×

NMB BANK
NIC ASIA

कतारबाट आएका सिराहाका युवालाई प्रदेश सरकारले राख्यो क्वारेन्टाइनमा

चैत १२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

प्रदेश सरकारले बुधवारदेखि संचालनमा ल्याएको क्वारेन्टाइनमा सिराहाका एक जना युवालाई राखिएको छ । कतारबाट चैत्र ९ गते काठमाडौं अवतरण गरेका सिरहाको मिर्चैयाका ३८ वर्षीय सोमन महरालाई धनुषाको नगराइन नगरपालिकाको गंगुलीस्थित मिथिला आयुर्वेद कलेज तथा अनुसन्धान केन्द्रमा राखिएको छ ।

Muktinath Bank

प्रदेश २ को सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको स्वास्थ्य निर्देशनालयका सहनिर्देशक तथा वरिष्ठ जनस्वास्थ्य प्रशासक विजयकुमार झाले उक्त कुराको जानकारी दिएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘क्वारेन्टाइनमा राखिएको ती युवामा तत्काल कोरोना भाइरस सम्बन्धि कुनै लक्षण देखा परेको छैन,’ झाले लोकान्तरसँग भने, ‘प्रायः शंकास्पद व्यक्तिलाई सुपरीपेक्षण तथा निरीक्षणका लागि १४ दिन सम्म राख्नेछौं । ती युवाको स्वास्थ्य अवस्था ठिकै भएका कारण उनलाई घर पठाएर सेल्फ होम क्वारेन्टाइनमा बस्न भन्ने छौं ।’


Advertisment
Nabil box
Kumari

उक्त क्वारेन्टाइनमा अहिले २० वटा शय्या तयार पारिएको भए पनि ५० शय्याको तयारी गर्ने काम भइरहेको उनले बताए । ‘केही पारामेडिक्स स्वास्थयकर्मीहरुलाई त्यहाँ परिचालन गरिएको छ, आवश्यक परे चिकित्सकको भिजिट समेत हुने व्यवस्था मिलाएका छौं,’ उनले लोकान्तरसँग भने, ‘१४ दिन भित्रमा कुनै लक्षण देखा परे जानकी मेडिकल कलेजको जनकपुरस्थित सिटी अस्पतालको आइसोलेसन वार्डमा भर्ना गर्ने तयारी गरेका छौं ।’

Vianet communication
Laxmi Bank

सामाजिक विकास मन्त्री नवलकिशोर साहको अध्यक्षतामा चैत्र ११ गते बसेको उच्चस्तरीय बैठकबाट धनुषाको उक्त क्वारेन्टाइनसहित वीरगंजको केडिया डेन्टल कलेज, रौतहटको गौरस्थित गौर नर्सिङ इन्स्टिच्युट, गौरकै होटेल सिया प्यालेसमा क्वारेन्टाइन संचालन गर्ने निर्णय गरिएको थियो ।

जनकपुरधामको जानकी मेडिकल कलेजका सिटी अस्पताल तथा विरगंजका नेशनल मेडिकल कलेजलाई कोभिड १९ उपचारका लागि विशेषज्ञ अस्पतालको रुपमा कायम गरिएको थियो । त्यसै गरी प्रदेश भित्रको जिल्ला अस्पतालहरुलाई १० बेडको ट्रान्जिट आइसोलेसन वार्ड तयार गरी संचालनमा ल्याउने निर्णय गरिएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x