माघ २७, २०८०
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
जनकपुरधाम- जनकपुरबाट पनि हिमाल देखिन्छ । यो कुरा जनकपुरकै मान्छेले पत्याउँदैनन् । तर जनकपुर बसाईका बेला धनकुटाका ३२ वर्षीय युवा बिपुल पोखरेलले रामानन्द चोकस्थित बस्दै गरेको डेराबाट नै हिमाल देखे । उनले क्यामेराबाट त्यो हिमालको फोटोसमेत खिचे । २०७६ साल असोज १८ गते उनी आफ्नो दुई तल्ले घरको छतमा बसेका थिए । त्यहीबेला उनले हिमाल देखे ।
हिमाल पनि ३ देखि ४ वटा सम्म थियो । फोटोग्राफरका लागि त्यो कुरा एकदमै नौलो थियो । उनले आफ्नो कोठाबाट क्यामेरा निकाले । क्यानन् कम्पनीकै ७५० डी तथा १८ देखि ४०० एमएमको लेन्ससहितको क्यामेराले फुल जूम गरेर उनले १० देखि १५ वटा फोटो खिचे । ‘बिहानको समय थियो, अलिअलि बादल पनि लागेको थियो तर हिमाल भने प्रष्टै देखिएको थियो,’ पोखरेलले भने, ‘करीब १० देखि १५ मिनेटसम्म उक्त हिमाल देखिएको थियो । कुनै चुच्चो, कुनै अलि धमिलो हिमाल आफूले देखेको उनले बताए ।
त्यति मात्र होइन जनकपुरभन्दा टाँसिएकै कुर्था गाउँमा रेल्वे स्टेसन छ । २०७५ साल जेठ महिनातिर उनी बिहानै त्यहाँ तालिम सम्बन्धी कामका लागि गएका थिए । त्यहाँबाट समेत उनले हिमाल देखेका थिए । ‘तर दुर्भाग्य कस्तो भने त्यो दिन मैले आफ्नो क्यामेरा भने बोकेको थिइनँ,’ उनले भने, ‘मोबाइलबाट त्यति टाढाको फोटो जूम गरेर पनि नआउने भए पछि मिस गरें, खिच्न सकिएन ।’
जनकपुरबाट देखिएको हिमाल भन्दै उक्त फोटो सामाजिक सञ्जालमा राखेपछि धेरैजसोले फोटोशप हो भन्दै पत्याएनन् किनभने त्यो फरक फोटो थियो । ‘फोटोग्राफरहरू समेत रहेको सामाजिक सञ्जाल फेसबूक पेजमा मैले त्यो फोटो राख्दा धेरैजसोले पत्याएनन्,’ उनले लोकान्तरसँग भने, ‘कसैले फोटोशप हो भनेर कुरा काटे भने कसैले असम्भव भनेर लेखे ।’ पत्याइहाल्ने कुरा पनि थिएन । जनकपुरमा बस्दै गरेका मानिसले त्यो कुराको कहिल्यै देखेका थिएनन् । तर बिपुल फोटोग्राफर भएका कारण उनले त्यो कुरा देख्ने वित्तिकै आफ्नो क्यामेरामा कैद गर्न भ्याए ।
पूर्व-पश्चिम राजमार्गस्थित महोत्तरीको बर्दिबासबाट हिमाल देख्न सकिन्छ तर राजमार्गबाट २५ किलोमिटर जति दक्षिण जनकपुरबाट हिमाल देखिनु भनेको दुर्लभ फोटो नै हो । ‘त्यस मानेमा म धेरै नै भाग्यमानी छु कि मैले त्यो हिमालको फोटो जनकपुरबाट नै खिच्न पाएँ,’ पोखरेलले भने, ‘किनभने कतिपय फोटो लिन धेरै नै मिहिनेत गर्नुपर्छ, योजना गरेर दिनका दिन त्यसका लागि तयार भएर बस्नुपर्ने हुन्छ ।’
