×

NMB BANK
NIC ASIA

'लक–डाउन’मा अभ्यस्त बन्दै नेपालगञ्ज, सुत्केरी र वृद्धवृद्धा भने विमानस्थलमा अलपत्र

चैत १२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

चौतर्फी सतर्कताका लागि सरकारले घोषणा गरेको ‘लक–डाउन’का लागि नेपालगञ्जवासी बिस्तारै अभ्यस्त हुँदै गएका छन् । 

तीन दिनयताका निकै प्रयासबीच नेपालगञ्जवासी बिस्तारै अभ्यस्त हुँदै गएका हुन् । नेपालगञ्जमा अटेरी गर्नेहरुका कारण नेपाल र सशस्त्र प्रहरीको तैनाथी बढाएपछि ‘लक–डाउन’ प्रभावकारी हुँदै गएको हो । भित्री सडकमा एकाध मानिस मोटरसाइकलमा देखिए पनि मुख्य सडकमा एम्बुलेन्स र प्रहरीका गाडीमात्र कुदेका देखिन्छन् । कोराना भाइरसबाट उत्पन्न महामारी भित्रन नदिन चौतर्फी सतर्कता आह्वान गरेको सरकारले मङ्गलवारबाट नेपालभर कोभिड–१९ को सङ्क्रमण फैलने सम्भावना औँल्याउँदै घरबाट बाहिर ननिस्कन आदेश जारी गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

चैत १८ गते बिहान ६ः०० बजेसम्म लागू हुने गरी अत्याश्यक अवस्थाबाहेक बाहिर ननिस्कन आदेश गर्दै लक–डाउन घोषणा गरेको हो । 'न्यूरोड क्षेत्र ठप्प छ', स्थानीयवासीसमेत रहेका नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले भने । 'रानीतलाउ, मङ्गलपथ सामान्य छ', स्थानीयवासी साजिदा शाहले भने ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सडकमा मानिस देखिए प्रहरीले भगाउने गरेको छ । साविकको डिएसपी रोडमा अलिक चहलपहल देखिएपछि प्रहरीले हप्काएको छ । सडकमै क्रिकेट खेलिरहेका युवाहरुलाई प्रहरीले लखेटेको थियो । सुर्खेतरोडको धम्बोेझी क्षेत्र सुनसान छ । बिहानदेखि पुष्पलाल चोक क्षेत्र पनि बन्द रहेको होटल व्यवसायी महासङ्घका प्रदेश अध्यक्ष भाष्कर काफ्लेले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

सदरलाइन त्रिभुवन चोक क्षेत्रमा मङ्गलबार एकाध मानिसहरु देखिए पनि बुधवार विहान घरबाट बाहिर कोही निस्किएका छैनन् । भृकुटीनगर परसपुर रोडमा मानिस अनावश्यक डुलिरहेका देखेपछि प्रहरीले लखेटेको छ । स्थानीयवासी, युवा व्यवसायी अवधराज शर्माका अनुसार, लक–डाउनको अवज्ञा गर्नेलाई तह लगाउन प्रहरी परिचालन अझै बढाउनुपर्ने देखिन्छ । 'पुरै तयारीका साथ सबैतिर प्रहरी परिचालन गरिएको छ', बाँके प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक बीरबहादुर ओलीले भने, 'अटेरी गर्नेलाई थुन्ने आदेश भएकाले सोही बमोजिम गरिनेछ ।' उनले अनुमतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायबाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुबाहक सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको बताए ।

Vianet communication
Laxmi Bank

प्रहरी उपरीक्षक ओलीका अनुसार, अहिलेसम्म कसैलाई पक्राउ भने गरिएको छैन । आदेश जारी भएसँगै सुरक्षा निकायबाट प्रयोग हुने वायुयान र तोकिएका अन्य उडानबाहेक अन्य सबै आन्तरिक व्यावसायिक उडान बन्द गर्नुपर्ने सरकारको आदेशानुसार प्रहरी परिचालन भएको प्रहरी उपरीक्षक ओलीले बताए ।

