×

NMB BANK
NIC ASIA

अफगानिस्तानमा शान्ति प्रक्रिया अघि बढाउन अमेरिकी परराष्ट्रमन्त्री पुगे काबुल

चैत १०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकाका परराष्ट्रमन्त्री माइक पम्पिओ सोमवार अफगानिस्तानको राजधानी काबुल पुगेका छन् । फेब्रुअरीमा तालिबानसँग गरिएको शान्ति सम्झौताअनुरूप शान्ति प्रक्रियालाई अघि बढाउन उनी काबुल पुगेका हुन् । 

Sagarmatha Cement
Muktinath Bank

अहिले कोरोनाभाइरसका कारण विश्वका नेता र राज्य सञ्चालकहरूले आधिकारिक यात्रा नगरिरहेको बेलामा पम्पिओ काबुल गए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शान्ति सम्झौतामा हस्ताक्षर भएयता शान्ति प्रक्रिया अवरुद्ध रहेको छ किनकि अफगानिस्तानमा राजनीतिक अन्योलको स्थिति छ । को राष्ट्रपति निर्वाचित भएको हो भन्ने विषयमा देशका नेताहरूले विवाद गरिरहेका छन् । 


Advertisment
Nabil box
Kumari

राष्ट्रपति अशरफ गानी र उनका मुख्य प्रतिद्वन्द्वी अब्दुल्लाह अब्दुल्लाह दुवैले आफू देशको राष्ट्रपति भएको घोषणा गरेका छन् र शपथ लिएका छन् । 

Vianet communication
Laxmi Bank

भ्रमणका क्रममा पम्पिओले गतिरोध अन्त्यका लागि सहयोग गर्ने अपेक्षा छ । गतिरोधकै कारण अफगानिस्तानमा तालिबान सहितको शान्ति वार्ता हुन सकेको छैन । यी वार्ताहरू शान्ति सम्झौताका महत्त्वपूर्ण कदम हुन् र यिनैले

अमेरिकालाई आफ्ना सैनिक फिर्ता बोलाउन तथा अफगानहरू शान्तिको मौका दिन भूमिका खेल्नेछन् । 

अमेरिका र नाटो गठबन्धनले अफागानिस्तानबाट केही सैनिक फिर्ता बोलाउन थालिसकेका छन् । अमेरिकी सुरक्षा बलहरू अफगानिस्तानबाट पूरै हट्नुमा अफगानिस्तानको आन्तरिक शान्तिवार्ता जिम्मेवार हुँदैन बरू

अफगानिस्तानमा इस्लामिक स्टेट जस्ता आतंकवादी समूहलाई खेल्ने मौका नदिने भनी तालिबानले गरेको प्रतिज्ञा जिम्मेवार हुन्छ । 

तर अमेरिका र तालिबानले कतारको दोहामा शान्ति सम्झौता गरेको केही दिनभित्र अफगानिस्तान राजनीतिक संकटमा परेको छ । बहालवाला राष्ट्रपति अशरफ गानी र प्रमुख कार्यकारी अब्दुल्लाह अब्दुल्लाह दुवैले निर्वाचन

परिणाम आफ्नो पक्षमा आएको बताएका छन् । अनि शान्ति सम्झौतामा उल्लेख भएबमोजिम ५ हजार तालिबानी कैदीलाई थुनामुक्त गर्ने प्रतिबद्धतालाई पनि गानीले पूरा गरेका छैनन् । 

अनि तालिबान विद्रोहीहरूले कब्जामा लिएका एक हजार अफगान अधिकारी र सैनिकलाई मुक्त गर्ने कुरा थियो । शान्ति सम्झौतालाई अघि बढाउन बन्दी आदानप्रदानलाई सद्भावपूर्ण कदम मानिएको थियो । 

शान्ति सम्झौताको अपरिहार्यतालाई उजागर गर्दैै कोरोनाको त्रासमका बाबजूद माइक पम्पिओ काबुल पुगेका हुन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x