×

NMB BANK
NIC ASIA

कोरोना सतर्कता

कोरोना महामारीबीच इटलीको त्यो ‘कोरोनामुक्त’ शहर, नेपालले मौकामै केही सिक्ने कि ?

चैत ९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

प्राचीन सभ्यताको उद्गमस्थल मानिने इटली आज कोरोनाको कहरबाट शिथिल भएको छ । सानो असावधानीले नै गर्दा के इटलीमा छोटो समयमै नयाँ–नयाँ रेकर्ड राख्ने गरी दैनिक ठूलो संख्यामा मानिसले ज्यान गुमाइराखेका हुन् त ?

Sagarmatha Cement
Muktinath Bank

आज विश्वलाई त्राहिमाम बनाएको कोरोनाको इपिसेन्टर चाइनाको वुहान भएपनि मृत्युको तथ्यांकमा हालसम्म धेरै क्षति व्यहोर्न विवश देश इटली हो । पछिल्लो तथ्यांक अनुसार इटलीमा ४ हजार ८२५ जनाले ज्यान गुमाइसकेका छन्, ५३ हजार बढी संक्रमित छन्, ६ हजार बढी उपचारपछि निको भएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सबैलाई अवगत भएका यी तथ्यांकबारे भन्दा पनि इटलीका केही फरक तथ्य र तथ्यांकबारे आलेखमा चर्चा गर्न खोजिएको छ ।


Advertisment
Nabil box
Kumari

तथ्य १ –

Vianet communication
Laxmi Bank

युरोपियन आयोग अन्तर्गतको युरो स्टाटिस्टीक्सले सन् २०१८ मा तयार पारेको रिपोर्टमा युरोपमा सबैभन्दा बढी आश्रित जनसंख्या भएको देशमा इटलीलाई पहिलो नम्बरमा राखेको छ । आश्रित जनसंख्यामा १५ वर्ष देखि ६४ वर्ष उमेर समूहका सक्रिय संख्यालाई समेटिएको छैन । ६ करोड ४० लाख जनसंख्या भएको इटलीमा २२ प्रतिशत जनसंख्या ६५ वर्षमाथिका वृद्धवृद्धा छन् भने १४ वर्षसम्मका १३%,  १५ देखि २४ वर्षका १०%, २५ देखि ५४ वर्षसम्मका ४२% र ५५ देखि ६४ वर्षका १३% व्यक्ति रहेको इटली डेमोग्राफिक्सले उल्लेख गरेको छ । इटलीका मानिसको औसत आयू ८४ वर्ष छ । 

अब महत्त्वपूर्ण तथ्य भनेको इटलीमा कोरोना संक्रमितमध्ये १८ वर्षमुनिका १ं.२ प्रतिशत,  १९–५० वर्षसम्मका २५ प्रतिशत, ५० देखि ७० वर्षसम्म ३७ प्रतिशत र ७० माथिका ३६.५ प्रतिशत रहेका छन् । ५० वर्षमाथि बढी संक्रमित हुनेमा दीर्घ रोगी र यस अघि नै विविध रोगबाट पीडित भएकाहरू छन् । (स्रोत : distribution coronavirus cases in Italy by age group÷stastista research department÷stasista.com, 20 mar 2020) ।

संक्रमितसँगै मृतकको ठूलो हिस्सा पनि वृद्धवृद्धाको नै रहेको छ । २१ मार्चमा सराह नेवेको द टेलिग्राफमा प्रकाशित रिपोर्टमा इटलीका प्रोफेसर तथा स्वास्थ्य मन्त्रालयका सल्लाहकार वल्टर रिकार्डीले भनेका छन्, ‘इटली विश्वमै धेरै वृद्धवृद्धा भएको दोस्रो देश हो र यहाँ मृत्यु हुने ८० प्रतिशत ७० वर्षमाथि उमेर समूहका व्यक्ति नै छन् ।’ 

सोही समाचारमा थपिएको छ, ‘संक्रमितमध्ये चाइनामा मृत्युदर ४ प्रतिशत थियो भने इटलीमा दोब्बर अर्थात् ८ प्रतिशत छ, यसको कारण वृद्धवृद्धाको संख्या बढी हुनु नै हो ।’ (विस्तृत अध्ययनका लागि हेर्नुहोस् – Newey s. why have so many coronvirus patients died in Italy÷the telegraph÷telegraph.co.uk, 21 mar 2020) । 

यस्ता रिपोर्ट र तथ्यांकहरूबाट कतै इटली वृद्धवृद्धाको संख्या बढी भएका कारण नै यो जोखिमबाट बढी ग्रसित भएको त होइन भन्ने आशंका गर्ने आधार जन्माएको छ । जनसंख्यासँग जोडिएको इटलीका अरु सहायक तथ्य भनेको यो विश्वकै धेरै जनसंख्या हुनेमा २३  नम्बरमा पर्छ भने यहाँको जनसंख्याले विश्वको कूल जनसंख्याको ०.७८ प्रतिशत हिस्सा ओगटेको छ ।