मन्त्रिपरिषद्को आइतबारको बैठकले सङ्क्रमक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी सोको रोकथाम र निर्मूूल गर्न उक्त आदेश जारी गर्ने निर्णय गरिएको थियो । औषधोपचार, खाद्यवस्तु खरिदजस्ता अत्यावश्यक कामबाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्कने यो बेला संक्रमण रोग ऐन– २०२० अन्र्तगत जारी आदेशको अवहेलना गर्ने वा काममा वाधा पुर्‍याउने व्यक्तिलाई सोही ऐन बमोजिम सजाय हुने व्यवस्था छ ।

सुत्केरी र वृद्धवृद्धा विमानस्थलमा अलपत्र
बाँकेबाट घर हिँडेका डोल्पावासी नेपालगञ्ज विमानस्थलमा अलपत्र परेका छन् । सरकारले मंगलवारदेखि देशभर ‘लक–डाउन’ गरेपछि वृद्धवृद्धा, सुत्केरी, विद्यार्थी र सर्वसाधारण विमानस्थलमै रोकिएका हुन् । डोल्पाका लागि जहाज नउडेपछि टिकट लिएका करीब ५० जना नेपालगञ्ज विमानस्थलमा अलपत्र परेका हुन् ।

टिकट लिएर पनि जहाज नउडेपछि नेपालगञ्जका होटेलमै बस्नुपरेको काइके गाउँपालिकाका वडाध्यक्ष राजु रोकायले बताए । अझै एकसाता बस्नुपरे आफूहरू खर्च सकिएर अलपत्र पर्ने उनीहरुले गुनासो छन् । विमानस्थलमा अलपत्र पर्ने अघिकांश उपल्लो डोल्पाका नागरिक रहेका छन् ।

९२ नेपाली जमुनाबाट नेपाल प्रवेश

कोरोना भाइरसको संक्रमणका कारण मुलुक लक–डाउन भएपनि बाँकेमा भारतबाट नेपालतर्फ आउने नेपालीहरुको क्रम रोकिएको छैन । नेपाल सरकारले नेपालभर ‘लक–डाउन’ लागू गरेपनि भारतका विभिन्न सहरहरुबाट नेपालतर्फ आउने नेपालीहरु अझैं रोकिएका छैनन् । मंगलबार मात्र ९२ नेपालीहरु जमुनाह नाकाबाट नेपाल प्रवेश गरेका छन ।

अध्ययन तथा रोजगारीका लागि भारतका विभिन्न क्षेत्रमा पुगेका नेपालीहरुलाई भारतीय प्रहरीकै सक्रियतामा सीमा नाकासम्म पुर्‍याउने गरिएको छ । जसले गर्दा नेपालतर्फ कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएको छ । प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले सीमा नाकामा रहेको नेपालीहरुको उद्धार गरिने बताए ।

होम क्वारेन्टाइनमा बस्ने शर्तका साथ उद्धार गरिएका हरेक नागरिकलाई उनीहरुकै गृहजिल्ला पुर्‍याउने तयारी भइरहेको उहाँले बताए । नाकाबाट नेपाल प्रवेश गरेकाहरुलाई बसमार्फत सिधै उनीहरुको घर लैजाने र त्यहाँको स्थानीय प्रशासनको रेखदेखमा होम क्वारेन्टाइनमा राख्नका लागि अनुरोध गरिने खड्काले बताए ।

सोमबारमात्र ५०० भन्दा बढी नेपालीहरुलाई सिमानाकाबाट उद्धार गरिएको थियो । उद्धार गरिएकाहरु नेपालगञ्जस्थित महेन्द्र क्याम्पस परिसरमा रहेको क्वारेन्टाइनबाट भागेका थिए । भारतबाट असुरक्षितरुपमा आएका नेपालीहरु क्वारेन्टाइनबाट भागेपछि सङ्क्रमणको जोखिम बढेको भन्दै स्थानीयवासी आक्रोशित भएका छन् । काशीराश शर्मा,रासस
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x