कात्तिक २०, २०८०
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
चैत ९, २०७६
अत्यावश्यकबाहेक सबै सेवा बन्द भएपनि सिंहदरबारका सरकारी कार्यालयहरू भने खुला छन्, यद्यपि सेवाग्राही भने छैनन् ।
प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्दै चैत ९ (आज)देखि चैत २१ गतेसम्म अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्ने घोषणा गरेका थिए ।
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले कर्मचारीहरूले कार्यालयमा उपस्थित भएर सहयोग गर्ने अपेक्षसमेत गरेका थिए ।
सेवाग्राहीका लागि कार्यालय बन्द भएपनि कर्मचारीहरू भने उपस्थित भएका छन् ।
कर्मचारी नै सेवाग्राही हुने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा भने केही सेवाग्राही उपस्थित भएको मन्त्रालयका संगठन विकास महाशाखा प्रमुख सहसचिव यामप्रसाद भुसाल बताउँछन् ।
‘यो शाखामा सेवा लिने कर्मचारी नै हुन्, आज पनि ८/१० जना सेवाग्राहीलाई सेवा गरें, तर यो संख्या विगतको तुलनामा नगण्य हो,’ सहसचिव भुसालले लोकान्तरसँग भने ।
आफूहरू सरकारको निर्णयबमोजिम जुनसुकै समयमा पनि काम गर्न तयार रहेको र छुट्टि नभएपनि गुनासो नरहेको सहसचिव भुसालले बताए ।
यता उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले मन्त्रालयसँग सेवाग्राही प्रत्यक्ष नहुने भएकाले नियमित कामहरू भइरहेको बताए ।
‘हामीले नीतिगत तहको काम गर्ने भएकाले काममा कुनै कमी भएको छैन, सिंहदरबारभित्र कर्मचारी उपस्थित हुने, अत्यावश्यक सेवा प्रवाह गर्ने, यो अवस्थामा कार्यालयका आन्तरिक सुधारका काम गर्ने र सरकारले खटाएको अवस्थामा जुनसुकै अवस्थामा काममा काममा खटिने निर्देशन भएको छ,’ प्रवक्ता दाहालले भने ।
सहसचिवदेखि माथिका कर्मचारीले बिदा पनि नलिएर चौबिसै घण्टा तयार भएर बस्ने निर्देशन भएको प्रवक्ता दाहालले बताए ।
भूमि व्यवस्था, गरीबी निवारण तथा सहकारी मन्त्रालय प्रशासन महाशाखाका उपसचिव टोलराज उपाध्यायले आफ्नो मन्त्रालय सेवाग्राहीको प्रत्यक्ष काम गर्ने कार्यालय नभएकाले आन्तरिक काम भइरहेको बताए ।
‘आन्तरिक रूपमा हुने कामहरू भइरहेका छन्, सेवाग्राही आउन बन्द गरिएतापनि हाम्रो कामको नियमितता रोकिएको छैन,’ उपसचिव उपाध्ययले लोकान्तरसँग भने ।
अनिवार्य ज्वरो मापन
सिंहदरबार परिसरभित्र प्रवेश गर्दा अनिवार्य ज्वरो नाप्नुपर्ने व्यवस्था गरिएको छ ।
स्वास्थ्य सेवा विभागले आजबाट सिंहदरबार परिसरभित्र प्रवेश गर्ने कर्मचारी र सेवाग्राहीलाई ज्वरो नापेर मात्रै प्रवेश गर्ने व्यवस्था गरेको डीएसपी राकेश सिंहले जानकारी दिए ।
सिंहका अनुसार सिंहदरबारमा प्रवेश गर्ने व्याक्तिलाई १ सय दशमलव ४ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आएको भेटिएमा स्वास्थ्य सेवा केन्द्रमा पठाउने निर्देशन भएको छ ।
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...