अर्को महत्त्वपूर्ण पाटो भनेको यहाँ औसतमा वार्षिक ०.१५ प्रतिशतको अनुपातमा जनसंख्या वृद्धिदर घट्दो छ भने सन् २०५० सम्म यहाँको जनसंख्या हालभन्दा करीब १० प्रतिशत घटेर ५ करोड ४३ लाखमा झर्ने पूर्वानुमान गरिएको छ । विभिन्न खोज रिपोर्टमा उल्लेख गरिएको छ कि अहिले इटलीको जन्मदर प्रति १ मिनेटमा १ जनाको अनुपातमा छ भने मृत्युदर प्रति ४९ सेकेन्डमा १ जना रहेको छ ।   

तथ्य २ –

दोस्रो तथ्यले केही फरक र सकारात्मक सन्देश बोकेको छ । इटलीको कुल जनसंख्याको २ भाग अर्थात् करीब ४ करोड बढी जनसंख्या शहरमा बसोबास गर्छन् भने २ करोडको हाराहारीमा ग्रामीण भेगमा बसोबास गर्छन् ।

जनसंख्या वृद्धिदर घट्दो भएपनि शहरी क्षेत्रमा भने ०.२५ प्रतिशतले बढ्दो छ । १५ ठूला शहर रहेको इटली अहिले पूरै ‘लकडाउन’ छ तर एउटा यस्तो सानो शहर छ, जुन शहर २ हप्तामै कोरोनामुक्त भएको छ । यो अहिले धेरैका लागि चासो र खोजीको विषय बनेको छ ।

भो युग्यान्यो सिटी उत्तरी इटलीमा अवस्थित भेनिस नजिकैको सानो शहर हो । ३ हजार परिवार रहेको शहरमा कोरोनाको लक्षण देखिएका र नदेखिएका सबैलाई शुरूमै परिक्षण गरिएको थियो । परीक्षणबाट संक्रमित देखिएका र नदेखिएका सबैलाई क्वारेन्टाइन र आइसोलेसनमा राखेर फलोअप गरिएको थियो ।

द गार्डियनमा प्रकाशित युनिभर्सिटी अफ प्याडयुकी माइक्रो बायोलोजीकी प्रोफेसर अन्ड्रिअ क्रिसटनीको आलेखमा भनिएको छ कि उनीहरूले आरम्भमै एउटा अनुपम उपचार पद्धतिको अवलम्बन गरेका थिए । पहिलो परीक्षणमा ८९ जनामा ‘पोजेटिभ’ केश देखिएकोमा ९ दिनपछि गरिएको दोस्रो परीक्षणमा इन्फेक्सन संख्या ६ जनामा झरेको थियो । नियमित परीक्षण र आइसोलेसनको राम्रो प्रबन्धले अहिले शतप्रतिशत कोरोना उन्मुलन भएको उल्लेख छ ।

शुरूआतको चरणमा गरिएको बेवास्ताले बाँकी इटली भने ‘आउट अफ कन्ट्रोल’तर्फ गएको त होइन भन्ने आशंका रिपोर्टमा पनि उल्लेख गरिएको छ । (विस्तृत अध्ययनका लागि हेर्नुहोस् – cristani A, cassonr A÷one Italian town eradicate coronavirus,÷THE GUARDIAN,÷the guardian.com , 20 mar 2020)

इटलीको यो दोस्रो सकारात्मक तथ्यबाट भने नेपालले केही कुरा सिक्न सक्छ र अहिले अपनाएको सावधानीलाई पनि यस्तै नजिरको रुपमा लिन सकिन्छ तर यहाँ बुझ्नुपर्ने कुरा भनेको जसरी इटलीको त्यो सानो शहरमा लक्षण देखिएका र नदेखिएका सबैलाई परीक्षण गरेर पूर्ण सावधानी अपनाइयो, त्यसरी नै नेपालले पनि धेरैभन्दा धेरै सर्वसाधारणको कोभिड–१९ को परीक्षण गरेर ढुक्क भएर बस्न सक्छ । यदि कसैमा संक्रमण भेटिएमा पनि उसलाई त्यही अनुसारको उपचारमा राख्ने र नभेटिएकालाई पनि पूर्ववत् पूर्ण सचेत गराउन सकिन्छ ।

