×

NMB BANK
NIC ASIA

विश्वभर महामारीको रूपमा फैलिरहेको कोभिड १९ अर्थात् कोरोना भाइरसले यो समाचार टिप्पणी लेख्दासम्म १८१ देशमा फैलिइसकेको छ ।

Sagarmatha Cement
Muktinath Bank

बिहीवार मात्र मध्य अमेरिकामा पर्ने केही देशहरूमा पहिलोपटक कोरोनाको संक्रमण देखिएको थियो । विश्वभर करीब २०० देशहरू छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लोकान्तरसँगको कुराकानीमा कतिपय उच्च सरकारी अधिकारीहरूले नै नेपाल कोरोनाबाट अछुतो नरहेको बताउने गरेका छन् ।


Advertisment
Nabil box
Kumari

तर सार्वजनिक रूपमा उनीहरूले प्वाक्क मुख भने फोर्न सकेका छैनन् । नाम उल्लेख नगर्ने शर्तमा एक अधिकारीले भने, ‘नेपालमा कोरोनाको संक्रमण छैन भनेर केही दिन अघिसम्म हामी ढुक्क थियौं तर हिजो र आजमा हाम्रो त्यो धारणा पूरै बदलिएको छ । हामी आजभोलिमा नयाँ रणनीति तय गर्दैछौं ।’

Vianet communication
Laxmi Bank

उनले केही दिनमा सरकारले ठूलो र बोल्ड निर्णय लिने खुलासा गरे । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले १ साताअघि नै दक्षिण पूर्वी एसियामा कोरोना कुनै पनि बेलामा विस्फोटक ढंगबाट बाहिर आउन सक्ने प्रक्षेपण गरेको थियो । 
परीक्षण गर्ने किट नै छैन !

केही दिनअघि सरकारले परीक्षण नै नगरी संक्रमण नभएको दाबी गरेर जनतालाई गुमराहमा राखेको आरोप लगाएका वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दीक्षितले नेपालमा कोभिड १९ भाइरस आइसकेको दाबी गरेका छन् ।

डा. दीक्षितले लोकान्तरसँग भने, ‘नेपालमा भाइरस आइसकेको तर त्यसले रोगको रूप लिन बाँकी रहेको मेरो अनुमान छ । भाइरस शरीरमा प्रवेश गरेपछि बाहिर देखिन केही दिन वा हप्ता पनि लगाउन सक्छ ।’

डा. दीक्षितले कोरोना परीक्षण गर्ने किट नै नभएको आरोप लगाएका थिए । उनको दाबीलाई पुष्टि भने सरकारी अधिकारीहरूले नै गरेका छन् । बिहीवार एक दैनिक पत्रिकासँग कुरा गर्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले कोरोना परीक्षण किट जम्मा १ हजार ५०० वटाको हाराहारीमा रहेको बताएकी थिइन् ।

डा. दीक्षितले ५३० जनामा परीक्षण भइसकेको भए त्यो किटको संख्या १ हजार वटामा झरेको र त्यसलाई सरकारको तयारी भन्नै नमिल्ने दाबी गरे । ‘किट त रैनछ त !’ डा. दीक्षितले आश्चर्य प्रकट गरे, ‘१ हजार वटा किटले के हुन्छ ?’

जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डेले नेपालमा अहिलेको अवस्थामा कमसेकम १ लाख किट हुनुपर्ने बताए । ‘एकैचोटी हजारौंमा परीक्षण गर्नुपर्ने भयो भने के हुन्छ ?’ उनले प्रश्न गरे, ‘सरकारले तत्काल किन्ने हो भने किन्नुपर्छ, नत्र माग्ने हो भने चीन, युरोप लगायतका देशबाट मागिहाल्नुपर्छ ।’

परीक्षणको दायरा बढाउँछौं – डा. महेन्द्र श्रेष्ठ, महानिर्देशक, स्वास्थ्य सेवा विभाग 

