×

NMB BANK
NIC ASIA

कोरोनाको संक्रमण रोक्न ५ प्रभावकारी उपाय

चैत १२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोनाभाइरसको संक्रमण संसारभरि फैलिएपछि अहिले त्रासको स्थिति छ । तर संक्रमण रोक्नका लागि केही देशले गरेको प्रयास सफल पनि भएको छ । के हुन् त ती उपाय ? 

Muktinath Bank

परीक्षण तथा पुनः परीक्षण
विश्व स्वास्थ्य संगठनका अनुसार, यस महाव्याधिलाई रोक्नमा यसको आरम्भिक पहिचान सबभन्दा बढी महत्त्वपूर्ण हुन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अमेरिकाको टेम्पल विश्वविद्यालयमा संक्रामक रोगकी प्राध्यापक क्रायस जोनसनका अनुसार, जुन देशले स्वास्थ्य परीक्षणमा जोड दिए कोरोनाका नयाँ केस देखिएनन् । जहाँ जोड दिइएन, त्यहाँ संक्रमण बढे । 


Advertisment
Nabil box
Kumari

दक्षिण कोरियाले प्रत्येक दिन १० हजार मानिसको परीक्षण गर्‍यो । अर्थात् अमेरिकाले महिनाभरिमा जति मानिसको स्वास्थ्य परीक्षण गर्‍यो, त्यति त दक्षिण कोरियाले दुई दिनमै गरिदियो । 

Vianet communication
Laxmi Bank

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस एढानाम गेब्रेयेसुसले पनि महाव्याधि रोक्नमा आरम्भिक लक्षण देखिएका मानिसको स्वास्थ्य परीक्षण नै प्रमुख कारण भएको बताए । 

संक्रमितलाई एकान्तवास
प्राध्यापक क्रायस जोनसन भन्छिन्, ‘रोगीहरूको पहिचान, परीक्षण र उनीहरूलाई एकान्तमा राख्ने काम दक्षिण कोरिया र चीनले गजबले गरेका छन् । स्वास्थ्य परीक्षणबाट नै संक्रमित व्यक्तिलाई एकान्तवास (आइसोलेसन) मा पठाउन सहायता पुग्छ । यसले महाव्याधिको विस्तारमा पनि अंकुश लगाउँछ । अनि यसले नयाँ केसहरू छिटो पहिचान हुन पनि सहायता पुग्छ । 

चीनमा उच्च ज्वरो आएका मानिसलाई फिभर क्लिनिक पठाइयो र उनीहरूको फ्लु तथा कोभिड–१९ परीक्षण गरियो । कोरोना पोजिटिभ भेटिनेबित्तिकै उनीहरूलाई एकान्तवासमा राखियो र क्वारेन्टाइन होटलहरू बनाइयो । उनीहरूलाई परिवारको सम्पर्कमा आउन दिइएन । 

तयारी र तीव्र कारवाही
जोन्स हप्किन्स विश्वविद्यालयमा महामारी रोगहरूका विशेषज्ञ टोलबर्ट नेन्सवाह पश्चिम अफ्रिकामा इबोला भाइरसको संक्रमण रोक्नका लागि खटिएको टोलीका एक सदस्य हुन् । उनका अनुसार, कुनै पनि भाइरसलाई रोक्नका लागि सबभन्दा पहिले तीव्र गतिमा प्रभावकारी कदम चाल्नुपर्ने हुन्छ । 

ताइवान र सिंगापुरले कोरोनाका नयाँ केसको पहिचान र मानिसहरूलाई अलगथलग राख्नका लागि शीघ्र कामकारवाही अघि बढाए । महामारीको संक्रमण रोक्नका लागि यो निर्णायक कदम साबित भयो । 

अमेरिकी मेडिकल एसोसिएसनको जर्नलमा प्रकाशित एक लेखमा ताइवानले कोरोना संक्रमण रोक्नका लागि पूर्वतयारी गरेको उल्लेख छ । यस्तो महामारीलाई अंकुश लगाउन सन् २००३ मै कमान्ड सेन्टर बनाइएको त्यसमा उल्लेख छ । 

सामाजिक दूरी
संक्रमणबाट बचाउनका लागि सबभन्दा प्रभावकारी तरिका भनेको सामाजिक दूरी हो । हङकङ र ताइवानमा सामाजिक दूरीको कडाइका साथ पालन गरियो । 

हङकङले जनवरी महिनामा नै मानिसहरूलाई घरैबाट काम गर्न भन्यो । अनि उसले सबै विद्यालय बन्द गरिदियो र सामाजिक कार्यक्रमहरू पनि स्थगित गरिदियो । 

द स्ट्रेट्स टाइम्स पत्रिकाका अनुसार, सिंगापुरले विद्यालयहरू त बन्द गरेन तर विद्यार्थी र शिक्षकहरूको प्रत्येक दिन स्वास्थ्य परीक्षण र निगरानीको व्यवस्था अपनायो । 

सरसफाइमा जागरुकता
विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसको संक्रमण रोक्न नियमित रूपमा हात धुन र सफा भएर बस्न अत्यन्त जरूरी रहेको बताएको छ । 

नेन्सवाह भन्छन्, ‘एसियाका कैयौं मुलुकले सन् २००३ को सार्स महामारीबाट पनि धेरै कुरा सिके । सरसफाइ गर्दा मानिसहरू बिरामी हुँदैनन् र अन्यमा संक्रमण फैलिने डर पनि हुँदैन भन्ने उनीहरूले थाहा पाए ।’

सिंगापुर, हङकङ र ताइवानका साँघुरा गल्लीहरूमा एन्टीब्याक्टेरियल जेल राखिएका छन् । त्यहाँ मानिसहरू स्यानिटाइज गर्छन् । अनि ती देशहरूमा मास्क लगाउने चलन पनि छ । त्यसो त कोरोनाभाइरसको संक्रमण रोक्नका लागि मास्क लगाउनु प्रभावकारी नहुन पनि सक्छ तर हाच्छ्युँ गर्दा र खोक्दा फैलिने संक्रमणबाट मास्कले बचाउँछ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x