×

NMB BANK
NIC ASIA

मुख्यमन्त्रीसँग सुन र नगद धेरै, मन्त्रीको जग्गा बढी !

चैत ५, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्रीसहित मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ । 

Muktinath Bank

सरकार गठनको २ वर्ष बढी समयपछि बुधवार सम्पत्ति विवरण सार्वजनिक गरिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतका अनुसार सामाजिक विकास मन्त्री नरदेवी पुनले भने अझै सम्पत्ति विवरण आइसकेको छैन ।


Advertisment
Nabil box
Kumari

सार्वजनिकमध्ये सबैभन्दा बढी नगद तथा सुन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको नाममा रहेको छ । जग्गा भने आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङको नाममा बढी रहेको छ ।

Vianet communication
Laxmi Bank

सबैभन्दा कम सम्पत्ति आन्तरिक मामिला तथा कानूनी मन्त्री हरिबहादुर चुमानको नाममा देखिन्छ । चुमान तत्कालीन माओवादी कोटाबाट मन्त्री बनेका हुन् ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको नाममा लमजुङको क्व्होलासोथार गाउँपालिकामा ३७ रोपनी जग्गा छ । उनकी पत्नी कुमारीमुनी गुरुङको नाममा २०४५ सालमा ४५ हजारमा किनेको क्व्होलासोथारमा रहेको १ घरसहितको जग्गा छ भने बहिनी आशकुमारीको नाममा अंशवण्डाबाट प्राप्त क्व्होलासोथारमा रहेको एकतले २ घर, २९ रोपनी १४ आना जग्गा रहेको छ । 

मुख्यमन्त्री गुरुङले विभिन्न मितिमा ५१ तोला सुन र ९० तोला चाँदी खरिद गरेका छन् । उनको नाममा एभरेस्ट बैंकमा १५ लाख ५० हजार, सिभिल बैंकमा १ लाख नगद छ । सो रकम उनले तलबभत्तावापत प्राप्त भनेका छन् । 

उनको छोरा विज्ञानको नाममा लक्ष्मी बैंकमा १० लाख, नविल बैंकमा ६० लाख, श्रीमतीको नाममा सिभिल बंैकमा ३ लाख ५० हजार, जनकल्याण बचत तथा सहकारीमा ५ लाख, राष्ट्रिय वाणिज्य बैंक, जावलखेलमा २ लाख रहेको छ । सो रकम मुख्यमन्त्रीले आफ्नो तलब, भत्ता, पेन्सनबापत रहेको दाबी गरेका छन् ।

शेयरतर्फ छोराको नाममा पिपुल्स जलविद्युत्मा १५ हजार कित्ता छ । साथमा १ स्कुटर, १ मोटरसाइकल, ९ भेंडा र ७ बाख्रा सम्पत्तिको नाममा छन् । उनको ऋण भने छैन ।

आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङको नाममा पोखरा १२, कुँडहरमा २२५ वर्ग मिटरको जग्गा, फलेबास पर्वमा ६ आनाको घडेरी, ललितपुरको धापासीमा ६ आना जग्गा, आमा बालकुमारीको नाममा तनहुँ भीमादमा ११ रोपनी जग्गासहित घर, स्व. बुवा तुलारामको नाममा भीमादमा विभिन्न कित्ताका गरी ९० रोपनी जग्गा छ । 

तनहुँ भीमाद घर भएका मन्त्री गुरुङको बुबाको नाममा रहेको पैतृक सम्पत्तिबाहेक अन्य जग्गा उनले सापटी, माइती पक्षबाट प्राप्त गरेको उल्लेख गरेका छन् । 

गरगहनातर्पm ४ तोला सुन, पत्नी कृष्णकुमारीको १५ तोला, मन्त्रीको आफ्नै नाममा नबिल बैंक र एभरेस्ट बैंकमा खाता रहेको भएपनि सम्पत्ति विवरणमा रकम खुलाएका छैनन् । तनहुँका २ वटा सहकारीमा ३५ हजार, पत्नीको नाममा सेल्फी इन्भेस्टमेन्ट प्रालिमा ५ हजार कित्ता, गण्डकी प्रोपर्टी प्रालिमा १ लाख कित्ता, पोखरा रोयल सहकारी संस्थामा लिमिटेडमा १ हजार कित्ता, रोयल दिदीबहिनी किचनमा २ लाख ७५ हजार नगद लगानी, क्लीन कन्सर्न पोखरामा २ लाख, आफ्ना २ छोराको नाममा सेल्फी इन्भेस्टमेन्टमा ५/५ हजार गरी १० हजार कित्ता रहेको जनाएका छन् । 

आन्तरिक मामिला तथा कानूनी मन्त्री हरिबहादुर चुमानको नाममा तनहुँको आबुखैरेनीमा ५ रोपनी १३ आना जग्गा छ । तनहुँकै आबुखैरेनी–२, ढकालथर ठेगाना भएका मन्त्री चुमानको अन्य मन्त्रीको तुलनामा कम सम्पत्ति विवरण उल्लेख छ । उनकी पत्नी धनकुमारीको नाममा आवुखैरेनी ५ मा २ रोपनी १ आना जग्गा सहितको घर रहेको छ । सो सम्पत्ति उनले अंशबण्डाबाट पाएको भनेका छन् । आवुखैरेनी ६ मा ८ आना र वडा ५ मा ४ रोपनी ६ आना जग्गा छ । 

सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सा, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरको सम्पत्ति विवरण बुझाएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x