×

NMB BANK
NIC ASIA

मड्रिड, लन्डन र न्युयोर्क कोरोनाभाइरसका नयाँ केन्द्र बन्दै

चैत १२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

स्पेनको राजधानी मड्रिड र बेलायतको राजधानी लन्डनमा कोरोनाभाइरसको संक्रमण ह्वात्तै बढेर गएको छ । तर अमेरिकाको न्युयोर्कमा कोरोनाको मृत्युदर सबैभन्दा अगाडि छ । 

Muktinath Bank

मृत्यु संख्याको नयाँ विश्लेषणमा केही शहरहरूमा औसत मृत्युदर ती शहर रहेका देशमा भन्दा बढी देखिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लन्डनमा दुई दिनको अन्तरमा मृत्युको संख्या दोब्बर भएको छ जुन बेलायतको औसतभन्दा एक दिन बढी हो । फाइनान्सियल टाइम्स पत्रिकाले गरेको अनुसन्धानमा यस्तो देखिएको हो । 


Advertisment
Nabil box
Kumari

महाव्याधिले मानवतामा पुर्‍याएको क्षति बढ्दो छ । १८ हजारभन्दा बढी मानिसले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन् । 

Vianet communication
Laxmi Bank

इटलीको लोम्बार्डी चीनको वुहानलाई पछि पार्दै सबभन्दा बढी प्रभावित क्षेत्र बनिसकेको छ । मंगलवार मात्र ७४३ जनाको मृत्यु भएको र मर्नेको कुल संख्या ६८ सय २० पुगेको इटली सरकारले जनाएको छ । 

इटलीका अधिकारीहरूले कठोर उपायको प्रभाव बल्ल मात्र देख्न थालिएको र नयाँ संक्रमण जम्मा ८ प्रतिशतले बढेको बताए । 

तर तीव्र गतिमा फैलिरहेको भाइरसले मड्रिड र लन्डन अब कोरोनाको हटस्पट हुन लागेको र त्यहाँ दुई दिनको अन्तरमा मृत्युको संख्या दोब्बर हुन थालेको देखिएको छ । 

बेलायतमा मंगलवार ८७ जनाको मृत्यु भयो । तीमध्ये २१ जना लन्डनमा बिते । एक हप्ताको अन्तरमा बेलायतको मृत्युदर लगभग ६ गुणा बढेको छ । 

उता स्पेनमा सशस्त्र बलहरूले कोरोनाभाइरसविरुद्ध लड्नका लागि नाटोसँग मानवीय सहायताको माग गरेका छन् । त्यहाँ २७ सयभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । 

युरोप बाहिर अमेरिकामा मृत्युसंख्या बिस्तारै बढिरहेको छ तर न्युयोर्कको मृत्युदर निकै उच्च छ र त्यसले मड्रिडलाई पछि पार्ने देखिएको छ । 

न्युयोर्कमा १२ हजारभन्दा बढी मानिसमा कोरोना देखिएको छ र १२५ जनाको मृत्यु भइसकेको छ । आइतवार रातिदेखि न्युयोर्कमा बन्दाबन्दी (लकडाउन) गरिएको छ ।

स्वास्थ्य अधिकारीहरूले चीनमा भन्दा बढी संक्रमण अमेरिकामा देखिने स्थिति रहेको बताए । अघिल्लो साता मात्रै पनि अमेरिकामा कोरोनाभाइरसका दैनिक केसहरू चीनको भन्दा बढी देखिएका थिए । 

अमेरिकामा कोभिड–१९ को संक्रमण युरोपभन्दा बढी हुने सम्भाव्यता रहेको र यस महाव्याधिको नयाँ केन्द्रविन्दु अमेरिका नै हुने खतरा रहेको विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको छ । 

पेन्टागनले अमेरिकामा महामारी कैयौं महिनासम्म रहने र जुन वा जुलाई महिनामा मात्र स्थिति सामान्य बन्ने आकलन गरेको बताएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x