×

NMB BANK
NIC ASIA

अलमलमा प्रदेश सरकार, कैलारीले गर्यो चन्दनचौकी सीमा नाका बन्द

चैत ७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

भारतसँग जोडिएका सीमा नाकाहरु बन्द गर्नमा प्रदेश सरकार अलमल रहेको बेला कैलालीको कैलारी गाउँपालिकाले चन्दनचौकी सीमा नाका पूर्णरुपमा बन्द गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

सो गाउँपालिका र भारतको चन्दनचौकी बजारसँग जोडिएको सो नाका बन्द गरेको गाउँपालिकाका प्रवक्ता कमलप्रसाद चौधरीले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सो नाका भएर कैलारी गाउँपालिका, गौरीगगा नगरपालिकालगायतका स्थानीयहरु किनमेल गर्न चन्दनचौकी, पलियालगायत भारतीय बजार जाने गर्दछन् ।


Advertisment
Nabil box
Kumari

भारतीयहरु पनि ओहोरदोहोर गर्ने भएकोले कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गरेर बन्द गरेको उनले बताए ।

Vianet communication
Laxmi Bank

नाकामा किनमेलका लागि भारत जान पूर्ण रुपमा बन्द गरिएको भएपनि भारतबाट फर्केका नेपालीहरुलाई भने चेकजाँच पश्चात आवश्यक काउन्सिलिंगपछि मात्रै आउन दिइरहेको उनको भनाइ छ ।

त्यस्तै उनले गाउँपालिकासँग जोडिएका अन्य साना नाका पनि बन्द गरेको बताएको छ । ‘हामीले उताबाट भारतीय नागरिकलाई आउन दिएका छैनौं । यो नाकाबाट जोडिएका मिलनपुर, विपतपुर मुक्त कमैया शिविर, भुइयाँफाँटा, रामपुर, मोहनपुर, शिवरत्नापुर, बड्का पलिया लगायत गाउँहरुमा भोलेन्टिएर टीम परिचालन गरेका छौं’, प्रवक्ता चौधरीले भने ।

कोरोनाविरुद्ध गाउँपालिकाले विपद् व्यवस्थापन समितिको बैठक बोलाएर सीमा सुरक्षा बल (बीओपी), ईलाका प्रहरी कार्यालय, गाउँका भल्मन्साहरु, स्वयमसेविका, सम्बन्धित वडाका वडा सदस्यहरुलाई परिचालन गरेको बताइएको छ । कोरोना संक्रमण जोखिम विरुद्ध समिति गठन गरेर नै सीमा नाकामा २४ औं घण्टा हेल्प डेक्स राख्ने समेत गरेको जनाइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x