×

NMB BANK
NIC ASIA

ओपोद्वारा नेपालमा ओपो एफ१५ सार्वजनिक, अल्ट्रा-स्लिक प्याकेजमा प्रो फोटोग्राफी

चैत ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

ओपोले नेपालमा आफ्नो नयाँ ह्याण्डसेट ओपो एफ१५ सार्वजनिक गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

कम्पनीले नेपालमा पहिलो पटक आयोजित ओपोको अनलाइन लञ्च ईभेन्टमार्फत फोन सार्वजनिक गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

४८एमपी अल्ट्रा वाइड एंगल माक्रो क्वाडक्याम र सुपर स्लिक डिजाइन सहितको ओपो एफ१५ले ह्याण्डसेट मार्फत नै प्रयोगकर्तालाई व्यावसायिक फोटोग्राफीझैं अनुभव प्रदान गर्छ ।


Advertisment
Nabil box
Kumari

एफ सिरिजको डिजाइन नै यूवा पुस्तालाई सुदृढ दृश्यानुभुति, गुणस्तर, टे«ण्डिनेस र जीवनमा सहजताको अनुभव प्रदान गर्न गरिएको हो । यसले गर्दा शुरूआती दिनदेखि नै एफ सिरिजले निकै मायाँ पाउन सफल रहेको छ । ओपो एफ१५को आगमनले बजारको आवश्यकता दृष्टिगत गर्दै ट्रेण्डि डिजाइनमै अत्याधुनिक प्राविधिक विकास पस्कने एफ सिरिजको परम्परालाई निरन्तरता दिँदै नयाँ यूगको सुरुवात भएको छ ।

Vianet communication
Laxmi Bank

‘ओपो एफ१५ले विभिन्न नवप्रबर्तन र ट्रेण्डि प्रविधिहरुको समायोजन मार्फत आफ्नो ह्याण्डसेटकै माध्यमबाट धेरैभन्दा धेरै काम गर्न सकियोस् भन्ने चाहना राख्ने यूवा पुस्तालाई अपिल गर्ने लक्ष्य राखेको छ । यूवा पुस्ता माझ हाम्रो एफ सिरिज सर्वाधिक लोकप्रिय सिरिजका रुपमा प्रमाणित भइसकेको छ । यही कारणले गर्दा सिरिज अन्तर्गत नयाँ उत्पादन भ्यिाउने निर्णय गरिएको हो । एफ सिरिज अन्तर्गतको यो नयाँ उत्पादनले प्रयोगकर्ता अनुभवमा थप सुधार ल्याउँदै अझ व्यावसायिक (नजिक) देखिने तस्विर खिच्न सघाउँछ,’ सार्वजनिक कार्यक्रममा बोल्दै ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने । 

हत्केलामै ब्यवसायिक फोटोग्राफी परफरमेन्स

सुरुवात देखि नै ओपो, मोबाइल फोटोग्राफी अनुभवमा परिस्कृतिकरणका लागि प्रयासरत छ । स्लिक प्याकेजमा उपलब्ध ओपो एफ१५मा कम्पनीले ४८एमपी अल्ट्रा वाइड एंगल माक्रो क्वाडक्याम उपलब्ध गरेको छ । फोनको मूल्य श्रेणीमा उपलब्ध उत्पादनहरु मध्य नै यसको क्यामेरा उच्च क्षमताको हुनुका साथै अल्ट्रा प्रोफेसनल शट्स दिने क्षमता राख्छ । यसमा रहेको फोर–ईन–वान पिक्सेल कम्बिनेसन प्रविधिको प्रयोगले यसको ४८एमपी रियर क्यामेरा सेन्सरको डिजाइनमार्फत विस्तृत तथा गुणस्तरीय तस्वीर लिन सघाएको छ ।

यसमा रहेको वाइड एंगल मोड मार्फत प्रयोगर्ताले करिव ३ सेन्टिमिटरसम्म माक्रोको प्रयोगगर्दै सहजै अटोफोकस गर्न सक्छन् । यसर्थमा अब खानाका तस्विर अझ लोभलाग्दा, अक्षर तथा कागजातहरु अझ स्पष्ट र खिच्न सहज हुनुका साथै, फूल तथा किराहरुका तस्विर अझ सहजरुपमा थप आकर्षक तरिकाले सहजै लिन सकिने छ ।

