कोरोना नियन्त्रण कोषमा कांग्रेसको ५० लाख सहयोग

file photo

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले स्थापना गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा ५० लाख सहयोग गर्ने भएको छ ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना भाइरसको जोखिम सामना गर्न नेपाल सरकारले निर्माण गरेको कोषमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पार्टीका तर्फबाट पचास लाख रुपैयाँ एकमुष्ट जम्मा गर्ने निर्णय भएको बताए l 


Advertisement

कोरोनाविरुद्धको लडाईंमा कांग्रेसले पनि सरकारलाई साथ दिने भन्दै उक्त रकम उपलब्ध गराइने शर्माले बताएका छन् ।

यसअघि कांग्रेसका संघीय सांसदहरुले पन्ध्र दिनको तलब सरकारको कोषमा जम्मा गर्ने निर्णय गरिसकेका थिए ।


Advertisement

केही दिन अघि कोरोनाको महामारीसँग लड्न सरकारले आफ्नो तर्फबाट ५० करोड रुपैयाँसहितको कोष बनाउने निर्णय गरेको थियो ।

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्