×

NMB BANK
NIC ASIA

मध्य प्रदेशमा शिवराज सिंह चौहान नै मुख्यमन्त्री बन्ने

चैत १०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

भारतको मध्य प्रदेशमा फेरि एकपटक शिवराज सिंह चौहान मुख्यमन्त्री बन्ने भएका छन् । 

Muktinath Bank

आजतकले सूत्रहरूलाई उद्धृत गर्दै खबर दिएअनुसार, चौहानलाई सोमवार विधायक दलको नेता छानिनेछ । विधायक दलको बैठकको निगरानी केन्द्रीय नेताहरूले दिल्लीबाटै भिडियो कन्फरेन्सिङबाट गर्नेछन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मध्य प्रदेशमा राजनीतिक खिचातानी टुंगोमा पुगेपछि कांग्रेस नेतृत्वको गठबन्धन सरकार सत्ताच्युत भएर भारतीय जनता पार्टीको सरकार बन्न लागेको छ । 


Advertisment
Nabil box
Kumari

राजभवनले मुख्यमन्त्रीको शपथका लागि राति ९ बजेको समय दिएको छ । स्थानीय समयअनुसार राति ९ बजे मुख्यमन्त्री पदको शपथ लिइनेछ । 

Vianet communication
Laxmi Bank

यसका साथै शिवराज सिंह चौहान चौथोपटक मुख्यमन्त्री पदको शपथ लिँदैछन् । कोरोनाभाइरसका कारण शपथग्रहण समारोह सादा हुनेछ । 

राजभवनभित्र शपथको तयारी शुरू गरिएको छ । शपथग्रहणमा कम मानिसले मात्र भाग लिनेछन् । 

यसअघि कांग्रेसका २२ विधायकले राजीनामा दिएपछि कमलनाथ सरकार गिरेको थियो । ती २२ विधायक भाजपामा प्रवेश गरेका छन् । 

कांग्रेसका नेता ज्योतिरादित्य सिन्धियाले आफूलाई बेवास्ता गरिएको भन्दै कांग्रेसमा असन्तुष्टि प्रकट गर्दैै पार्टी छोडेका थिए । उनी भाजपामा प्रवेश गरे अनि उनका निकटवर्तीहरू पनि कांग्रेस छोडेर भाजपा गए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x