कात्तिक १७, २०८०
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि सरकारले ‘लकडाउन’सम्मको योजना बनाइरहेका बेला त्यसको व्यवस्थापनका लागि सेनाले समेत योजना बनाएको छ ।
सरकारले देशभर ‘लकडाउन’ गरेको खण्डमा सेनालाई कसरी खटाउने भन्नेबारे सैनिक नेतृत्वले रणनीति बनाएको छ ।
सरकारले ‘लकडाउन’ गरेको खण्डमा देशका विभिन्न ठाउँमा खाद्यान्न लगायतका अत्यावश्यक सामान जनतालाई उपलब्ध गराउनका लागि तयारी अवस्थामा रहेको नेपाली सेनाले जनाएको छ ।
‘सरकारले निर्णय गरेर नेपाली सेनालाई अत्यावश्यक खाद्यान्न सामग्री सर्वसाधारण जनतालाई उपलब्ध गराउन भनेको खण्डमा नेपाली सेना तयारी अवस्थामा छ,’ नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले लोकान्तरलाई भने ।
सेनाले देशभरका सेनाका ब्यारेकमा ३ महिनालाई पुग्ने खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तुको भण्डारण गर्न निर्देशन दिएको छ । सामान्य समयमा पनि सेनाले ब्यारेकमा २ महिनाको भण्डारण गर्ने गरेको थियो । हाल १ महिना थप गरेर ३ महिनाको लागि भण्डारण गरेर राख्न निर्देशन भइसकेको प्रवक्ता पाण्डेले बताए ।
बिदामा रहेका सबै सैनिकलाई कार्यक्षेत्रमा आउन निर्देशन जारी गरेको छ । बाहिरबाट आएका सकल दर्जा र भित्र रहेका सैनिक कर्मचारीलाई केही समय छुट्टै राख्ने व्यवस्था समेत गरिएको छ ।
ब्यारेक लगायत सेनाका सबै निकायमा खाना पनि २–३ जनाको समूहमा मात्र खाने र सँगै बसेर खाना खाएका कर्मचारीले कोसँग बसेर र कति जना बसेर खाए भन्ने तथ्यांक अनिवार्य राख्नुपर्ने गरी आन्तरिक निर्देशन जारी गरिएको छ ।
कोरोनाको संक्रमणबाट बच्न आफ्नै उत्पादनमा सेनाले स्यानिटाइजर, मास्क, प्रोटेक्टिभ गियर लगायतका सामग्री उत्पादन गरिरहेको सहायक रथी पाण्डेले बताए । प्रवक्ता पाण्डेले लोकान्तरसँग भने, ‘नेपाली सेनालाई आवश्यक पर्ने स्यानिटाइजर, मास्क, प्रोटेक्टिभ गियर लयातका सामग्रीको उत्पादन शुरू गरिएको छ ।’ सेनाले आन्तरिक सुरक्षाका लागि सकल दर्जालाई अनिवार्य स्यानिटाइजरले हात सफा गर्ने, हात धुनुपर्ने व्यवस्था गरेको छ ।
कोरोनाका बिरामी फेला परेको खण्डमा उपचारको लागि नेपाली सेनाले ६६० आइसोलेसन शय्याहरू निर्माण गरेको छ । नेपाली सेनाले उपत्यका र उपत्यका बाहिर शुक्रवारसम्म ६६० वटा शय्या निर्माण गरेको छ ।
उपत्यकाका विरेन्द्र सैनिक अस्पतालमा १० वटा, ३ वटा सैनिक मेडिकल अस्पतालमा २–२ वटा गरी ६ वटा, १८ फौज एम्बुलेन्स अस्पतालमा २ वटाका दरले ३६ वटा गरी ५२ वटा आइसोलेसन सेन्टर निर्माण गरिएको सेनाका प्रवक्ता पाण्डेले लोकान्तरलाई बताए ।
‘हामीले केन्द्र तहका विभिन्न अस्पताल, मेडिकल कलेज र फौजी एम्बुलेन्स अस्पतालमा ५२ वटा आइसोलेसन सेन्टर निर्माण गरेका छौं,’ सहायक रथी पाण्डेले भने ।
कोरोनाको संक्रमण फैलिएको खण्डमा कसरी नियन्त्रण गर्ने र कसरी बच्ने भन्नेबारे पूर्व अभ्यासको लागि बनाएको जङ्गीअड्डामा निर्माण गरिएको पूर्व अभ्यास टेन्टलाई पनि आइसोलेसन सेन्टरको रुपमा प्रयोग गर्न लागेको छ । ५४ वटा टेन्टमा १०५ वटा शय्याहरू छन् ।
सेनाले पूर्वी पृतना अन्तर्गतका ३ ठाउँमा आइसोलेसन सेन्टर निर्माण गरेको छ । मोरङ जिल्लाको टाँडीमा १०२ वटा टेन्ट २०४ जनाको लागि शय्या निर्माण सम्पन्न गरेको छ । झापा जिल्लाको अदलबदलगढी कृषि तालिम केन्द्र रहेको भवनमा ४० शय्या आइसोलेसन सेन्टर तयार भएको प्रवक्ता पाण्डेले बताए ।
उदयपुर जिल्लाको बेलस्रोतमा पहिले नेपाली सेनाको नम्बर १ विकास गण बसेको क्षेत्रमा २०० बेड राख्ने गरी टेन्ट तयार भएको छ । देशभरका नेपाली सेनाका ब्यारेकमा रहेका खाली ठाउँलाई पनि टेन्ट राखेर आइसोलेसन सेन्टर बनाइरहेको र त्यसको तथ्यांक केही दिनमा नै आउने प्रवक्ता पाण्डले बताए ।
नेपालमा आईसीयू कक्ष निकै कम भएको र अस्पतालमा भएका आईसीयू कक्ष पनि भरिभराउ भएकाले कोरोनाको संक्रमण फैलिएपछि आईसीयूमा राख्नुपर्ने बिरामीलाई मध्यनजर गर्दै १० शय्याको आईसीयू कक्षको निमार्णका लागि योजना भइरहेको नेपाली सेनाले जनाएको छ ।
‘हामीले आईसीयू कक्ष निमार्णको लागि पनि योजना बनाइरहेका छौं । कहाँ खाली ठाउँ छ ? कहाँ राख्ने भन्ने निर्क्यौल भइसकेको अवस्था भने छैन,’ पाण्डेले लोकान्तरसँग भने ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...