×

NMB BANK
NIC ASIA

नेकपाको प्रस्तावमा पहिलो मतदान, प्रदेशको नाम 'जानकी' राख्ने पक्षमा भोट हाल्न ह्वीप

चैत ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

प्रदेशको राजधानी र नामबारे निर्णय गर्ने भनिएको मंगलवारको २ नम्बर प्रदेशसभा बैठक २ घण्टाका लागि स्थगित भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

स्थगित हुनुअघि प्रदेशसभा बैठकले निर्वाचन अधिकृतमा प्रदेशसभा सचिवालयका उपसचिव अरुणकुमार झालाई तोकेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैठकले प्रदेशको नाम सम्बन्धी प्रस्तावमध्ये ‘जानकी’लाई पहिलो प्रस्तावका रुपमा निर्णयार्थ प्रस्तुत गर्ने निर्णय गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट सांसद रामकुमार यादवले जानकी नाम प्रस्ताव गरेका थिए ।


Advertisment
Nabil box
Kumari

प्रदेशसभा बैठकबाट २ वटा संशोधन प्रस्ताव फिर्ता लिइएको छ । नेकपा सांसद रामचन्द्र मण्डलले राखेको ‘मिथिला भोजपुरा मधेश प्रदेश’ प्रस्ताव र नेकपा सांसद किशोरी शाह कमलले राजधानी सम्बन्धी दर्ता गरेको प्रस्ताव प्रदेशसभा बैठकमा फिर्ता लिइएको छ ।

Vianet communication
Laxmi Bank

नेकपाले नामका सन्दर्भमा पार्टीको आधिकारिक निर्णयमा मतदान गर्न ह्वीप जारी गरेको छ । नेकपाले जानकी प्रदेश नामका पक्षमा उभिने निर्णय गरेको छ ।

राजधानी जनकपुर कायम गर्ने प्रस्तावमा नेकपा, राजपा, समाजवादी र कांग्रेसको एउटै प्रस्ताव छ । नामबारे फरक–फरक धारणा छ । नेकपाले जानकी प्रदेश नाम राख्न प्रस्ताव गरेको छ भने कांग्रेसले मिथिला भोजपुरा राख्न प्रस्ताव गरेको छ । राजपा र समाजवादी पार्टीले मधेश प्रदेश राख्न प्रस्ताव गरेका छन् ।

सभामा १०७ जना सांसद छन् । सरकारको नेतृत्व गरेको समाजवादी पार्टीका ३०, राजपा २५, नेकपा ३२, कांग्रेसका १९, संघीय समाजवादीको १ सिट छन् । नाम र राजधानी प्रदेश सभाको दुइतिहाई बहुमतले पारित हुने संवैधानिक व्यवस्था छ । समाजवादी र राजपासँग स्पष्ट बहुमत भएपनि दुईतिहाइ पुर्‍याउन कांग्रेस वा नेकपाको समर्थन जरुरी छ । हालसम्म दलहरूबीच समीकरण बनेको छैन । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x