लकडाउनको अवज्ञा गर्नेलाई प्रहरीले बनायो ‘मुर्गा’ (भिडियो)

पाकिस्तानमा कोरोनाभाइरसका कारण ठूला शहरहरूमा लकडाउन गरिएको छ । त्यसको उल्लंघन गर्नेहरूलाई प्रहरीले अनौठो सजाय दिइरहेको छ । 

पाकिस्तानी पत्रकार नायला इनायतले आफ्नो ट्विटर ह्यान्डलमा एक भिडियो शेयर गरेकी छन् जसमा कराची प्रहरीले ११ मानिसलाई सडकमै मुर्गा बनाएको देखिन्छ । 


Advertisement

जुन सडकमा मानिसलाई मुर्गा बनाइएको हो, त्यहाँबाट प्रहरी कार्यालय नजिकै छ । प्रहरीले मानिसहरूलाई मुर्गा बनाएर उनीहरू नजिक घुमेको थियो । 

भिडियो पोस्ट गर्दै इनायतले लेखिन्, ‘कराँची प्रहरी, यिनीहरूलाई तपाईंले मुर्गा बनाउनुभयो । कृपया यिनीहरूको बीच ६ फीटको दूरी राख्नुपर्थ्यो ।’


Advertisement

कोरोनाका कारण पाकिस्तानमा निकै समस्या पर्न थालेको छ । पाकिस्तानमा कोरोनाका कारण ६ जनाको मृत्यु भइसकेको छ । सबभन्दा धेरै संक्रमण सिन्ध प्रान्तमा देखिएको छ । कराँची सिन्धको राजधानी हो ।
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्