कोरोनाका तेस्रो संक्रमित खाडी मुलुकबाट आएका पुरुष, दोहोर्‍याएर परीक्षण गर्दा पनि पोजेटिभ

अजय अनुरागी
अजय अनुरागी

अजय अनुरागी लोकान्तरका लागि खोज, राजनीति र समसामयिक विषयवस्तुमा कलम चलाउँछन् ।

नेपालमा भेटिएका कोरोनाका तेस्रो संक्रमित खाडी मुलुकबाट आएका पुरुष रहेको खुलासा भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेश गुप्ताका अनुसार खाडी मुलुकबाट नेपाल आएपछि शंकास्पद लक्षणका कारण शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा उपचाररत एक पुरुषमा कोभिड १९ पोजेटिभ पाइएको हो ।


Advertisement

गुप्ताले लोकान्तरलाई दिएको जानकारीअनुसार हिजो राति १२ बजे परीक्षण गर्दा पोजेटिभ नतिजा आएको थियो, कन्फर्म हुनका लागि आज पुन: परीक्षण गर्दा पनि पोजेटिभ नतिजा नै आयो ।

उनको अहिले टेकु अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।


Advertisement

यसअघि फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी युवतीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

उनी पनि अहिले टेकुमै उपचाररत छिन् । 

कोरोनाका पहिलो संक्रमित भने निको भइसकेका छन् । चीनको वुहानबाट आएका युवकमा कोरोनाको संक्रमण पाइएको थियो । 

उनी पूर्णरूपमा निको भइसकेको दाबी सरकारको छ ।

अजय अनुरागी
अजय अनुरागी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्