तराई आउँदा फोटोग्राफीको सोख
प्रदेश नम्बर १ को धनकुटा नगरपालिका वडा नम्बर ६ अदमाराका पोखरेल मानव शास्त्रमा स्नातकोत्तर उत्तीर्ण गरेर कानूनमा स्नातक अध्ययन समेत गरिरहेका छन् । विश्व बैंक तथा नेपाल सरकारको संयुक्त लगानीमा संचालित परियोजना राष्ट्रिय ग्रामीण सुदृढिकरण परियोजना (एसएनआरटीपी) मा सामाजिक सुरक्षा परामर्शदाताको रूपमा उनले काम गर्ने अवसर पाए । ती परियोजना अन्तर्गत महोत्तरी र धनुषाका बिभिन्न सडकमा काम गर्नका लागि उनी २०७३ साल मंसिर २६ गते जनकपुर आएका थिए । त्यो परियोजना अब फेज आउट भएको छ । अब उनी जनकपुरबाट धनकुटा आगामी सप्ताहमा फर्किनेछन् ।
शुरूमा तराई हो, कस्तो होला जाउँ कि नजाउँ भन्ने उनलाई भयो । तराईप्रति पहाडमा बस्ने गरेका मानिसहरूको धारणा अलि बेग्लै थियो । भूमिगत समुहका मानिसहरु पनि बस्छन, पहाडे मानिसलाई त्यहाँ झन गाउँमा बसेर काम गर्न गाह्रो हुन्छ भनेर धेरै साथीले उनलाई सुनाएका थिए । ‘ठिकै छ, जाउँ न त त्यहाँ वास्तवमा हेरौं के हुन्छ भनेर निधो गर्दै म जनकपुर आएँ,’ उनले लोकान्तरसँग भने, 'तर यहाँ आएर ३ वर्ष जति काम गरें, पहिलेको धारणा तथा सबै भ्रम चिरियो ।’
कामसँगसँगै तराईको मैथिली भाषा सिक्न सक्ने तथा तराईको फोटोग्राफी समेत गर्न सक्ने उद्देश्यसहित उनी आएका थिए । फोटोग्राफी गर्नेहरूले प्रायःजसो हिमाल, पहाड, नदीसहित अन्य शहरहरूको मात्रै फोटोग्राफी गर्ने गर्छन् । तराईको फोटोग्राफी भने हुँदैनन् । ‘त्यसैले मेरो लागि त्यो ठूलो अवसर पनि थियो,’ पोखरेलले भने, ‘त्यो दुवै उद्देश्यमा म सफल पनि भएँ ।’ मैथिली भाषासमेत सिकें भने तराईका टिपिकल फोटोहरू समेत खिच्न पाएँ ।
जनकपुरको रामानन्द चोकमा ऋषि रामानन्दको ठूलो स्मारक नै छ । सामान्य रूपमा त्यसको फोटो सबै जसोले खिचेका छन् । तर उनले त्यहि स्मारकको खिचेको फोटो भने फरक छ । सूर्य अस्ताउँदै गरेको पृष्ठभूमिमा उनले उक्त स्मारकको फोटो खिचेका छन् । त्यसैगरी राम चोकमा राम टावर छ । टावरमाथि धनुषामा तिर चढाइएको तस्वीरसहितको टावर छ । सन सेट हुँदै गरेका अवस्थामा उनले त्यो टावरको फोटो खिचेका छन् । जनकपुरको जानकी मन्दिरकै विभिन्न कोणसहितको फोटो उनले खिचेका छन् । मोबाइलबाट प्यानोरमासहितको ३६० डिग्रीमा खिचेको जानकी मन्दिरको फोटो अत्यन्तै पृथक देखिन्छ । धनुष सागर, गङ्गा सागरसहित तराईका मुख्य सांस्कृतिक पर्वहरू छठ, शिवरात्रि, राम नवमी, कृष्णाष्टमी, विवाहपञ्चमीदेखि दुर्गा पूजासहित विभिन्न धार्मिक उत्सवका फोटोहरू उनले खिचेका छन् ।
