कात्तिक ३०, २०८०
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसले विश्वभर महामारी फैलाएको छ । झण्डै डेढ सयभन्दा अधिक देशमा यसले आफ्नो क्रुरतमरूपमा उपस्थिति मात्र जनाएको छैन हजारौं मानिसको ज्यान समेत लिएको छ ।
एशिया, युरोप, अमेरिका लगायत विश्वका हरेक कुनामा कोरोनाको कहर छ । स्वस्थ्य संकटबाट अहिले विश्व गुज्रिरहेको छ । अमेरिका, युरोपजस्ता समृद्ध राष्ट्रमा समेत कोरोनाले देखाएको आफ्नो प्रभावलाई हेर्ने हो भने के प्रस्ट हुन्छ भने कोरोनालाई सजिलै हराउन सकिँदैन ।
विश्व अहिले सचेत भएको छ । आफ्नो आर्थिक र सामरिक ठाँटलाई बिर्सन बाध्य बनाएको छ, कोरोना ले । विश्व अहिले एकजुट भएर कोरोनाविरुद्धको सतर्कता र लडाईंमा होमिएको छ जुन समयको आवश्यकता हो र माग पनि । विश्वमा हजारौं मानिस कोरोनाको भट्टीमा डढ्न विवश भएका छन् र लाखौं मानिसलाई कोरोनाले क्वारेनटाइन तथा अस्पताल पुर्याएको छ । यस्तो बेलामा नेपालमा कोरोना संक्रमण नभेटिनु सुखद् मात्र होइन बरू भगवान पशुपतिनाथ र माता जानकीले हामीलाई समयको लब्धता प्रदान गर्नुभएको हो, सचेत भएर बस्न र कोरोनालाई देशभित्र प्रवेश नदिन ।
नेपालमा बल्ल सरकारका तर्फबाट सचेतनास्वरूप केही दिन पहिला प्रधानमन्त्रीका तर्फबाट राष्ट्रका नाममा सम्बोधन गरियो । प्रमज्यूको प्रतिकूल स्वास्थ्य अवस्थाका बावजुद पनि उहाँले देशप्रति देखाउनुभएको जिम्मेवारीको जति सराहना गरे पनि कम हुन्छ । सरकारका प्रयासहरू जारी नै रहेका छन् तर जुनतहसम्म आमनागरिकले सरकारको प्रयासलाई सफल बनाउन कदममा कदम मिलाएर हिँडनु पर्ने हो त्यसमा कमी देखिएको छ ।
हामी नेपाली अज्ञान छौं भन्न खोजेको होइन, हामीले जानीजानी अर्धचेतन अवस्थामा जीवन बिताउने खराब बानीको चपेटामा आफूलाई पार्दै आएका छौं । हामी नेपाली खुशी हुनका लागि कुनै ठूलो उपलब्धि नै हासिल गर्नुपर्छ भने छैन । पाँच घण्टा लागातार बिजुली गएन र धारामा २४ घण्टा पानी आइहाल्यो भने हामीभित्र खुशीको सीमा हुँदैन । विश्वमा अहिले रुवावासी छ, हामी कोरोनाको चपेटामा नपरेको हुनाले आवश्यकता भन्दा खुशी हुनु मुर्खता हो । अहिलेको आवश्यकता भनेको सरकारको हरेक निर्णयलाई सहयोग पुर्याउनु हो ।
डरलाग्दो कोरोनाबाट बँच्न साबुनपानीले हात धुनु, मास्क लगाउनु, घरमै बस्नु, खोकी वा ज्वरो आएमा चिकित्सकसँग सम्पर्क गर्नु, भीडभाड नगर्नु, घरबाट अनावश्यक नबाहिरिनु । यी र यस्ता समान्य निर्देशन पनि हामी नेपालीले गम्भीरताका साथ पालना नगरेको अनुभूति गर्न सकिन्छ । सरकारका तर्फबाट पनि अझ बढी सजगता र सक्रियताको आवश्यकता छ ।
महामारीका बेला हाम्रो जस्तो गरीब देशमा आधारभूत कुराहरूको कृत्रिम अभाव स्वभाविकरूपमा देखिन थाल्छ । कालाबाजारी आफैँमा पनि एउटा महामारी हो र जसको चपेटामा देश र जनता पर्यो भने कोरोना जस्ता प्राणघातक बिमारीसँग आमजनता जोगिन सक्दैन । ‘सोसल डिस्ट्यान्सिङ’अतिआवश्यक हुन्छ कोरोनासँग बच्नका लागि । सरकारले ‘सेमी लकडाउन’को माहोल बनाएको छ देशमा, आवश्यकता पनि हो । तर मानिस घरमा बसी रहन तिनलाई चाहिने अतिआवश्यक खाद्यान सामग्री आमजनतालाई आपूर्ति गराउनुको अपरिहार्यता सरकारले महसूस गर्नुपर्छ । भारतको विभिन्न राज्यमा कोरोना संक्रमितको सांख्या बाहिर आइरहेको छ ।
