×

NMB BANK
NIC ASIA

कोरोना रोक्नका लागि औषधिहरूको महापरीक्षण जारी

चैत १२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोनाभाइरस रोक्नका लागि विश्व स्वास्थ्य संगठनले संसारभरिका देशलाई मेगाट्रायल अर्थात् महापरीक्षण गर्न आह्वान गरेको छ । 

Muktinath Bank

महापरीक्षण शुरू समेत भइसकेको छ । यसका लागि विश्व स्वास्थ्य संगठनले चार सबभन्दा प्रभावकारी औषधिको परीक्षण शुरू गर्न भनेको छ । तिनै औषधिले कोरोनाको संक्रमणलाई केही हदसम्म रोकिरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ती चार औषधिका साथै संसारभरिका चिकित्सकहरूले दुई अन्य औषधिमा पनि ध्यान दिइरहेका छन् । ती दुई औषधि सार्स र मर्स महामारी फैलिँदाखेरी बनाइएको थियो । तर ती औषधिहरूलाई वैश्विक स्तरमा मान्यता दिइएको थिएन । 


Advertisment
Nabil box
Kumari

तीमध्ये पहिलो औषधि हो रेमडेसिभिर । यसलाई जिलीड सायन्सेजले इबोलाको उपचारका लागि बनाएको थियो । रेमडेसिभिरले कुनै पनि भाइरसको आरएनएलाई फुटाइदिन्छ । त्यसले गर्दा भाइरस मानव शरीरमा पसेर नयाँ भाइरस उत्पन्न गर्न सक्दैन । 

Vianet communication
Laxmi Bank

अमेरिकाको पहिलो कोरोनाभाइरस पीडितलाई रेमडेसिभिर औषधि दिइएको थियो । त्यो रोगी ठीक पनि भएको थियो । त्यसको रिपोर्ट द न्यु इंग्ल्यान्ड जर्नल अफ मेडिसिनमा प्रकाशित भएको थियो । 

अर्को औषधि हो क्लोरोकिन । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले यसको पैरवी समेत गरेका थिए । तर विश्व स्वास्थ्य संगठनको वैज्ञानिक कमिटीले यस औषधिलाई खारेज गरिदिएको थियो । 

मार्च १३ मा जेनभामा भएको वैज्ञानिक कमिटीको बैठकमा क्लोरोकिन र हाइड्रोक्सीक्लोरोकिनलाई महापरीक्षणका लागि पठाउने कुरा उठेको थियो किनकि यस औषधिको वैश्विक स्तरमा माग आएको थियो । 

नाइजेरियामा यो औषधि लिँदा मानिसहरूलाई उल्टो असर गरेर अस्पताल भर्ना गर्नुपरेको खबर पनि छ । अनि माछाहरूको एक्वेरियममा प्रयोग हुने क्लोरोकिन खाएर अमेरिकामा एकजना बिरामी परेको पनि खबर छ । तर यसको उचित प्रयोग गर्न नजानेका परिणाम हुन् यी ।

क्लोरोकिन र हाइड्रोक्सीक्लोरोकिनले मानव शरीरको कोशिकाको भित्री भागलाई सिध्याइदिन्छ । त्यही भित्री भागमा भाइरसले आक्रमण गर्ने हो । यसले कोरोनाभाइरसको बाहिरी सतहमा उपस्थित प्रोटीनलाई बेकामे तुल्याएर भाइरसलाई कमजोर बनाउँछ । 

तेस्रो औषधि हो रिटोनाभिर र लोपिनाभिर । यिनीहरूलाई कालेट्रा पनि भनिन्छ । सन् २००० मा यसको उपयोग एचआईभी रोक्नका लागि गरिएको थियो । यो औषधि शरीरमा एकदमै छिटो घुल्छ । 

हलुका संक्रमण भएमा रिटोनाभिर उपयोग गरिन्छ । बढी संक्रमण भएमा लोपिनाभिर उपयोग हुन्छ । यी औषधिहरू शरीरमा भाइरसको आक्रमण भएका स्थानमा गएर भाइरस र मानव कोशिकाको सम्बन्धलाई तोडिदिन्छन् । 

यस औषधिको कोरोनाभाइरसमा परीक्षण चीनको वुहानमै गरिएको थियो । केही रोगीहरूमा यसको सकारात्मक असर देखियो भने केहीमा देखिएन । यसको रिपोर्ट मार्च १५ मा द न्यु इंग्ल्यान्ड जर्नल अफ मेडिसिनमा प्रकाशित भएको थियो । 

चौथो औषधि चाहिँ रिटोनाभिर/लोपिनाभिर र इन्टरफेरोन–बिटाको मिश्रण हो । यसको उपयोग मर्स महामारीबाट संक्रमित रोगीहरूमा गरिएको थियो । यसले शरीरको टिस्युलाई क्षति गर्छ तर भाइरसको प्रभाव पनि अन्त्य गरिदिन्छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x