×

NMB BANK
NIC ASIA

प्रदेश २ को न्वारन हुन सकेन, केहीबेरमा राजधानीका लागि मतदान हुँदै

चैत ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

४ चरणको मतदानपछि पनि कुनै नाम पाउन नसकेको प्रदेश नम्बर २ मा केहीबेरमा राजधानी टुंगो लगाउन मतदान हुँदैछ ।

Muktinath Bank

मंगलवार प्रदेश २ का लागि प्रस्तावित चार वटै नामहरू अस्वीकृत भएका छन् । प्रदेशसभामा प्रतिनिधित्व गर्ने चारवटै ठूला दलहरूले फरक फरक नाम प्रस्ताव गरेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाली कांग्रेसले 'मिथिला भोजपुरा', नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले 'जानकी' र सरकारमा सहभागी समाजवादी र राजपाले संयुक्त रूपमा 'मधेश' नाम प्रस्ताव गरेका थिए ।


Advertisment
Nabil box
Kumari

नेपाली कांग्रेसबाटै 'मध्यप्रदेश' नामको बागी प्रस्ताव पनि परेको थियो, त्यो पनि अस्वीकृत भयो ।

Vianet communication
Laxmi Bank

सबै नामहरू सभामुख सरोजकुमार यादवले निर्णयार्थ प्रस्तुत गरेका थिए । तर आवश्यक दुईतिहाइ मतको अभावमा कुनै पनि नाम पारित हुन सकेनन् ।

यससँगै तत्कालका लागि प्रदेश नम्बर २ नै नाम रहने भएको छ । पछि राजनीतिक सहमतिका आधारमा नाम तय गरिने त्यहाँ उपस्थित नेताहरूले बताएका छन् ।

केही बेरमा राजधानीका लागि मतदान हुने कार्यक्रम रहेको त्यहाँ उपस्थित लोकान्तरका प्रदेश २ प्रतिनिधि अजय अनुरागीले बताएका छन् ।

राजधानीका लागि चार वटै दलले संयुक्त रूपमा ‘जनकपुरधाम’ प्रस्ताव गरेका छन् । प्रदेशको नाम टुंगो नलागेपछि सहमतिमा गरिएको राजधानीको प्रस्ताव पनि तुहिने सम्भावना रहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x