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. महेन्द्र श्रेष्ठले परीक्षणको दायरा बढाउन लागिएको बताए । कोभिड १९ संक्रमणको सम्भावना देखिएका जो कोहीलाई पनि परीक्षण गर्ने तयारी सरकारले अघि बढाएको उनले लोकान्तरलाई बताए ।

‘हामीले हाम्रो परीक्षणको दायरा बढाउने भएका छौं,’ डा. श्रेष्ठले भने, ‘६० वर्षभन्दा माथिका तर यसअघि कुनै रोगको परीक्षण नभएकालाई कोरोना संक्रमणको लक्षण देखिएका आधारमा तत्काल परीक्षण गर्नेछौं ।’ उनले निरन्तर खोकी लागिरहनेलाई पनि तत्काल परीक्षण गरिने बताए ।

डा. श्रेष्ठले नेपाल आउने भारतीयहरू अहिले निगरानीमा रहेको बताए । ‘हामीले भारतबाट आउनेहरूलाई निरन्तर निगरानी गरेका छौं, नेपाल भित्रिनेहरूको शतप्रतिशत स्क्रिनिङ गर्छौं,’ डा. श्रेष्ठले भने, ‘भारतबाट आउने संक्रमणबाट नेपाललाई जोगाउन सक्यौं भने हामी जोगिन्छौं ।’

डा. श्रेष्ठले भैरहवामा ६३ जनामा कोरोना देखियो भन्दै फैलिएको हल्ला सत्य नभएको बताए । ‘बरू सुनौली नाकाबाट ६३ किलोमिटर टाढा भारतमा १ जनामा संक्रमण देखिएको भन्ने हाम्रो सूचनामा आएको छ,’ उनले भने, ‘हामीले क्लोज अब्जरभेसन गरेका छौं ।’

भगवान् भरोसामा सरकार !

गत फागुन १९ गते नै आवश्यक परेमा अन्तर्राष्ट्रिय उडानहरू बन्द गर्न सरकारलाई सर्वोच्च अदालतले आदेश दिएको थियो । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले जहाजमा नेपाल आउनेहरू सबैलाई सेल्फ क्वारेन्टाइनमा बस्न लगाइने र सरकारले अनुगमन गर्ने निर्णय समेत गरेको थियो ।

तर व्यवहारमा ती निर्णयहरू कार्यान्वयन हुन सकेका छैनन् । अध्यागमनको तथ्यांकअनुसार चैत १ गतेदेखि हालसम्म २० हजारभन्दा बढी विदेशीहरू नेपाल आएका छन् । ती कहाँ कसरी क्वारेन्टाइन बसेका छन्, सरकारलाई त्यसको अत्तोपत्तो छैन ।

चीनको वुहानबाट शुरू भएको मानिएको कोरोना भाइरस विश्वव्यापी हुनुमा अन्तरदेशीय यात्रीहरूको ठूलो भूमिका हुन्छ । इरान, इटाली लगायत युरोपका धेरै देशहरू र अमेरिकामा पनि बाहिरबाट आएकाहरूबाट नै संक्रमण फैलिएको आशंका गरिएको छ । 

संक्रमणको जोखिम हुँदाहुँदै पनि सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आउनेहरूलाई कडाइ गरेर तत्काल क्वारेन्टाइनमा लैजान जरुरी ठानेन ।

यद्यपि पछिल्लो केही दिनमा सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) रोक्नेदेखि लिएर अन्य महत्त्वपूर्ण निर्णय लिएको छ । डा. दीक्षितले ढिलै भएपनि सरकारले लिएका कदमहरू स्वागतयोग्य भएको बताए तर यतिले मात्र नपुग्ने उनको भनाइ छ ।

‘चीनबाट गएको बेलायती नागरिकले अस्ट्रेलियामा संक्रमण सारेको छ,’ डा. दीक्षितले भने, ‘यस्तो थाहा हुँदाहुँदै पनि हामीले पहिला किन बुझ्न सकेनौं ?’ मैले यसअघि पनि बारबार भनिरहेको छु तर सरकारले ढिलो ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x