×

NMB BANK
NIC ASIA

‘कोरोनाले भन्दा अघि त भोकले मार्छ होला, हजुर’– भारतमा गरीबको कारुणिक पुकार

चैत १२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

भारतमा कोरोनाभाइरसको संक्रमण फैलिएपछि २१ दिनसम्मका लागि बन्दाबन्दी (लकडाउन) को घोषणा गरिएको छ । मानिसहरूलाई घरभित्रै बस्न भनिएको छ । 

Muktinath Bank

तर दिनदिनै मजदूरी गरेर पेट पाल्नेहरूलाई घरभित्रै बस्ने विकल्प छैन । बीबीसीका विकास पाण्डेले त्यस्ता गरीब मजदूरहरूले कसरी जीविका चलाइरहेका छन् भनी फीचर गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नोइडाको लेबर चोकमा सयौं पुरुषहरू डकर्मीको काम गर्न पाइन्छ कि भौंतारिरहेका छन् । 


Advertisment
Nabil box
Kumari

दिल्लीको काँठमा रहेको यो चोकमा भवन निर्माताहरू कामदार राख्नका लागि आउँछन् । 

Vianet communication
Laxmi Bank

तर आइतवार त्यहाँ पुग्दा ठाउँ सुनसान थियो । यति व्यस्त क्षेत्रमा चराहरू चिर्बिराउलान् भनी कसैले पनि सोचेको थिएन । 

कुनामा केही पुरुषहरूको समूह झुरुप्प परेर बसेका देखिए । 

अलि परबाट मैले उनीहरूलाई बन्दाबन्दी पालन गरिरहनुभएको छ कि छैन भनी सोधें ।

उत्तर प्रदेशको बाँदा जिल्लाबाट आएका रमेश कुमारले भने, ‘हामीलाई मजदूरी गराउने कोही पनि छैन भन्ने थाहा छ तैपनि हामीले अवसर छोपेका हौं ।’

‘म दिनको ६०० भारु कमाउँछु र मैले पाँचजनाको पेट पाल्नुपर्छ । केही दिनमा हाम्रो खानेकुरा सकिन्छ । कोरोनाभाइरसको जोखिम मलाई थाहा छ तर म आफ्ना सन्तान भोको बसेको हेर्न सक्दिनँ,’ उनले भने । 

उनी जस्ता लाखौं दैनिक मजदूरी गर्नेहरूको स्थिति यस्तै छ । प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलवार मध्यरातदेखि लागू हुने गरी घोषणा गरेको बन्दाबन्दीले यी मजदूरहरूलाई अर्को तीन हप्तासम्म पेट पाल्नका लागि कुनै विकल्प दिएको छैन । केही दिनमा उनीहरूको सबै खानेकुरा सकिने सम्भावना छ । 

उत्तर प्रदेश, केरला र दिल्ली लगायतका राज्यले रमेश कुमार जस्ता मजदूरको खातामा सीधै नगद राख्ने प्रतिज्ञा गरेका छन् । मोदी सरकारले पनि बन्दाबन्दीका कारण मारमा परेका मजदूरहरूलाई सहायता गर्ने बताएको छ । 

तर त्यसमा विभिन्न चुनौती छन् । 

भारतका श्रमिकहरूमध्ये कम्तीमा ९० प्रतिशत अनौपचारिक क्षेत्रमा रहेको अन्तर्राष्ट्रिय मजदूर संगठनले जनाएको छ । उनीहरू सुरक्षा गार्ड, सफाइ गर्ने, रिक्सा चलाउने, सडकमा व्यापार गर्ने, फोहर उठाउने र घरेलु काम गर्ने हुन् । 

धेरैलाई पेन्सन, बिरामी बिदा, तलबी बिदा वा कुनै किसिमको बीमाको सुविधा छैन । धेरैजसोसँग बैंक खाता नै छैन र दिनहुँको आवश्यकता पूर्तिका लागि उनीहरू नगदमा भर पर्छन् । 

धेरैजसो त आप्रवासी कामदार छन् अर्थात् उनीहरू अर्कै राज्यका स्थायी निवासी हुन् र अहिले अर्कै राज्यमा काम गर्छन् । अनि तरल जनसंख्याको समस्या पनि छ । त्यस्ता मानिस कुनै पनि राज्यमा लामो समय बस्दैनन् र कामको खोजीमा विभिन्न राज्य चहार्छन् । 

मानिसहरूको आवागमन रोक्न भारतीय रेलवेले सबै रेलसेवा स्थगित गरेको छ । तर स्थगनको घोषणा हुनुअघि सयौं कामदारहरू भरिभराउ ट्रेनहरूमा बसेर दिल्ली, मुम्बई र अहमदाबाद जस्ता संक्रमणयुक्त शहरबाट उत्तर प्रदेश र बिहारमा रहेका आफ्ना गाउँ गए । 

यसले गर्दा समुदायमा संक्रमणको जोखिम बढेर गएको छ र आगामी दुई हप्ता भारतका लागि चुनौतीपूर्ण हुने देखिन्छ ।

अनि सबैजना गाउँ जान पनि नसक्ने स्थितिमा छन् । 

अल्लाहबादमा रिक्सा चलाउने किशन लालले चार दिनयता पैसा कमाउन नसकेको बताए । 

‘परिवार पाल्नलाई मैले कमाउनुपर्छ । सरकारले हामीलाई पैसा दिन्छ भन्ने सुनेको छु तर कहिले र कसरी दिन्छ, मलाई थाहा छैन,’ उनले भने । पैसाको अभावमा उनी गाउँ जान सकेका छैनन् ।

उनका साथी अली हसन एउटा पसलमा सफाइको काम गर्छन् । उनले खानेकुरा किन्न समेत आफूसँग पैसा नभएको बताए । 

उता दिल्लीमा लस्सी बेच्ने सानो ठेला चलाउने मोहम्मद सबिरले भने, ‘म त असहाय भएँ । कोरोनाभाइरसले भन्दा अघि भोकले हामी जस्तालाई मार्छ जस्तो लाग्छ ।’ 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x