‘खास गरेर मैले तराईको ग्रामीण क्षेत्रको जीवनशैलीलाई आफ्नो क्यामेरामा उतारेको छु,’ उनले भने, ‘त्यो नै तराईको टिपिकल फोटोग्राफी हो ।’ भैंसी चराउँदै गरेको, पोखरीमा नुहाउँदै गरेको केटाकेटी, सारीको घुम्टोले मुख छोप्दै खेतमा जल्खई लिएर गएकी महिलाको तस्वीर, हात बजारमा तरकारी बेच्नका लागि टाउकोमा हातले नसमातिकनै टोकरी बोकेर गइरहेको जस्ता टिपिकल फोटो खिचेका छन् । त्यहाँका चरा चुरुंगी, गोठालो गर्दै गरेको जीवनशैलीदेखि लिएर अन्य विभिन्न फोटोग्राफी गरेका उनले भने, ‘छठको फोटोग्राफी काठमाडौंमा पनि गर्न सकिन्छ तर जनकपुरको गंगासागर वा अन्य सागरमा हुने गरेको छठको फोटोग्राफीको स्वाद नै अद्वितीय हुन्छ ।’
खास गरेर तराईप्रति बाहिरका मानिसमा धेरै भ्रमहरू छन् । जनकपुर आयो एक दिन बस्यो र फर्किहाल्यो । तर जनकपुरप्रतिको यथार्थ के हो भनेर आफ्नो साथी भाई तथा आफन्तहरूलाई बुझाउनका लागि पनि फोटोग्राफी गरेको उनी बताउँछन् । ‘मेरै कारण ४० जना जति मेरा साथीहरू बिभिन्न समयमा जनकपुर आएका छन्,’ उनले भने,’ आएर जनकपुर त पुरै फेरिएको छ भन्दै खुशी खुशी हुँदै जान्छन् । ‘जनकपुर धेरै फोहोर छ भन्ने मानसिकता यहाँ आएर देखेपछि मात्र परिवर्तन गर्दै गइरहेका छन् ।
काठमाडौंदेखि सिन्धुली हुँदै जनकपुरसम्म आएका साइकल यात्रीहरूलाई नेपाल साहित्य महोत्सव हुँदा उनले स्वयम् सेवा गर्ने उद्देश्यले फोटोहरू खिचिदिएका छन् । ‘पैसाको लागि म फोटोग्राफी गर्दिनँ,’ उनले भने, ‘सोखका लागि गर्ने गरेको छु ।’ फोटो खिच्नका लागि उनले कसैबाट तालिम पनि लिएका छैनन् । यूट्युब हेरेर विभिन्न कुन फोटो खिच्दा क्यामेराको कस्तो सेटिङ गर्ने सिक्दै फोटो खिच्दै सिकेको उनी बताउँछन् ।
वर्षातको मौसम बाहेक धनुषा, महोत्तरीका विभिन्न गाउँमा जाँदा आफ्नो झोलामा क्यामेरा भने बोकेकै हुन्छन् । केही नौलो देखियो कि उनले फोटो खिचिहाल्छन् । खिचेका फोटोहरू उनले सामाजिक सञ्जालमा 'नेप्लिज् इन फोटोग्राफी' नामक फेसबुक पेजमा राखिहाल्छन् । ३ लाख १० हजार सदस्य रहेको उक्त पेजमा ह्यासट्याग तराई डायरिज क्याप्सनसहित फोटोहरू पोस्ट गर्ने गर्छन् । प्रायःजसो मानिसहरू तराई आउँदैनन्, त्यस कारण उनीहरूले पनि तराई जानुन् भनेर आफूले फोटोहरू राख्ने गरेको उनले बताए ।
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...