फोनका फ्रन्ट तथा पछिल्ला दुवैपट्टिका क्यामेरामा उपलब्ध एआई भिडियो ब्यूटिफिकेसन फिचरमा उपलब्ध गरिएको नयाँ अल्गोरिथमले हरेक अनुहारका लागि सुहाउँदो प्राकृतिक ब्यूटिफिकेसन एड्जस्टमेन्टका लागि कस्टमाइज्ड एनालाइसिसपनि उपलब्ध गराउँछ ।

आन्तरिक गायरोस्कोपका साथै ईलेक्ट्रोनिक ईमेज स्टेबलाइजेसन (ईआईएस) सुसज्जित ओपो एफ१५मा ओपोको अग्रणी एण्टि(शेक भिडियोपनि उपलब्ध गरिएको छ । शेकी (हल्लिरहेको) अवस्थामा समेत ओपो एफ१५ले स्पष्ट, शार्प र सटिक (कम्पन रहित) भिडियो खिच्न सघाउँछ । तसर्थ, तस्विर वा भिडियो मार्फत आफ्ना कथाहरु प्रस्तुत गर्न चाहनेहरुका लागि ओपो एफ१५ सटिक माध्यम हुन सक्छ ।

फोनमा कम्पनीले कम प्रकास भएका स्थानमा समेत आकर्षक पोट्रेट फोटोग्राफीको मज्जा दिने सोचका साथ नाइट प्रोटे«ट मोडपनि उपलब्ध गराएको छ । कम्पनीले उपलब्ध गराएका पछिल्ला संस्करणका तुलनामा ओपो एफ१५ रहेको नाइट पाट्रेट मोडले अध्यारा सडक, रेस्टूराँ, पार्क लगायत विशेष स्थानमा अझ सटिक पोट्रट खिच्न सघाउँछ । त्यसैगरी, यसमा रहेको पोट्रेट एचडीआरले प्रत्यक्ष सूर्यको प्रकाश रहेका स्थानमा पहिलेका तुलनामा अझ सटिक र गुणस्तरिय पोटे«ट लिन सघाउँछ । फरक फरक एक्स्पोजर सहितका तस्विर लिएर यसलाई ईन्टेलिजेन्ट प्रविधि मार्फत एउटैमा मिलाएर एउटा विशिस्ट फोटो प्रस्तुत गर्छ । त्यसैगरी यसमा आवश्यकता अनुसार मिलान गर्न सकिने एड्जस्टेबल पोट्रेट बोकेह ईफेक्टपनि उपलब्ध छ । यसको सहायता मार्फत प्रयोगकर्ताले आफ्नो चाहना अनुसार ब्याकग्राउण्ड बोकेह ईफेक्ट समायोजन गर्न सक्छन् । 

अत्याकर्षक स्लिक डिजाइन र उत्कृष्ट परफरमेन्स

एक हातमा राखेर मज्जाले चलाउन सकियोस् भन्ने तिर विशेष ध्यान दिएर बनाइएको ओपो एफ१५को हल्कापन हातमा बोक्ने वित्तिकै अनुभव हुन्छ । जम्मा ७.९ एमएमको पातलो आकार र १ सय ७२ ग्राम वजन भएको यसमा दिइएको डिजाइनका कारण यसको स्क्रिन रेसियो २०ः९ रहेको छ । यो पछिल्लो एफ११का तुलनामा ५ प्रतिशत थप पातलो र ९ प्रतिशत हल्का हो ।

यसमा प्रयोग गरिएको स्लिम डिजाइनका कारण ओपो एफ१५ सहजै खल्तीमा बोक्न सकिन्छ । यसमा रहेका चार क्यामेरामा मिनिमलिस्टिक डिजाइन अपनाइनुका साथै फ्ल्याशलाइटको स्थान छनोट क्यामेराको प्रकाशका आधारमा गरिएको छ । क्यामेराको सतहलाई माथी उठाएर थप यसको लेन्सलाई थप सुराक्षा प्रदान गर्ने सोचका साथ यसमा डेकोरेटिभ रिङको ब्यवस्थापनि गरिएको छ । समग्रमा भन्नु पर्दा ओपो एफ१५ स्टाइलिश, अल्ट्रा पोर्टेबल र सटिक ओटीजी फोन हो ।