नेपालको सीमासँग जोडिएको उत्तर प्रदेश र बिहारमा कोरोना संक्रमित रहेको आधिकारकि समाचार बाहिर आइसकेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राज्यको सारा संयन्त्र, स्रोत र साधन कोरोनाबाट लड्नका लागि आह्वान गरिसक्नुभएको छ । भारतसँग हाम्रो खुला सीमा छ । नेपाल सरकारले नेपाल–भारत केही मुख्य नाकाबाहेक सबै नाका बन्द गरिदिएको छ जुन सरहानीय कदम हो ।
मानौं नेपालमा कोरोनाको संक्रमण देखियो र देशमा ʹलकडाउन’को अवस्था आयो भने के गर्ने ? ʹक्वरेन्टाइन र वैज्ञानिक आइसोलेसन’कक्ष कति छ हामीसँग, त्यो पर को कुरा भयो । हामीले आमजनतालाई आधारभूत खाद्यान सामग्री आपूर्ति गर्ने ल्याकत राख्छौं त ? हिजो मात्र मैले विभिन्न ग्यास डिलरमा फोन गर्दा ग्यासको अभाव छ भन्ने जवाफ पाएँ । म जस्ता हजारौं जनता अहिले ग्यास नपाएर त्राहिमामको अवस्थाबाट गुज्रिरहेका छन् । नेपाल–भारत सबै नाका ठप्प भयो भने उत्पन्न हुने अवस्थाको कल्पना समेत भयावह हुन्छ । सरकारले यतातिर ध्यान दिनुपर्ने आवश्यकता रहेको छ ।
हामी आर्थिक रूपमा निकै पछाडि छौं । यहाँ नित्यदिन काम गरेर ज्यालादारीको भरमा घर चलाउनुपर्ने जनताको संख्या अधिक छ । ʹलकडाउन’को अवस्था सिर्जना भयो भने त्यस्ता जनताको जीवन कसरी अगाडि बढ्ला त ? सरकारको के योजना छ त्यस्ता जनताका लागि ? यी कुराहरू पनि आमजनतामाझ ल्याएर सरकारले ज्यालादारीमा जीवन चलाउन बाध्य जनताको आत्मबल उकास्नुपर्छ । विपतका बेला जनताको दुःखमा मल्हम लगाउन सरकार पछि हट्ने छैन भन्ने भावनाको विकास गराउनुपर्छ, अनिमात्र संविधानमा समाजवादउन्मुख लेख्नुको औचित्य पुष्टि हुन्छ ।
कोरोनाले अहिले विश्व अर्थतन्त्रको प्रतिस्पर्धामा रहेको संसारलाई तहसनहस पारिदिएको छ । नेपाल जस्तो गरीब र कमजोर अर्थतन्त्र भएको देशलाई यसले कलान्तरमा आर्थिकरूपले लाटो बनाउने नै छ । केहीसमय यता विश्वभरिका ठूला शेयर बजारमा गिरावट आइसकेको छ । विश्व अर्थतन्त्रको प्रक्षेपण र विश्लेषण गर्ने एक संस्था अक्सफोर्ड इकोनोमिक्सले कोरोना अर्थात कोभिड–१९ ले सन् २०२० को विश्वको आर्थिक वृद्धिमा कमसेकम ०.५ प्रतिशत असर पार्ने अनुमान गरेको छ । तर सतहीरूपमा हेर्दा जसरी यो कोरोनाले विश्वमा भयावह स्थिति उत्पन्न गरेको छ त्यसले के लाग्छ भने अक्सफोर्डको अनुमानलाई गलत साबित गर्दै ग्राफ उकालो पनि लाग्नसक्छ । अर्थतन्त्रको यस्तो डरलाग्दो अनुमानका बेला नेपालले ‘प्लान एʹकोरोनासँग लड्दै गर्दा कोरोना नियन्त्रणपश्चात (आशा गारौं सक्दो छिटो नियन्त्रणमा आओस्) ʹप्लान बी’ पनि सँगसँगै अगाडि बढाउनुपर्छ । र ʹप्लान बी’अन्तर्गत देशको अर्थतन्त्रलाई लिकमा फर्काउनका निमित्त गृहकार्य अहिलेदेखिनै थाल्नुपर्छ । गृहकार्य भएको खण्डमा त्यसको कार्यान्वयन मात्र गर्नुपर्ने हुन्छ ।
अन्त्यमा, कोरोनासँगको लडाईंमा हामी जनता सचेत हुनुको विकल्प छैन । राज्यको सम्पूर्ण ऊर्जा यो लडाईंमा एकढिक्का भएर लगाउनुपर्छ । कालोबाजारी नहोस् । शरीरभित्र प्रतिरक्षा शक्ति कमजोर भएका ज्येष्ठ नागरिकका लागि तिनै तहका सरकारले अहिलेदेखि नै ‘क्वरेन्टाइन र आइसोलेटेड रूमʹको जोहो गरिहाल्नुपर्छ । साक्षरतादर कम रहेको हामी नेपाली जनतामा अहिले पनि कोरोनासँग जोगिन अपनाउनुपर्ने उपायको यथेष्ट जानकारीको कमी रहेको छ । भीडभाडरहित तरिकाले जनचेतनामूलक कार्यक्रम तीव्र हुनुपर्छ । भगवानले विश्वलाई कोरोनाको प्रकोपबाट जोगाओस् भने कामना गर्दछु ।
Twitter: ChandaChaudhar7
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...