माघ १, २०८०
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...
पूर्वी पहाडी जिल्ला इलाममा ग्यास अभाव भएको छ ।
कोरोना भाइरसका त्रासका कारण उपभोक्ताले सिलिण्डर भरेर राख्न थालेपछि बजारमा ग्यास अभाव भएको हो ।
बजारमा ग्यास अभाव भएपछि उपभोक्ता मारमा परेका छन् । विशेष गरेर कोठा बस्ने विद्यार्थी, कर्मचारी, गृहिणी, होटल व्यवसायी लगायत समस्यामा परेका छन् ।
होटलमा खाना, खाजा, चिया खान आउने सेवाग्राहीलाई पनि फर्काउनुपर्ने स्थिति आउने भन्दै यसतर्फ सम्बन्धित निकायको ध्यान जान आवश्यक रहेको होटल व्यवसायीको भनाइ छ ।
सहज रुपमा ग्यास आपूर्ति नहुँदा बजारी क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई समस्या भएको छ । सरकारी निकायबाट बजारमा ग्यासको अभाव नभएको भन्ने गरे पनि बजारमा ग्यास पाउन नै छोडेको छ । यसले गर्दा उपभोक्तालाई समस्या भएको छ । पुरानो सिलिण्डर बुझाएको १५ दिन बित्दा पनि ग्यास पाउन समस्या हुँदा उपभोक्तालाई मारमा परेको स्थानीयको भनाइ छ ।
इलाम बजारका स्थानीय बालकुमार पोख्रेलले ग्यास अभावका कारण खाना खान नै समस्या आउने भन्दै बेलैमा समस्याको समाधान गर्न लाग्नुपर्नेमा जोड दिए ।
उनले एउटा सिलिण्डर बुझाएको र अर्को सिलिण्डर डिलरमा बुझाएको १० दिन बितिसक्दा समेत नयाँ सिलिण्डर नपाएको गुनासो गरे ।
ग्यास अभाव हुनुमा सबैभन्दा बढी दोषी उपभोक्ता नै भएको बिक्रेताको भनाइ छ । कोरोना भाइरसको त्रासले उपभोक्ताले ग्यास भरेर घरमा राखेका कारण यस्तो समस्या आएको बताइएको छ ।
भाइरस भित्रिए भारतले नाका शिल गर्दै जाने र ग्याससमेत नपठाउने भएकाले उपभोक्ताले ग्यास आउने बित्तिकै लैजाने र स्टक गर्ने भएकाले यस्तो स्थिति आएको कोशी ग्यास डिलर इलामका माधव श्रेष्ठले बताए । उनका अनुसार महिना दिनअघि मासिक १ हजार ६०० को हाराहारीमा ग्यास आउने गरेको थियो तर अहिले २ हजार ४०० माथि ग्यास सिलिण्डर आउँदा पनि ग्यास हाहाकार हुनुमा उपभोक्ताकै कारण समस्या आएको उनले बताए ।
व्यापारीले कालाबजारी गरेको हो वा हुनेखाने उपभोक्ताले बजार कब्जा गरेको हो भन्ने विषयमा अनुसन्धान र खोजी गर्न जरुरी रहेको उनको भनाइ छ तर सामान्य जीवनस्तरमा चल्ने उपभोक्तालाई भने अत्यन्तै समस्या भएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...
काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ । ...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...
बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ । यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...
काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...