ओपो एफ१५मा रहेको फिंगरप्रिन्ट अनलक ३.०ले उपकरणलाई मात्र ०.३२ सेकेण्डको अवधिमा अनलक गर्छ । यो पछिल्लो पुस्ताका प्रविधिका तुलनामा ४५%ले तिब्र हो । यसका लागि नयाँ प्रविधिको हार्डवेयर र सफ्टवेयर दूबै पक्षमा विशेष सुधार गरिएको छ । यसका कारण तिब्र गतिमा अनलकिङ हुनुका साथै, हार्डवेयरमा आधारित एन्टी फोर्जिङ प्रविधि मार्फत थप सुरक्षा प्राप्त हुन्छ ।

८ जीबी र्‍याम र १२८जीबी रोम सुसज्जित ओपो एफ१५ले स्मूथ अनुभवका साथै पर्याप्त स्टोरेज उपलब्ध गराउँछ । भोक फ्ल्याश चार्ज ३.० सहितको ओपो एफ१५ले मात्र ५ मिनेटको समयमा १०% र ३० मिनेटमा ५०% चार्ज दिने क्षमता राख्छ । पछिल्लो भोक २.०का तुलनामा यो २६%ले तिब्र छ । 

शक्तिशाली सफ्टवेयर र हार्डवेयर

९०.७% स्क्रिन टू बडी रेसियो तथो एफएचडी+ एमोलेड २४००×१०८० रेजोल्यूशन सहितको ओपो एफ१५ले अल्ट्रा क्र्रिस्प गेमिङ तथा मनोरञ्जन अनुभव प्रदान गर्छ । फ्रेम बुस्ट र टच बुस्ट सहितको ओपो एफ१५ले स्मूथ गेमिङ अनुभव प्रदान गर्छ । यी फिचर्सले गेम ल्याग हुनुबाट जोगाउनुका साथै टच रेस्पोन्सा सुधार ल्याएर गेमिङमा राम्रो नियन्त्रण बनाउनमा समेत सघाउँछ । यसमा रहेको गेमिङ भ्वाइस चेन्जरको सहायता खेलमा थप रमाइलो थप्ने निश्चित छ । यसमा रहेको ईन(गेम न्वाइज क्यान्सलिङ ईफेक्ट मार्फत गेमिङ साउण्डमा थप सुधार दिँदै आवाज सुन्न र पहिचान गर्नमा सघाउँदै खेलमा उत्कृष्टता ल्याउन सघाउँछ ।

बजार उपलब्धता र मूल्य

मूल्य ३९ हजार ९९० रुपैयाँ निर्धारण गरिएको ओपो एफ१५ चैत्र १० गतेदेखि नेपाली बजारमा उपलब्ध हुनेछ । नयाँ फोन युनिकर्ण ह्वाइट र लाईटनिङ ब्ल्याक गरि दूई आकर्षक रंग उपलब्ध गरिने कम्पनीले जानकारी दिएको छ । 

रेनोथ्री र एन्को फ्री पनि सार्वजनिक

ओपो एफ१५ सार्वजनिकका लागि ओपोद्वारा आयोजित अनलाईन लञ्च कार्यक्रम मार्फत नै कम्पनीले रेनो सिरिज अन्तर्गत नयाँ स्मार्टफोन, ओपो रेनोथ्री र ओपो एन्को फ्रि पनि सार्वजनिक गरेको छ । ओपो रेनोथ्रीको मूल्य ४६ हजार ९९० रुपैयाँ र ओपो एन्को फ्रिको मूल्य ९ हजार ९९० रुपैयाँ निर्धारण गरिएको छ । दुवै उत्पादन चैत्र ४ गतेदेखि नै बजारमा उपलब्ध हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

कात्तिक २८, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...

मंसिर ८, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x