कोरोनाभाइरस संक्रमितसँग सेल्फी खिच्ने ६ कर्मचारी निलम्बित

पाकिस्तानमा एक क्वारेन्टाइन केन्द्रमा कोरोनाभाइरस संक्रिमितसँग सेल्फी खिच्ने ६ जना सरकारी कर्मचारीलाई निलम्बन गरिएको एक अधिकारीले बुधवार बताएका छन् । 

सामाजिक सञ्जालमा व्यापक शेयर गरिएको उक्त सेल्फीमा मानिसहरूको समूह कोरोनाभाइरस रोगी वरिपरि देखिन्छन् । उनीहरू दाँत ङिच्याएर हाँसिरहेका देखिन्छन् अनि कसैले पनि फेस मास्क लगाएको देखिँदैन । 


Advertisement

तस्वीर सिन्ध प्रान्तको सुक्कुर भन्ने ठाउँमा खिचिएको हो । उक्त प्रान्तमा ३९९ जनामा कोभिड–१९ का केसहरू देखिएका छन् । 

‘६ जना सरकारी कर्मचारीलाई निलम्बन गरिएको छ र क्वारेन्टाइनमा राखिएको छ,’ सुक्कुरका उपकमिस्नर राना अदीलले बताए । 


Advertisement

ती कर्मचारीहरू प्रान्तीय भूमि विभागमा काम गर्थे र उनीहरू क्वारेन्टाइनमा बसिरहेका एक राजनीतिकर्मीलाई भेट्न पुगेको अदीलको भनाइ छ । ती राजनीतिकर्मी इरानबाट फर्केपछि क्वारेन्टाइनमा बसेका थिए । 

पाकिस्तानमा कोरोनाका कारण ६ जनाको मृत्यु भइसकेको अधिकारीहरूले पुष्टि गरेका छन् । 

देशमा संक्रमण फैलिन नदिनका लागि विभिन्न ठाउँमा लकडाउन लगाइएको छ र अवज्ञा गर्ने ७०० जनालाई पक्राउ गरिएको छ । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्