×

NMB BANK
NIC ASIA

स्वास्थ्य उपकरण ल्याउन निजी क्षेत्रलाई आह्वान

चैत १२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सरकारले अन्तर्राष्ट्रिय बजारबाट औषधि र आवश्यक स्वास्थ्य उपकरण ल्याउन निजी क्षेत्रलाई आह्वान गरेको छ। सरकारले व्यवसायीलाई शनिबारभित्र आपूर्ति गर्ने गरी आवश्यक प्रक्रिया मिलाउन भनेको हो। यो विषयमा सरकारले बुधबार व्यवसायीसँग छलफल गर्न लागेको छ।

Muktinath Bank

कोरोना(कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि स्वास्थ्यकर्मीले प्रयोग गर्ने व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई), कोरोना परीक्षणका लागि आवश्यक किटलगायत अत्यावश्यक उपकरण र औषधि ल्याउनुपर्नेछ। कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको मंगलबार बसेको बैठकले आवश्यक स्वास्थ्य उपकरण बजारमा आपूर्ति नहुने र सरकारी तयारी गर्दा केही समय विलम्ब हुन सक्ने ठानी निजी क्षेत्रलाई आह्वान गरेको हो।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा.युवराज खतिवडाले अन्तर्राष्ट्रिय क्षेत्रबाट जसले स्वास्थ्यसम्बन्धी उपकरण ल्याउन सक्छ त्यस्ता व्यवसायीलाई निश्चित दिनभित्र ल्याउने गरी आह्वान गर्ने निर्णय सरकारले गरेको बताए। ‘निजी क्षेत्रका व्यवसायीलाई हामीले आवश्यक स्वास्थ्य उपकरणलगायत औषधि ल्याउन आह्वान गर्ने निर्णय गरेका छौं’, उनले भने, ‘उहाँहरूले कति दिनभित्र ल्याउन सक्नुहुन्छ, शनिबारभित्र ल्याउन सक्ने गरी आह्वान गर्ने र आपूर्ति सहज बनाउने निर्णय सरकारले गरेको छ।’


Advertisment
Nabil box
Kumari

त्यस्ता व्यवसायीलाई औषधि तथा स्वास्थ्य उपकरण ल्याउन यातायातले अप्ठ्यारो नपर्ने पनि सरकारले प्रतिबद्धता जनाएको छ। ‘जसले औषधि तथा स्वास्थ्यसम्बन्धी उपकरण ल्याउन सक्छन्, त्यस्ता निजी क्षेत्रका व्यवसायीलाई हवाई साधन चाहिन्छ भने त्यसको व्यवस्थापन पनि सरकारले गर्नेछ’, उनले भने।

Vianet communication
Laxmi Bank

आवश्यक औषधि तथा स्वास्थ्य उपकरणको सूची सरकारले तयार पारिसकेको र त्यसकै आधारमा व्यवसायीलाई आह्वान गरिएको खतिवडाको भनाइ छ।

चीन र भारतसँग पीपीई, किटलगायत स्वास्थ्य उपकरण ल्याउने विषयमा परराष्ट्र र अर्थ मन्त्रालयले सम्बन्धित देशका नेपाली दूतावाससँगको समन्वयमा प्रयास गरिरहेका छन्। यही बेला सरकारले निजी क्षेत्रलाई पनि अन्तर्राष्ट्रिय बजारबाट स्वास्थ्य उपकरण र औषधि ल्याउन प्रोत्साहन गरेको हो।

सरकारी तवरबाट उपकरण खरिदका लागि विभिन्न प्रक्रिया पूरा गराउँदा समय लाग्ने देखेपछि सरकारले निजी क्षेत्रलाई आफ्नो अन्तर्राष्ट्रिय बजारको सम्पर्कबाट पारदर्शी र छोटो समयमा ल्याउन आह्वान गरिएको मन्त्री खतिवडाले बताए।

कोरोना संक्रमण भएका व्यक्तिको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई पीपीई अत्यावश्यक छ। यसअन्तर्गत मास्क, हेल्मेट, हेडकभर, बुट, गाउन, पञ्जा, चस्मा आदि पर्छन्।

बिरामीको सीधा सम्पर्कमा रहने चिकित्सकलाई यी सामग्री नियमित रूपमा आवश्यक पर्ने भएकाले सञ्चित सामग्री कम छ। केही दिनभित्र ती सामग्री अभाव हुन सक्ने ठानेपछि सरकारले खरिद प्रक्रिया सुरु गरेको हो। पीपीईको पनि प्रथम, दोस्रो र तेस्रो, पीसीआर टेस्ट किट, भीटीएम, इन्फ्रारेड थर्माेमिटर, एन ९५ मास्क, सर्जिकल ग्लोब्स, अक्सिजन प्लान्ट, ल्याबसहितको एम्बुलेन्सजस्ता सामग्रीको सूची नेपालले तयार पारेको छ।

पीपीईले स्वास्थ्यकर्मीलाई हुन सक्ने संक्रमण तथा जोखिमबाट सुरक्षा प्रदान गर्छ। सरकारले यी स्वास्थ्य उपकरणबारे चीन र भारतसँग सहयोग मागेको छ। चीनले मंगलबार पनि नेपालको साथमा चीन रहेको बताएको छ। चिनियाँ राजदूत होउ यान्छीले चीनले नेपाललाई स्वास्थ्य सामाग्री उपलब्ध गराउने तयारी गरिरहेको बताएकी छन्। चीनले नेपाललाई चिकित्सा उपकरणमा सहयोग गर्न तयार रहेको सन्देश दिँदै आएको छ।

सरकारले कोरोना संकमितको परीक्षणका लागि वीर अस्पताल र बीपी केयरमा यन्त्र–उपकरण जडान गर्ने र टेस्ट ल्याब स्थापना प्रदेशस्तरमै गर्ने तयारीमा पनि सरकार लागेको छ। प्रदेशमा त्यस्तो टेस्ट ल्याब नहुँदासम्म छिटो सवारी साधनबाट स्वाब परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा ल्याउने व्यवस्था पनि सरकारले गरेको छ। अन्नपूर्ण पोस्टमा खबर छ  ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x