×

NMB BANK
NIC ASIA

कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि पोखरा महानगरपालिकाले १५० बेड क्षमताको क्वारेन्टाइन बनाउने भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

महानगरले पोखराको बगालेटोलस्थित लेक सिटी हस्पिटल एण्ड क्रिटिकल केयर प्रालिमा १०० र पोखराको नदीपुरस्थित पद्म नर्सिङ होमको स्वामित्वमा रहेको साविक बुद्ध अस्पतालमा ५० बेड क्षमताको क्वारेन्टाइन बनाउने भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महानगर प्रमुख मानबहादुर जिसीको अध्यक्षतामा मंगलवार बसेको बैठकले कोरोना भाइरस देखिएका बिरामीलाई राख्नका लागि ती २ अस्पतालमा १५० बेड क्षमताको क्वारेन्टाइन बनाउने निर्णय गरेको कोरोना रोकथाम र नियन्त्रणका लागि महानगरमा गठित समिति संयोजक एवं महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले जानकारी दिइन् ।


Advertisment
Nabil box
Kumari

उनले भनिन्, ‘लेक सिटी हस्पिटलमा तत्काल क्वारेन्टाइनका लागि उपयुक्त रहेको भएपनि बुद्ध अस्पतालमा नपुग केही सामानहरूका ‘स्टिमेट’ गरी केही दिनमा सञ्चालन गर्न सकिने छ ।’

Vianet communication
Laxmi Bank

उनका अनुसार लेकसिटीमा मात्र सरसफाइ गरी बेड सिट फेरे मात्र पुग्छ । महानगरले आवश्यक परेमा थप बेड क्वारेन्टाइनका लागि खोज्ने उनले बताइन् ।

दुवै हस्पिटलको महानगर प्रमुख जिसी, उपप्रमुख गुरुङसहित वडा अध्यक्ष र स्वास्थ्यकर्मीले मंगलवार निरीक्षण गरेका छन् । सो क्रममा आवश्यक सामग्री मंगलवार दिनभरमा व्यवस्थापन गर्न महानगर प्रमुख जिसीले महानगर स्वास्थ्य महाशाखालाई निर्देशन समेत दिए ।

महानगरमा उपप्रमुख संयोजकत्वमा गठित समिति सदस्यमा पोखराका विभिन्न ५ वटा वडाका अध्यक्ष समेत सदस्य छन् । जसमा पोखरा ६ का वडाध्यक्ष जगतबहादुर पहारी, वडा ९ का अध्यक्ष रामराज लामिछाने, १३ का लेखबहादुर तामाङ (दर्शन लामा), वडा १९ का शोभामोहन पौडेल र वडा २९ का चेतबहादुर गुरुङ हुन् । 

यसअघि गण्डकी प्रदेश सरकारले पोखरा वडा ५, मालेपाटनस्थित कृषिको तालिम केन्द्रको होस्टेललाई ६० बेड क्षमताको क्वारेन्टाइन रुपमा विकास गर्ने सोमवार मात्र निर्णय गरेको थियो ।

आवश्यकता अनुसार पोखरा १६ स्थित मातृशिशु अस्पताललाई समेत क्वारेन्टाइनको रुपमा विकास गर्न सकिने कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र व्यवस्थापन गर्नका लागि गठित उच्चस्तरीय निर्देशक समितिका प्रवक्ता एवं गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए । 

कोरोना संक्रमण व्यवस्थापनका लागि लेखनाथस्थित लेखनाथ सामुदायिक लायन्स अस्पताललाई ‘डेडिकेटेड’ अस्पतालको रुपमा विकास गरिने भएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x