि बढिरहेका छौं ।’

पौडेलले नेपाली कांग्रेस थुप्रै विषयहरुमा अल्मलिएको जस्तो देखिएको बताए । ‘आज धेरै ढंगबाट तानाबाना बुनिएको छ,’ उनले भने, ‘मुलकुमा हामीले सोच्दै नसोचेको दुर्घटना हुने स्थिति बन्न सक्छ । गणतन्त्रप्रतिको हाम्रो जुनखालको वफादारिता, जुनखालको प्रतिवद्धता हुनुपर्थ्यो त्यो संगठित ढंगबाट हुन नसकेको जस्तो देखिएको छ ।’   

नेता पौडेलले पद प्राप्तिको आकांक्षा बोकेको भए आफूहरू पहिलो र दोस्रो समूहमा हुने भन्दै नयाँ ढंगबाट विषयहरू उठान गर्न तेस्रो समूह रोजेको बताए ।

‘कांग्रेसमा हामीलाई थर्ड पोल भन्ने गरिन्छ,’ पौडेलले भने, ‘पहिलो हामी होइनौं, दोस्रो पनि होइनौं । पद प्राप्तिका निमित्त, स्वार्थका निम्ति जोडिएको भए पहिलो र दोस्रोतिरै जान्थ्यौं । हामी अलि पार्टीमा नयाँ ढंगबाट विषयहरु उठान गर्न सक्छौं कि, पार्टीलाई अलि प्रगतिशील बाटोमा अगाडि लिएर जान सक्छौं कि, पार्टीको प्राथमिकता निर्धारण गर्ने सन्दर्भमा महत्वपूर्ण योगदान गर्न सक्छौं कि भन्ने उद्देश्यले हामी अलि फरक ढंगले उभिने कोशिस गरेका हौं ।’ 

यससँगै सिटौलाले १४ औं महाधिवेशनमा आफ्नो बाटो प्रष्ट पारेका छन् । युवानेताहरूको साथ लिएर सिटौलाले कांग्रेसभित्र आफूहरू पनि ठूलो शक्ति रहेको सन्देशसमेत दिएका छन् ।

भेलामा सहभागी एक नेताले सिटौला देउवातिर लहसिएको तथा गगन र प्रदीप रामचन्द्र समूहसँग नजिक भएको भन्ने अफवाह चिर्नको लागि भेला आयोजना गरिएको बताए । ‘अब अझ तयारीका साथ अर्को भेला गरेर हामी पार्टीको वैकल्पिक शक्ति हौ भन्ने सन्देश दिनेछौं,' ती नेताले लोकान्तरसँग भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x