×

NMB BANK
NIC ASIA

गैरआवासीय नेपालीले गोरखामा साढे ४ मेगावाटको जलविद्युत् निर्माण गर्ने

चैत ७, २०७६

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

गैरआवासीय नेपाली तथा स्थानीय साझेदारको संयुक्त लगानीमा गोरखामा एक जलविद्युत् आयोजना निर्माण हुने भएको छ ।

Muktinath Bank

विकास हाइड्रोपावर कम्पनीले गोरखाको माछा खोलामा अप्पर माछाखोला जलविद्युत् आयोजना निर्माण गर्न लागेको हो । कूल ४.५५ मेगावाट क्षमताको सो आयोजनामा मलेसियामा लामो समयदेखि व्यापार व्यवसाय गर्दै आएका गैरआवासीय नेपालीले लगानी गर्न लागेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कूल रु ८१ करोड ६५ लाख लागत रहेको सो आयोजनामा स्वपूँजीका रूपमा लगानीकर्ताले रु ३२ करोड ६५ लाख लगानी गर्ने भएका छन् । यस्तै आयोजनालाई सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले रु ४८ करोड ९९ लाख लगानी गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । स्वपूँजी र ऋण लगानीको मात्रा ४० र ६० प्रतिशत रहने गरी व्यवस्था गरिएको छ ।


Advertisment
Nabil box
Kumari

कम्पनीले दिएको जानकारीअनुसार सम्झौतापत्रमा विकास हाइड्रोपावरका तर्फबाट अध्यक्ष खगेन्द्र न्यौपाने र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

Vianet communication
Laxmi Bank

प्रवर्द्धक विकास हाइड्रोपावरका अध्यक्ष न्यौपानले साना आयोजनाबाट निर्माण शुरु गरेर ठूलो आयोजनामा जाने सोचका साथ आफूहरु जलविद्युत् आयोजनामा हात हालेको बताउँछन् ।

नेपाल विद्युत् प्राधिकरणसँग वर्षाकालमा प्रतियुनिट चार रूपैयाँ ८० पैसा र हिउँदमा प्रतियुनिट आठ रूपैयाँ ४० पैसामा विद्युत् खरिद सम्झौता भइसकेको छ । आगामी विसं २०८० साल असारमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ आयोजनाको निर्माण शुरू भइसकेको जानकारी दिँदै प्रवर्द्धक कम्पनीले भने २०७८ असार भित्रै सम्पन्न गर्ने लक्ष्य राखेको छ । 

“जतिसक्दो चाँडो आयोजना निर्माण सम्पन्न भयो, त्यत्ति नै हाम्रा लागि राम्रो हुने भएकाले सोहीअनुसार नै काम सम्पन्न गर्ने लक्ष्य राखेका छौँ”, अध्यक्ष न्यौपानेले भने । आयोजनाबाट उत्पादित विद्युत् कूल ३३ किलोमिटर लामो ३३ केभी क्षमताको प्रसारण लाइनमार्फत प्राधिकरणको सल्यानटार सवस्टशेनमा जोड्ने लक्ष्य राखिएको छ । आयोजनाले वार्षिक कूल २८.१८ गिगावाट ऊर्जा उत्पादन गर्नेछ । 

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सानो आयोजना भए पनि आकर्षक रहेकाले बैंकले लगानी गरेको बताए ।

उनका अनुसार वाणिज्य बैंकले मात्रै हालसम्म ऊर्जा क्षेत्रमा कूल रु १० अर्ब लगानी गरिसकेको जानकारी दिँदै केही महत्वपूर्ण आयोजना पाइप लाइनमा रहेको बताए ।

“ऊर्जा क्षेत्रका केही लगानी तितो भए पनि धेरै लगानी मीठो र सकारात्मक रहेको छ । हामी उच्च प्रतिफल दिने र आकर्षक आयोजनामा दिल खोलेर लगानी गर्न सक्ने अवस्थामा पुगेका छौँ”, उनले भने ।

बैंकले आर्थिक वर्ष २०७५/७६ मा मात्रै कूल रु पाँच अर्ब चार करोड मुनाफा गरेकाले पनि थप आयोजना अगाडि बढाउन कुनै समस्या नरहेको उनको भनाइ छ ।

भौगोलिकरूपमा पनि आयोजना निर्माण स्थल सहज रहेको उल्लेख गर्दै आयोजनाले हिउँदमा समेत उच्च प्रतिफल दिने प्रवर्द्धक कम्पनीले जानकारी दिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x