कात्तिक १८, २०८०
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
थप एक नेपाली युवतीमा कोरोनाको संक्रमण पुष्टि भएसँगै सरकारले देशभर लकडाउन (अतिआवश्यक कामबाहेक घरबाहिर निस्कन नपाउने) निर्णय गरेसँगै अवस्था प्रतिकूल बनेको छ।
कोरोना रोकथाम एवं फैलन नदिन भन्दै उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले उक्त निर्णय गरेको थियो।
यो निर्णय मंगलबार बिहानबाट लागू भएकोमा चैत १८ गते बिहान ६ बजेसमम कायम हुनेछ।
कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सोमबारको बैठकले उक्त निर्णय गरेकोमा मंगलबार फेरि बैठक बस्यो।
सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री युवराज खतिवडाका अनुसार नेपाली नागरिकलाई आफू रहेको मुलुकमा सुरक्षित र संयमित रुपमा रहन बस्न आव्हान गरिएको छ।
मंगलबारका बैठकले ८ वटा निर्णय गरेको छ। जुन यसप्रकार छन्।
१. COVID-19 को विश्व महामारीको वर्तमान अवस्थामा नेपालमा रहेका विदेशी नागरिकहरुको सुरक्षा नेपाल सरकारले गरिरहेको हुँदा विदेशमा रहेका नेपाली नागरिकलाई सम्बन्धित मुलुकबाट सुरक्षा व्यवस्था मिलाइ आफू रहे/बसेको मुलुक छोड्नु पर्ने अवस्था आउन नदिन कुटनैतिक माध्यमबाट अनुरोध गर्ने। साथै, विदेशमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई आफु रहेको मुलुकमा सुरक्षित र संयमित रुपमा रहन बस्न आव्हान गर्ने। विदेश स्थित नेपाली नियोगहरुले विदेशमा रहेका नेपाली नागरिकहरुको लागि नियमित सूचना प्रवाह गरी नेपाल सरकारको निर्णय र चालेका कदमहरुको बारेमा अवगत गराउने।
२. मन्त्रिपरिषद्को मिति २०७६/१२/०९ को निर्णयानुसार मिति २०७६/१२/११ गते बिहान ६ बजे देखि लागु हुने गरी नेपालको अन्तर्राष्ट्रिय सीमा नाकाहरुबाट आवागमन स्थगन गरेपछि यस अघि नेपालतर्फ यात्रा आरम्भ गरी विभिन्न स्थलगत सीमा नाकाहरुमा आइपुगी अलपत्र परेका नेपाली नागरिकहरुलाई एकपटकको लागि नेपाल प्रवेश गर्न अनुमति दिने। यसरी प्रवेश हुने व्यक्तिहरुको अनिवार्य रुपमा स्वास्थ्य जाँच (Health Screening) गरी कम्तिमा १४ दिन क्वारेन्टाइनमा रहने व्यवस्था सम्बन्धित प्रदेश सरकार र स्थानीय तहले मिलाउने।
३. विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान-धरान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान-पोखरा र भेरी अस्पताल-नेपालगंजका प्रयोगशालाहरुमा COVID-19 Testing को कार्य यथाशीघ्र सुरु गर्ने। यसका लागि आवश्यक परीक्षण सामग्री र तालिमको व्यवस्था स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मिलाउने। ती स्थानमा प्रयोगशाला परीक्षण सेवा संचालन नभएसम्मका लागि विराटनगर र नेपालगंजबाट Swab संकलन गरी हवाइमार्गबाट काठमाण्डौ ल्याउने व्यवस्था स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्ने।
४. नेपालमा COVID-19 को संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि अत्यावश्यक औषधि, उपकरण तथा चिकित्सा सामग्रीहरु मित्रराष्ट्र चीन र भारतबाट शीघ्र ल्याउने व्यवस्थाका लागि परराष्ट्र मन्त्रालयले समन्वय गर्ने।
५. संक्रमणको रोकथाम नियन्त्रण र उपचारका लागि अत्यावश्यक हुने औषधि, उपकरण र उपचारका सामग्रीको शीघ्र आपूर्ति गर्न स्वास्थ्य सेवा विभागले आजै पुनः सार्वजनिक सूचना जारी गर्ने। यस सम्बन्धि विषयमा संभावित आपूर्तिकर्ता संग भोलि नै छलफल गरी त्यस्ता सामग्रीको आपूर्ति २०७६/१२/१५ भित्र गर्ने व्यवस्था मिलाउने ।आपूर्ति गरिने त्यस्ता सामग्रीको ढुवानी गर्न कुनै समस्या देखिएमा नेपाल सरकारले सोको व्यवस्था मिलाउने।
६. सवारी आवागमनको हकमा कुटनीतिक उन्मुक्ति तथा सुविधा प्राप्त नियोग, व्यक्ति तथा संघसंस्थाहरुलाई छुट दिने। साथै, प्रेस पास प्राप्त गरेका संचारकर्मी तथा स्वास्थ्य सेवामा खटिएका चिकित्सक, नर्स, फर्मासिष्ट, प्रयोगशालामा काम गर्ने प्राविधिक, औषधि उत्पादन ढुवानी र विक्रिवितरणमा संलग्न हुने जनशक्ति लगायत स्वास्थ्य उपचारमा संलग्न सबैलाई निजको परिचयपत्रको आधारमा आवतजावत गर्न दिने।
७. कोरोना संक्रमणको रोकथाम, नियन्त्रण र उपचारको लागि सहयोग पुर्याउन नेपाल सरकारले “कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोष” स्थापना गरिसकेको सन्दर्भमा सोहि प्रयोजनका लागि अन्य कुनै निकाय वा संघसंस्थाले छुट्टै कोष स्थापना नगर्ने। यदि छुट्टै कोष खडा गरिसकेको भएमा त्यस्तो कोषमा आफू मातहतका संघसंस्था तथा व्यक्तिबाट मात्र रकम जम्मा गर्ने। यसरी जम्मा भएको रकम प्रत्येक हप्ता नेपाल सरकारले स्थापना गरेको कोषको राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाता नं. १९६०००००११०१ मा अनिवार्य रुपमा जम्मा गर्ने। यसको जानकारी सार्वजनिक सूचना जारी गरी सबैलाई दिने।
८. नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सचिवालय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको छ। यस सम्बन्धमा समितिबाट भएका निर्णयहरु र यस सम्बन्धी विषयमा कुनै सल्लाह, सुझाव वा जानकारी लिन / दिन र नेपाल सरकारले स्थापना गरेको “कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोष” मा रकम जम्मा गर्न समन्वय समितिका सचिव एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद विडारी (९८४८५९४९८३) लाई सम्पर्क गर्न सार्वजनिक सूचना जारी गर्ने।
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...