सिंगो देश ‘लकडाउन’ हुँदा त्यो सानो शहर जसरी इटलीमा अहिले कोरोनामुक्त बनेको छ, त्यसरी नै नेपाल पनि विश्वले महाविपत्तिको सामना गरिराखेको बेला यसबाट पूर्णमुक्त हुन सक्छ । यो स्वर्णिम अवसर विश्वका थोरै देशहरू मध्यनेपाललाई पनि छ । अहिले बाह्य प्रभावले आर्थिक, सामाजिक दृष्टिकोणले विश्वका अरु देशले जस्तै नेपालले पनि क्षति व्यहोरेपनि भविष्यमा सिंगो विश्वका निम्ति नेपाल सकारात्मक अध्ययन र अनुसन्धानको केन्द्र बन्न सक्छ । कोरोनामुक्त देशको रुपमा दीर्घकालसम्म विश्वमाझ आफ्नो सुन्दर पहिचान बनाउन सक्छ ।

अधिकांशमा कोरोना परीक्षण प्रक्रिया तत्कालका लागि केही महंगो हुन सक्ला तर महामारी आएपछि अपनाइने रोकथामको विधिभन्दा धेरै कम खर्चिलो र विश्वासिलो हुनेछ । यो कुरा इटलीको त्यो सानो शहरले प्रमाणित गरिसकेको छ । अब भगवान् भरोसामा होइन, उपलब्ध भएको विज्ञान प्रविधिको भरपुर प्रयोगबाट नै सावधानी अपनाउने र फाइदा लिने बेला पनि हो । यो कार्यान्वयनका लागि केन्द्र सरकारभन्दा पनि स्थानीय सरकारको सक्रियता र उपस्थिति महत्त्वपूर्ण हुनेछ । किनकि स्थानीय सरकारका प्रतिनिधिसँग प्रत्येक टोल र वडाका आमनागरिकको हरेक तथ्यको यथार्थपरक जानकारी हुनेछ, मात्र यसमा इमान्दारिता र जिम्मेवारी भए पुग्छ । 

भो युग्ययान सिटीले देखाएको तदारुकता पनि यस्तै थियो । कोरोनाबाट तंग्रिराखेको चीन र संक्रमण जोखिमको सामना गरिराखेका भारत, पाकिस्तान र बंगलादेशजस्ता छिमेकी भोलिका दिनमा समस्यामा आए भनेपनि पूर्व सावधानीलाई प्रभावकारी रुपमा नेपाललाई जोगाउन सक्छ । यसको नमूना पनि इटलीको त्यही सानो शहर हो । सिंगो देश अकल्पनीय खतरामा चुर्लुम्म डुबेका बेला भो युग्यायान भने ‘कोरोना फ्री’ बनेको छ । नेतृत्वले देखाउने दूरदर्शिता र नेतृत्वदायी क्षमता यस्तै बेलामा हो । यसको नेतृत्व केन्द्रले नगरे तल्लो तहका नेतृत्वले पनि आफ्नो क्षेत्रमा गरेर नमूना प्रदर्शन गर्न सक्छन् । विश्व स्वास्थ्य संगठनले पनि लक्षण देखिए/नदेखिएपनि कोरोनाको परीक्षण गरेर सुनिश्चित हुनु नै उत्तम उपाय भएको सुझाएको छ ।

तथ्य ३ –

३१ जनवरी २०२० मा इटलीको रोम घुम्न आएका २ चिनियाँ पर्यटकमा सबैभन्दा पहिला कोरोना देखिएको थियो । त्यसको १ हप्तापछि चीनको वुहान घुमेर फर्किएका अर्का इटालियन नागरिकमा कोरोना प्रमाणित भएको थियो । कोरोना भाइरसका कारण इटलीमा २२ फेब्रुअरीमा पहिलो १ जनाको मृत्यु भएको थियो ।

इटलीमा एकाएक बृहत्तर रुपमा यसको संक्रमण देखिनुभन्दा पनि देखिएका थोरै केसमा गम्भीर नहुँदा र सावधानी नअपनाउँदा व्यापक रुपमा फैलिएको पुष्टि भएको छ । विश्वका विविध खोज अनुसन्धानबाट पनि यो उच्च जोखिम आउनु पछाडि सानो संख्यामा देखिएको संक्रमणलाई इटलीले गरेको हेलचक्र्याइँलाई पनि प्रमुख कारक मानिएको छ । यदि भाइरसको तीब्र संक्रमण र यसको असरको पूर्वानुमान समयमै गरेको भए इटलीमा यो अवस्था सिर्जित नहुन सक्थ्यो भन्ने आकलन विज्ञले गरेका छन् । यसको मतलब सचेतना अपनाएका अन्य देशमा असर नपरेको भन्ने भने होइन तर तुलनात्मक रुपमा कम भएको भने अवश्य हो ।

