×

NMB BANK
NIC ASIA

पोखरामा कालोबजारी भए ९८५६००३०१५ नम्बरमा फोन गर्नुहोला

चैत ७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको सम्भावित जोखिम न्यूनीकरण गर्न सरकारको पूरै संयन्त्र लागिरहँदा यही मौका छोपेर बजारमा कृत्रिम अभाव सिर्जना गर्न खोजिएको छ ।

Muktinath Bank

विशेषगरी दैनिक उपभोग्य सामान, खाना पकाउने एपी ग्यास, पेट्रोल लगायतमा कृत्रिम अभाव तथा कालोबजारी मौलाएको विषयमा केही दिनयता उपभोक्ताको गुनासो सुनिँदै आएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर पोखरा महानगरपालिकाले रोगको सम्भावित जोखिम भएपनि त्रसित हुनु नपर्ने महानगरकी उपप्रमुख मञ्जुदेवी गुरुङले बताइन् । 


Advertisment
Nabil box
Kumari

संकटको मौकामा छोपेर कालोबजारी गर्ने व्यवसायीलाई अनुगमन समितिले कारबाही गर्ने चेतावनी दिएको छ ।

Vianet communication
Laxmi Bank

महानगर अनुगमन शाखा प्रमुख किरण कोइरालाले अनुगमन प्रभावकारी बनाउन बजार अनुगमन निर्देशिका २०७४ बमोजिम वडास्तरमा समेत समितिलाई क्रियाशील बनाई स्थानीय प्रशासनको समन्वयमा सम्बन्धित वडामा बजार अनुगमन तीब्र पार्न सबै वडाका अध्यक्षलाई जानकारी गराइएको बताउँछन् ।

त्यसका लागि महानगर उपप्रमुख मञ्जुदेवी गुरुङको अध्यक्षतामा बसेको बैठकले पोखरा–१५ अध्यक्ष एवं महानगर आर्थिक समिति संयोजक प्रकाश पौडेललाई बजार अनुगमन समन्वय गर्ने जिम्मेवारी समेत बजार अनुगमन समिति बैठकले दिइएको छ । 

उपप्रमुख गुरुङले भनिन्, ‘स्थानीय प्रशासन, महानगरपालिका, उपभोक्ता हित संरक्षण मञ्च र पोखरा तथा लेखनाथ उद्योग वाणिज्य संघको सहभागितामा भएको अनुगमनबाट बजारमा उपभोग्य सामान ६ महिनाभन्दा बढी पुग्ने गरी पर्याप्त मौज्दात रहेको तथा आपूर्तिमा अवरोध नरहेकाले उपभोक्ता आत्तिनुपर्ने अवस्था छैन ।’

बजारमा अत्यावश्क सामग्रीमा कालोबजारी गरेको, मूल्यवृद्धि गरेकोबारे कसैको गुनासो भए ९८५६००३०१५ नम्बरमा सम्पर्क गर्न सकिने छ ।

खाद्य प्रविधि गुण नियन्त्रण डिभिजन कार्यालय, पोखराका प्रमुख प्रशान्त पोखरेलले खाद्यान्न अभाव नभएको दाबी गर्दैै कसैले मूल्यवृद्धि गरे तथा कालोबजारी गरेको पाइएमा तत्काल सूचना दिन आग्रह गरेका छन् ।

यतिबेला स्यानेटाइजर, मास्क र उपभोग्य सामग्री सहज उपलब्धको लागि सरोकारवालाको सहभागितामा नियमित बजार अनुगमन तीव्र पारिने उपभोक्ता मञ्च गण्डकी अध्यक्ष कपिलनाथ कोइरालाले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x