कोरोना प्रभाव परेपनि शेयर बजारमा हप्ताभर ८ अर्बको कारोबार

फाइल फोटो

कोरोना भाइरसको त्रासले शेयर बजार समेत प्रभावित भएको छ । सोही कारण नेप्सेमा चरम उतारचढाव समेत देखा परेका छन् ।

यस साता लगानीकर्तामा पनि एक प्रकारको नकारात्मक अवस्था देखा पर्‍यो । 


Advertisement

नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर कूल १७४ कम्पनीका कूल ८ करोड २७ लाख १९ हजार १२२ कित्ता शेयर ८ करोड २६ लाख ९५ लाख २ हजार ७११ रुपैयाँ बराबरको कारोबार भयो । 

साताको पहिलो दिन नेप्से परिसूचकमा भारी गिरावट देखा पर्‍यो । शेयर कारोबारमा सहजता ल्याउन भन्दै नेपाल धितोपत्र बोर्डको निर्देशनमा नेपाल स्टक एक्सचेञ्जले कारोबार समय थप गरेर ४ बजेसम्म पुर्‍याएको भएपनि बजारमा उत्साह देखिन सकेन ।


Advertisement

त्यस दिन नेप्से परिसूचक ६४.१४ अंकले घटेर १ हजार ३१३.०४ मा पुग्यो । कूल १७४ कम्पनीका ५५ लाख ७० हजार ३० कित्ता शेयर २ अर्ब १० करोड १४ लाख १७ हजार २९२ रुपैयाँमा खरिद बिक्री भए । 

सोमवार नेप्से परिसूचक झिनो अंकले वृद्धि भयो । त्यसदिन नेप्से ३.३५ ले वृद्धि भई १ हजार ३१६.३९ मा पुग्यो । कूल १६० कम्पनीको ४१ लाख ९१ हजार ४१५ कित्ता शेयर १ अर्ब ६१ करोड ५३ लाख ४१ हजार ८७७ मूल्यमा खरिद बिक्री भए । 

मंगलवार नेप्से परिसूचक भारी अंकले ओरालो लाग्यो । त्यसदिन नेप्से परिसूचक ४४.३३ अंकले घटेर १ हजार २७२.०६ मा पुग्यो । घटेको बजारमा कारोबार रकम भने झण्डै डेढ अर्ब बराबर भएको छ । कूल १७५ कम्पनीको ४३ लाख ६७ हजार ७७५ कित्ता शेयर १ अर्ब ४६ करोड ५१ लाख ८४ हजार ६५६ रुपैयाँ मूल्यमा खरिद बिक्री भए । 

बुधवार पनि नेप्से परिसूचक ओरालो लाग्नेक्रम रोकिएन । त्यसदिन नेप्सेमा १६.२६ अंकले गिरावट भयो । कूल १७२ कम्पनीको ३४ लाख ८३ हजार २२१ कित्ता शेयर १ अर्ब १८ करोड ४४ लाख १६ हजार ८७८ मा खरिद बिक्री भए । 

साताको अन्तिम दिन बिहीवार नेप्सेमा सामान्य सुधार देखापर्‍यो । त्यस दिन नेप्सेमा १३.५० ले वृद्धि भई १ हजार २६९.३० मा पुग्यो । नेप्सेको उकालो यात्रासँगै कारोवार रकमसमेत बढेर झण्डै २ अर्बको हाराहारीमा पुग्यो । कूल १७३ कम्पनीको ५१ लाख ६ हजार ६८१ कित्ता शेयर १ अर्ब ९० करोड ३१ लाख ४२ हजार ८ रुपैयाँ बराबरको कारोबार भयो ।

४ कम्पनीको शेयर सूचीकृत 

साताभर बजारमा विभिन्न ४ कम्पनीका कूल ६९ लाख २४ हजार ३१२ कित्ता शेयर सूचीकृत भए । त्यसमा कृषि विकास बैंकको कूल ५४ लाख ९ हजार ३१७ कित्ता शेयर लाभांश, गणपति माइक्रोफाइनान्सको ७२ हजार ४५० कित्ता शेयर लाभांश, आईसीएफसी फाइनान्सको ४ लाख ४३ हजार २९६ कित्ता शेयर लाभांश र आरएमडीसी लघुवित्तको कूल ९ लाख ९९ हजार २४८ कित्ता शेयर लाभांश सूचीकृत भएको छ ।

कमेन्ट गर्नुहोस्