फ्रान्समा २४ जनवरीमा पहिलो संक्रमित देखिएका थिए भने स्पेन, जर्मन जस्ता देशमा पनि केही समयको अन्तरालमा कोरोना पुष्टि भएको थियो । ती देशमा पनि यसको संक्रमण र असरको गति धेरै कम त छैन तर थोरै पूर्व सावधानीले केही कम भएको मात्र आकलन गरिएको हो । अर्कातर्फ तथ्य १ मा उल्लेख गरिए जस्तै  संक्रमणमा उमेर अवस्था र संख्याले पनि केही फरक पारेको देखिन्छ । यसमा पनि नेपालले अपनाउने भनेको प्रभावकारी पूर्व सावधानी नै हो ।

तथ्य ४ –

सभ्यताको उद्गम इटलीमा अझै पनि संयुक्त परिवारमा बस्ने संस्कार उत्तिकै प्रचलनमा छ । यो आपसी सद्भाव, पारिवारिक सहयोग सुख–दुःख आदानप्रदान गर्ने मूलभूत माध्यम पनि हो । न्युक्लियर अर्थात् एकल परिवारमा बसेका इटालियन पनि सकेसम्म सप्ताहन्त, नत्र विशेष अवसरमा आफ्ना परिवार र आफन्तसँग जमघट गरेर रमाउने प्रचलन उत्तिकै छ । यो इटालियनको राम्रो संस्कारभित्र पनि पर्छ ।

धेरै पश्चिमा व्यक्तिगत जीवनमा मात्र खुशी आदानप्रदानमा सीमित भएका बेला इटलियानले दिएको यो निरन्तरता पश्चिमा तथा हामी जस्ता अरुको संस्कार नक्कल गर्नेका लागि पनि गतिलो पाठ र सन्देश बनिरहेको छ तर बिडम्बना इटालियनको यो संस्कार कतै २१ औं शताब्दीमा नविन रुपमा देखिएको कोरोना संक्रमण र फैलावटका लागि भने आधार बनेको त होइने भन्ने आशंका उब्जाएको छ ।

संक्रमणप्रतिको अनभिज्ञता र पारिवारिक जमघटको सांस्कृतिक प्रचलनको फ्यूजन पनि यसको तीब्र फैलावटको कारक हो कि भन्ने आशंका विज्ञले गरिराखेका छन् । नेपालले यसबाट सिक्ने भनेको सानाठूला भोजभत्तेर र पार्टीलाई यसको विश्वव्यापी निर्मूल नभएसम्म हतारमा आयोजना नगर्नु नै हो ।

तथ्य ५ – 

इटालियन तथा चाइनिज खानाप्रति आमउपभोक्ताको चाख नाटकीय रुपमा घटेको रिपोर्ट विभिन्न खोजमा उल्लेख गरिएको छ । कोरोनाको असर बढी देखिएका यी २ देशको खानामा विश्वका धेरै जनमानस अहिले सजग भएका छन् अर्थात् उनीहरूको स्वादको खानाको मागमा भारी गिरावाट आएको छ । चाइनिज खानामा ३३ प्रतिशत र इटालियनमा २४ प्रतिशतको अनुपातमा घटेको उल्लेख गरिएको छ । (स्रोत विस्तृत अध्ययनका लागि हेर्नुहोस् – Southey f,÷coronavirus dramatic decline in taste for Chinese and Italian÷foodnavigator.com÷ 13 mar 2020)

इटलीको प्रख्यात खानामा पिज्जा, पास्ता, स्पागेटी, फ्रोजन फूड र सी फूड नै मुख्य हुन् । अनि इटली विश्वमा धेरै वाइन निर्यात र उत्पादन गर्ने देशमा पनि पर्छ । खाने परिकारका कारण संंक्रमण फैलिनमा प्रभाव परेको छ वा छैन भन्ने तथ्य चाहिँ अहिले नै कसैले पनि प्रमाणित गरेको  छैन तर ती देशमा देखिएको बढ्दो संक्रमणका कारण मानिसले उनीहरूको शैलीसँग सजग भएर अपनाएको सजगता मात्र हो यो अनि के कस्ता कुरामा कसरी र कतिबेला सजग हुने भन्ने कुरामा चाहिँ उल्लेखित तथ्यहरू अवश्य सहयोगी बन्न सक्छन् ।

(यो आलेख विविध खोजमूलक लेख, जर्नल र सञ्चारमाध्यममा प्रकाशित तथ्य तथ्यांकको अध्ययनपछि तयार पारिएको हो ।)

स्रोत तथा सन्दर्भ सामग्रीहरू

द गार्डियान
द टेलिग्राफ
स्टाटिस्टा रिसर्च डिपार्टमेन्ट
अल जजिरा
न्युयोर्क टाइम्स
फुडनेभिगेटर

(नोट : विस्तृत अध्ययनका लागि माथि उल्लेखित स्रोतहरूमा गूगल सर्च गर्न सक्नुहुनेछ ।)

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x