×

NMB BANK
NIC ASIA

तरकारीले बनायो आत्मनिर्भर, व्यवसायमा जम्दै महिला

चैत ८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कोहलपुर नगरपालिका–१३ भरैयाका किसान तरकारी खेतीबाटै आत्मनिर्भर बन्न थालेका छन् । तरकारी गोडमेल, मलजल गर्नुका साथै सिँचाइको व्यवस्थापनमै उनीहरूको दिन बित्ने गरेको छ । सामूहिक तरकारी खेती गर्दै आएका यहाँका कृषकले सागर कृषि सहकारीसमेत खोलेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

कृषिलाई नै मुख्य पेशा बनाएका यहाँका स्थानीयले मौसममा न्यूनतम रु एक लाखदेखि रु पाँच लाखसम्म आम्दानी गर्दै आएका छन् । परम्परागतरुपमा धानखेती गर्दै आएका यहाँका कृषक आम्दानी बढी हुने देखिएपछि तरकारी खेतीमा जुटेका हुन् । धान खेतीमा मेहनत धेरै, उपलब्धि कम हुने भएकाले तरकारी खेती शुरू गरेको स्थानीय नरबहादुर बुढामगर बताउँछन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पहिलेको तुलनामा पछिल्लो समय तरकारी उत्पादन निकै बढेको बताउँदै मगर भन्छन्, “ग्राहक घरमै आएर तरकारी किनेर लैजान्छन् । यसअघि धान र गहुँखेती गर्दै आउनुभएका मगरले त्यसबाट लाउन खान पनि नपुगेपछि विसं २०५१ देखि तरकारी खेती शुरू गरेको बताए । उनले अहिलेसम्म कुनै निकायबाट सहयोग नपाएको भन्दै गुनासो गरे। 


Advertisment
Nabil box
Kumari

प्रदेश र स्थानीय सरकारले कृषिमा थुप्रै बजेट छुट्याएको खबर सुने पनि हालसम्म अनुदान नपाएको उनले बताए। यद्यपि वार्षिक रु दुईदेखि रु पाँच लाखसम्म आम्दानी गर्दै आएका मगरले सोही रकमबाट घर परिवारको खर्च धानिरहेका छन् । अर्का किसान शेरबहादुर वलीले पनि एक दशकदेखि तरकारी खेती गर्दै आएको सुनाए । 

Vianet communication
Laxmi Bank

विभिन्न निकायबाट कृषिसम्बन्धी तालीम लिएका वली नेपालमै तरकारी खेतीबाट मनग्य आम्दानी गर्न सकिने बताउँछन् । 'हामी चार भाइ मिलेर ३५ कट्ठामा तरकारी खेती शुरू गरेका छौँ”, वलीले भन्नुभयो, “वार्षिक दुई लाख लगानी गरेर उब्जिएको तरकारीबाट रु १५ लाख बराबर आम्दानी हुने गरेको छ ।' उनले कृषि पेशाबाटै २२ जनाको परिवारको खर्च चलाइरहेका छन् ।

वलीलाई उनका भाइ तिलक, एकराज र शशीरामले तरकारी खेतीमा साथ दिँदै आएका छन् । भाइहरूसँगै परिवारका सबै सदस्य फुर्सद भएसम्म खेतमै भेटिने गरेका छन् । समयमै बीउ र मल उपलब्ध नहुँदा सोचे जति उत्पादन गर्न नसकिएको वली बताउँछन्। उनले सरकारले कृषकको आवश्यकता पहिचान गरेर कृषि सामग्री वितरण नगरेकोमा गुनासो गरे। 

सहकारीमार्फत यहाँका किसानले अटोरिक्सासमेत खरिद गरेका छन् । गाँउमा उत्पादन हुने तरकारी अटोरिक्सामार्फत बजारसम्म पुग्ने भएकाले कृषकलाई बजारीकरणको समस्या छैन । यद्यपि भारतबाट आउने विषादीयुक्त तरकारीसँग प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता छ । भारतबाट सस्तो मूल्यको तरकारीसँग गाउँमा उत्पादित अग्र्यानिक तरकारीले प्रतिस्पर्धा गर्नुपर्ने कृषकको गुनासो छ । 

व्यवसायमा जम्दै महिला

बाँकेमा झण्डै पाँच हजार उद्योगी व्यवसायी छन् । जसमध्ये १०० बढी उद्योग महिलाले नै हाकिरहेका छन् । घरेलु कामधन्दामा मात्र सिमित यस्ता महिलाहरू आर्थिक, सामाजिकरुपले सक्रिय बन्दै आएका हुन् । चुलोचौकामा सीमित महिला सामान्य पसलदेखि ठूला उद्योगसम्म हाक्दै छन् । 

जसले आफ्नै व्यवसाय गरेर आफूमात्र परिवर्तन भइरहेका छैनन् नाम र दाम कमाउँदै समाजलाई पनि परिवर्तन गराइरहेका छन् । उनीहरू निर्भिक र निडर भएर राम्रै व्यापार गरिरहेका छन् । अहिले हरेक क्षेत्रमा महिलाको उल्लेख्य सहभागितासँगै सफलताको उचाइमा पुगेका छन् । शिक्षा, स्वास्थ्य, रोजगारी होस् वा व्यापार व्यवसायमा महिला सफल र उदाहरणीय बन्दै गएका छन् । 

घरेलु तथा साना उद्योग महासङ्घ बाँकेकी अध्यक्ष मधु खड्काका अनुसार उद्योग, व्यवसाय क्षेत्रमा महिलाको सक्रिय सहभागिता बढ्दो छ । उद्योग व्यवसायमा देखिएको महिला सहभागिता र सक्रियताले व्यवसायमा महिला अब्बल छन् भन्ने प्रमाणित भइसकेको अध्यक्ष खड्काको भनाइ छ । 

ठूलाठूला होटल, व्यापार, व्यवसाय उनीहरू एक्लैले धानिरहेका छन् । घरेलु साना उद्योग हुन् वा ठूला व्यवसायमा यहाँका महिला अब्बल बन्दैछन् । अचार उत्पादन, खेलौना, कुसन निर्माण, सिलाइकटाइलगायतका काम गरेर आत्मनिर्भरको बाटोमा पनि लाग्न सकिन्छ भन्ने सन्देश यी महिलाबाट पाउन सकिन्छ । 

 हाल सङ्घमा तीन दर्जन बढी महिला आबद्ध छन् । ग्रामीण क्षेत्रमा पुगेर महिलालाई विभिन्न सीपमूलक तालीम दिँदै आएकाले ग्रामीण क्षेत्रका महिला पनि उद्यमी बन्नतर्फ अग्रसर रहेको महिला उद्यमी सङ्घका महिला उद्यमी सङ्घ बाँकेकी महासचिव रेवती सिंहको भनाइ छ । काशीराम शर्मा,रासस

 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x